प्रेममा जादुयुक्त सम्बन्ध

धेरैजसो सम्बन्ध प्रेमबाट शुरू हुन्छ र द्वन्द्वमा अन्त्य हुन्छ । दम्पतीबीच अहङ्कार उत्पन्न भएपछि मात्र झगडा हुन्छ । सम्बन्ध टुट्नुको सबैभन्दा ठूलो कारण सम्मान र संवादको कमी हो । हरेक जोडीले एकअर्कालाई कृतज्ञता व्यक्त गर्नुपर्छ किनभने संसारमा करोडौं मानिस छन् तर एकजनाले मात्र तपाईंलाई जीवनसाथीको रूपमा रोजेको हुन्छ । तर जोडीहरूले यो कुरा बिर्सन्छन् । प्रत्येक सम्बन्ध ‘धन्यवाद’ र ‘माफ गर्नुहोस’बाट बलियो बनाउन सकिन्छ र जीवनभर टिक्न सक्छ । यी शब्दहरूमा यति धेरै शक्ति छ कि जोडीहरू एकअर्काबाट कहिल्यै बोर हुन सक्दैनन् ।

धन्यवाद भन्नाले माया बढ्छः हार्वर्ड हेल्थले सन् २०२१ मा एउटा अनुसन्धान गरेका थिए । मनोचिकित्सकहरूले पत्ता लगाएका थिए कि जो मानिस आप्mनो पार्टनरलाई धन्यवाद भन्छ र उसले गरेका सबै कामप्रति कृतज्ञता व्यक्त गर्छ, त्यस जोडीको सम्बन्ध निकै सकारात्मक हुन्छ । यस्ता जोडीहरू एकअर्कासँग धेरै खुशी रहन्छन् । वास्तवमा जब कुनै व्यक्तिले आप्mनो पार्टनरलाई धन्यवाद दिन्छ, शरीरमा अक्सिटक्सिन नामक प्रेम हार्माेन निस्कन्छ । यो हर्माेनका कारण दुर्ई व्यक्तिबीच राम्रो बन्धन निर्माण हुन्छ र यस्ता जोडीहरू एकअर्कासँग कहिल्यै बोर हुँदैनन् ।

सम्बन्धमा विश्वास बढ्छः हरेक सम्बन्धको आधार विश्वास हो । शब्दहरूले यो जग बलियो बनाउन जादुजस्तै काम गर्छ । सम्बन्धमा झुक्नु र माफी माग्नु महŒवपूर्ण छ र यदि तपाईंको पार्टनरले केही राम्रो गर्छ भने उसलाई धन्यवाद दिनु पनि महŒवपूर्ण हुन्छ । यी शब्दहरू सुन्दा सामान्य लागे पनि रिलेशनशिपमा यसलाई हृदयबाट भन्नुपर्छ । यसबाट दम्पतीहरूबीच विश्वास बढ्छ, तिनीहरूको सम्बन्ध जीवनभर टिक्न सक्छ ।

थ्याङ्क यू र सरीले सुध्रिन्छ सम्बन्ध : सम्बन्धविज्ञ डा गीताञ्जली शर्मा भन्छिन्, कुनै पनि सम्बन्ध पूर्ण हुँदैन । प्रत्येक दम्पतीबीच झगडा र भ्रम हुन्छ किनभने मानिसमा केही न केही कमजोरी हुन्छ नै । कमीकमजोरीलाई छिट्टै सच्याउन सकिंदैन, न सानातिना कुरामा सम्बन्ध टुटाउन सकिन्छ, त्यसैले माफी र धन्यवाद भन्नु जरुरी हुन्छ । यी शब्दहरूले सम्बन्ध सुधार्छन् । ‘सरी’ भनेर व्यक्तिले आफ्नो गलती फेरि दोहो¥याउँदैन र ‘धन्यवाद’ सुनेर राम्रो साथी बन्ने प्रयास गर्छ ।

आई लभ यू भन्दा शक्तिशाली हुन्छ : धेरैलाई लाग्छ ‘आई लभ यू’ भन्दैमा सम्बन्ध मजबूत हुन्छ तर यी शब्दले प्रेम व्यक्त हुँदैन । यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने उसको लागि जे पनि गर्न सक्नुहुन्छ । धेरैपटक कसैले गलती नगरी पनि माफी दिन सक्छ र विनाकारण धन्यवाद पनि भन्न सक्छ । म तिमीलाई माया गर्छु भन्नुको सट्टा मलाई माया र विश्वास गरेकोमा धन्यवाद भन्नुभयो भने यो ‘आई लभ यू’ शब्दभन्दा बढी प्रभावकारी हुन्छ । पार्टनरलाई धन्यवाद दिनु, राम्रो कामको लागि प्रशंसा गर्नु र गलती गर्दा माफी माग्नुले सम्बन्ध बलियो बनाउँछ ।

तनाव हट्छ : पति वा पत्नीसँग राम्रो सम्बन्ध नहुँदा धेरैजसो मानिस डिप्रेशनको शिकार हुने गरेका छन् । तर सम्बन्ध किन चीसो हुन्छ भनेर कसैले सोच्दैन । समर्पण, समर्थन, विश्वास, सम्मान र झुक्दा मात्र हरेक सम्बन्ध मीठो बन्न सक्छ । तर आजको समयमा धेरैजसो जोडी झुक्न चाहँदैन । सम्मान पाउनका लागि सम्मान गर्नुपर्छ । यस्तो अवस्थामा माफी र धन्यवादजस्ता शब्द बोल्दा सम्बन्ध सुध्रिन सक्छ तर सधैं एउटै पार्टनरले मात्र यस्तो गर्छ भने त्यो पनि ठीक होइन । दुवैथरीले आप्mनो सम्बन्धमा यी शब्दहरू समावेश गर्नुपर्छ । यदि सम्बन्धमा मिठास छ भने व्यक्ति तनाव वा निराश महसूस गर्दैन किनभने आफ्ना भावनाहरू साझा गर्न र बुझ्नको लागि एउटा राम्रो पार्टनर हुनुपर्छ ।

माफ गर्नुहोस् र धन्यवाद जस्ता शब्दहरूले जोडीहरूबीचको हरेक दरार हटाउँछ । यी शब्दहरूले मनमा कुनै कटुता रहन दिंदैनन् र तिनीहरूबीच राम्रो समझदारी हुन थाल्छ । दम्पतीहरू झगडापछि एकअर्कासँग बोल्न छोड्छन् र यो गलती उनीहरूबीच कम्युनिकेशन ग्यापको कारण बन्न सक्छ । आफूले माया गर्ने व्यक्तिसँग कुरा गर्न कहिल्यै छोड्नुहुँदैन । सम्बन्धमा ‘म’लाई टाढा राख्नुहोस् र सधैं ‘हामी’बारे सोच्नुहोस् ।

आत्मीयता राम्रो हुन्छः जब एकले अर्कासँग माफी माग्छ वा धन्यवाद भन्छ, यस प्रकारको शब्दले जीवनसाथीले तपार्इंलाई कति ख्याल गर्छ भन्ने देखाउँछ । यो हेरचाह प्रेम हो र यो राम्रो सम्बन्धका लागि स्वस्थ लगानी पनि हो । एकअर्काको ख्याल राख्ने जोडीहरू भावनात्मक मात्र होइन, शारीरिकरूपमा पनि एकअर्काका नजीक हुन्छन् । माफी र धन्यवाद शब्दले जोडीबीचको घनिष्ठता बढाउँछ ।

यदि तपाईं यसलाई भन्न सक्नुहुन्न भने अन्य तरीका अपनाउनुस्ः कतिपय मानिस आफ्नो भावना खुलेर व्यक्त गर्न सक्दैनन्, जसका कारण दम्पतीहरूबीच कम्युनिकेशन ग्याप हुन्छ । यदि तपाईं आप्mनो पार्टनरलाई माफी वा धन्यवाद भन्न सक्नुहुन्न भने पत्र लेखेर आफ्नो भावना व्यक्त गर्नुहोस् । उपहार र ग्रीटिङ कार्डहरू पठाउनुहोस्, मोबाइलमा सन्देशहरू लेख्नुहोस्, फ्रीज वा भित्तामा नोटहरू राख्नुहोस्, जीवनसाथीलाई मनपर्ने खाना पकाउनुहोस् । यस्ता ससाना कार्यले पनि तपाईंको पार्टनरलाई धन्यवाद र माफी दिन सकिन्छ ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)