६२ जनाद्वारा रक्तदान, छात्राहरूलाई सचेतना

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २९ पुस/
युवा समाजको आयोजनामा सोमवार जीराभवानी गाउँपालिका–१ स्वास्थ्यचौकीमा आयोजित रक्तदान कार्यक्रममा पाँच जना महिलासहित ६२ जनाले रक्तदान गरेका छन् ।

माघी महोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा श्रीकान्ति देवी, गरिमा देवी, सुधा चौधरी, विनीता चौधरी, धर्मेन्द्र चौरसिया, सञ्जीत खवास थारू, सुरेन्द्र यादव, खेमराज पटेल, अजय मुखिया, कुश्मा देवी, रामशरण खवास, महादेव महतो, उमेश सिंहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।

यसैबीच, हिजो रक्तसञ्चार केन्द्र, वीरगंजले छिपहरमाई गाउँपालिकास्थित मङ्गल मावि भिस्वामा कक्ष्Fा ११ र १२ का छात्राहरूलाई रक्तदानसम्बन्धी सचेतना कार्यक्रम गरेको थियो ।

रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्र्रमुख सौरभराज पाण्डेले हिजो आयोजित रक्तदान कार्यक्रममा विद्यालयका छात्राहरूले रक्तदानको लागि चासो देखाएका तर उनीहरूको तौल नपुग्दा रक्तदानबाट वञ्चित हुनुपरेको बताए । कक्ष्Fा ११ र १२ मा अध्ययनरत छात्राहरू पौष्टिक आहारको कमीका कारण उचित तौल नपुगेकोले उनीहरूलाई रक्तदान कार्यक्रममा समावेश नगरिएको बताए । उनले रक्तदानको लागि न्यूनतम ४५ किलो तौल हुनुपर्नेमा विद्यालयमा अध्ययनरत कक्ष्Fा ११ र १२ का छात्राहरू केवल ३५–४० किलो तौल भएका कारण रक्तदान गर्न नसकेका बताए । उनले छात्राहरूलाई रक्तदानको लागि पौष्टिक आहार सेवन गर्न सुझाव दिएको बताए ।

उनले छात्राहरूले महीनावारी भएको पाँच दिनपछि मात्र रक्तदान गर्नुपर्ने र सामान्य खानपिनबाट पनि तीन महीनामा रक्तदान गरेको परिमाणमा रगत शरीरमा विकसित हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस