नवजनजागृति युवा क्लब सिमराको अध्यक्षमा लामा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जीतपुर, १ माघ/
जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृति युवा क्लब, सिमराको छैटौं अधिवेशनले रामचन्द्र लामाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

सिमरा रङ्गशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा आयोजित अधिवेशनले लामाको अध्यक्षतामा प्रथम उपाध्यक्ष शङ्कर थापा, द्वितीय उपाध्यक्ष राजदास श्रेष्ठ, महासचिव शम्भुसिंह ठाकुरी, सचिव श्याम सुवेदी, कोषाध्यक्ष सालिकराम अधिकारीलगायतका सदस्यहरूलाई सर्वसम्मत चयन गरेको छ ।

यस अघि सम्पन्न क्लबको १७औं वार्षिक साधारणसभाले संस्थागत तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । साधारणसभाले विधान संशोधनलगायतका आवश्यक विषय सुझावसहित पारित गरेको महासचिव ठकुरीले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल तेक्वान्दो महासङ्घका मधेस प्रदेश महासचिब राजकुमार लामा, नेपाल खेलकूद पत्रकार मञ्च बाराका अध्यक्ष शरदचन्द्र भट्टराई, क्लबका संरक्षक मुकुन्दबहादुर क्षत्री, माओवादी नेता बेनीप्रसाद तिमिल्सिना, नेका जीतपुरसिमराका संस्थापक सभापति श्यामबाबू गुप्ता, इलाका प्रशासन कार्यालय, सिमराका प्रमुख तेजराज शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस