अधिकांश व्यक्तिको बानी नै परिसकेको छ, बिहान उठ्नेबित्तिकै चिया या कफी पिउने । तपाईं यदि स्वस्थ हुनुहुन्छ भने सामान्यतया एक/दुर्ई कप कफीले कुनै नोक्सान पु¥याउँदैन तर यदि तपाईं बिरामी हुनुहुन्छ भने र बिहान उठ्नेबित्तिकै कफी या चिया सेवन गर्नुहुन्छ र त्यसपछि औषधि खानुहुन्छ भने औषधिले कुनै असर गर्दैन । किनभने कफीमा पाइने कैफिनले औषधिको असर नष्ट गरिदिन्छ । एउटा अध्ययन अनुसार कफीले पेटलाई स्टिमुलेट अर्थात् उद्दीपित गरिदिन्छ, त्यसपछि तपाईंको भोजनको समय बदलिन थाल्छ, तर जब तपाईं कफी पिउनुभन्दा अगाडि या पिएपछि औषधि सेवन गर्नुहुन्छ भने औषधिको एब्जर्शन रोकिन्छ । कफी पिउनाले पेटमा भएको बदलावका कारण औषधिलाई अवशोषित गर्ने जुन रासायनिक द्रव्य चाहिन्छ, त्यो बन्न सक्दैन । यसै कारण औषधि असरहीन हुन्छ ।

भारत बेङ्गलुरूका अपोलो अस्पतालमा चिफ क्लिनिकल न्युट्रिशियन डा प्रियङ्का रोहतगीले भनिन्– धेरै प्रकारका औषधिहरू छन्, जसको सेवन गर्नुभन्दा पहिले या गरेपछि तपाईंले कफी वा रक्सी सेवन गर्नुहुन्छ भने त्यसको कुनै असर हुँदैन । केही औषधि एसिडिक मिडियममा कम अशोषित हुन्छ । यो कुरा औषधिमाथि निर्भर हुन्छ । धेरैजसो औषधि असरहीन पनि हुँदैन, तर थाइराइड, कोल्ड, एलर्जी, फ्लू, मधुमेह, अल्जाइमर, अस्टियोपोरोसिस, डिप्रेशन, एन्जाइटी आदि औषधि खानुभन्दा पहिले या खाना खाएपछि कफी या अल्कोहल सेवन गर्नुहुन्छ भने त्यसबाट कुनै फाइदा हुँदैन ।

कफी सेवन गरेपछि यी औषधिहरू हुन्छ असरहीन

थाइराइडको औषधि : थाइराइडको गडबडीको कारण वजन बढ्ने, छाला रूखा हुने, जोर्नी दुख्ने, कपाल झर्ने, अनियमित पिरियडजस्तो समस्या हुन थाल्छ । यदि तपाईं पनि थाइराइडको औषधि खानुभन्दा पहिले या खाना खाएपछि कफी पिउनुहुन्छ भने यो औषधिको असर निकै कम हुन पुग्छ । यसबाट पाचनसम्बन्धी समस्या हुन थाल्छ ।

कोल्ड र एलर्जीको औषधि : मौसम परिवर्तन भएपछि अधिकांश व्यक्तिलाई कोल्ड र एलर्जीको समस्या हुन थाल्छ जसको लागि उनीहरू औषधि सेवन गर्न थाल्छन् । यसबाट नर्भस सिस्टम सक्रिय हुन पुग्छ । अर्काेतर्पm औषधि सेवन गरेपछि कफी पिउनुहुन्छ भने कफीमा विद्यमान कैफिनले पनि नर्भस सिस्टमलाई सक्रिय बनाउन कार्य गर्छ । जसको कारण नर्भस सिस्टम अतिसक्रिय हुन्छ र नोक्सानको रूपमा बढी बेचैनी हुन थाल्छ, निद्रा लाग्दैन ।

मधुमेहको औषधि : मधुमेहमा कफीले थोरै नोक्सान पु¥याउँछ । रिपोर्ट अनुसार कफी यदि दूध र चिनीसँग बनाइएको छ भने यसबाट ब्लडसुगर बढ्छ । यदि कफीसँगै मधुमेहको औषधि सेवन गर्नुहुन्छ भने यसबाट कति ठूलो असर पर्छ त्यो सहजै बुझ्न सकिन्छ ।

अस्थमाको औषधि : अस्थमाको औषधिसँगै कफी कहिले पिउनुहुँदैन । अस्थमा क्रोनिक बिमारी हो । जसमा मानिसले नियमितरूपले औषधि सेवन गर्नुपर्छ । तर औषधिसँगै कफी पनि सेवन गर्नुहुन्छ भने यसको भयङ्कर साइड इफेक्ट देखिन्छ । टाउको दुख्ने, पेट दुख्ने, बेचैनी, इरिटेशन आदिको समस्या हुन थाल्छ ।

अस्टियोपोरोसिसको औषधि : हाड कमजोर हुने गम्भीर बिरामी अस्टियोपोरोसिसमा दिइने औषधि सेवन गरेपछि यदि तपाईं कफी पिउनुहुन्छ भने यसको साइड इफेक्ट देखिन्छ । यस औषधिलाई केवल सादा पानीसँग मात्र लिनुपर्छ । नत्र यस औषधिले कुनै फाइदा पु-याउँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here