१२४ परिवारलाई कम्बल वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १ माघ/
जिल्ला विपद् समिति पर्साले मङ्गलवार पकहामैनपुर र धोबिनी गाउँपालिकामा रहेका दलित परिवारलाई कम्बल वितरण गरेको छ ।

जिल्ला विपद् समिति पर्साका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रूँगटा वेलफेयर सोसाइटी पर्साका सुरेश रूँगटालगायतले धोबिनी गापा–५ खेस्राका ५१ र पकहामैनपुर गापा–४ जगरनाथपुरका ७३ जना दलित परिवारलाई कम्बल वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस