प्रस, पोखरिया, १ माघ/
१०औं राष्ट्रिय योग दिवस पोखरिया नगरपालिकाले कार्यक्रम गरी मनाएको छ ।
दिवसको अवसरमा मङ्गलवार पोखरिया नपाले वडा नं ४ स्थित पोखरेश्वर महादेव मन्दिरको धर्मशालामा योगाभ्यासको आयोजना ग-यो । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयलाई प्रशिक्षक कविराज धीरेन्द्र झाले योगाभ्यास गराएका थिए ।
कार्यक्रममा नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबि ठाकुर, वडाध्यक्ष लछुमन साह कानू, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनीष कुमार, पूर्वनगरप्रमुख दीपनारायण रौनियार, प्रमोद गिरी, भगवान कुर्मीलगायतको सहभागिता थियो ।