५०५ किलो गाँजासहित तीनजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, १ माघ/
सीमावर्ती भारतको मोतिहारी नजीकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बारा जिल्लासँग जोडिएको भारतको पूर्वी चम्पारणको मोतिहारी जिल्लाबाट ५०५ किलो गाँजा बरामद भएको मोतिहारी प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा मोतिहारी प्रहरीले भारतीय नम्बरको तेल ट्याङ्करबाट सो परिमाणको गाँजा बरामद गरेको हो । ट्याङ्करबाट गाँजा बरामद भएपछि तीनजनालाई नियन्त्रणमा लिइएको छ । जसमा पन्नालाल पाल, विपत राम र अनवर बेग रहेका छन् । उनीहरू मध्यप्रदेशका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस