भारतीय वैज्ञानिकले दाबी गर्दै भनेका छन्– सास फेर्ने क्रममा हावामा उत्पन्न हुने अशान्तिले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्छ । यसको मतलब हो कि स्मार्टफोन र अन्य डिभाइसलाई त्यस मुभमेन्टबाट अनलक गर्न सकिन्छ । यसको सबैभन्दा ठूलो फाइदा यो हुन्छ कि मृत व्यक्तिको निजी ग्याजेट अनलक हुनेछैन । भारतीय प्रोद्यौगिक संस्थान चेन्नईका महेश पञ्चाग्नुला र उनको टीमले आप्mनो प्रयोगबाट यो जानकारी एकत्र गरेका छन् ।
टीमले हावाको दबाब सेन्सरबाट रेकर्ड गरिएको सास लिने तथ्याङ्कको प्रयोग गरेका छन् । शुरूमा वैज्ञानिकको उद्देश्य केवल एउटा एआई मोडेल विकसित गर्नु थियो, जसले साससम्बन्धी बिमारीका रोगीहरूको पहिचान गर्न सकियोस् । एउटा रिपोर्ट अनुसार सास लिने तथ्याङ्कले वैज्ञानिकलाई आशाभन्दा बढी जानकारी दिएको छ ।
शोधकर्ता अनुसार एकपटक एआई मोडेलले कुनै विषयको सास लिने तथ्याङ्कको विश्लेषण गर्छ भने यो ९७ प्रतिशत सटीकताको साथ सत्यापित गर्न सकिन्छ कि व्यक्तिले नयाँ सास लिएको छ कि छैन । शोधकर्ताहरूले यो पनि परीक्षण गरेका छन् कि एआई मोडेलले दुर्ई व्यक्तिको सास छुट्याउन सक्छ कि सक्दैन । उनीहरूले यस कार्यलाई ५० प्रतिशतभन्दा बढी सटीकताका साथ पूरा गरेका थिए । वैज्ञानिकको भनाइ छ कि एआई मोडेलले सास लिने समय व्यक्तिको नाक, मुख र घाँटीबाट पैदा हुने अशान्तिलाई विशेष प्याटर्नबाट पहिचान गर्न सक्छ ।
यद्यपि यो प्रयोग प्रारम्भिक छ तर पनि उत्साहबर्धक छ । हाल बायोमेट्रिक प्रमाणीकरणका लागि कैयौं प्रकारका प्रविधिको प्रयोग गरिंदै आएको छ । तर बायोमेट्रिक्सको लागि सासको प्रयोग गर्नु एकदमै नयाँ हुनेछ, हामीले थुप्रै फिल्ममा हेरेका छौं, मृत व्यक्तिको ग्याजेट अनलक गरेको । तर सासबाट ग्याजेट अनलक हुन थालेपछि व्यक्तिको मृत्यु भएपनि उसको डिभाइस अब अनलक हुनेछैन ।