प्रस, सिम्रौनगढ, १ माघ/
सिम्रौनगढ नगरपालिका–७ खजानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्रछात्रालाई साइकल वितरण गरिएको छ ।
चाइना फाउन्डेशनको सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा ७ का २०५ जना विद्यार्थीलाई मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले साइकल वितरण गरेका थिए । उनको र डा धनञ्जय यादवको सक्रियता तथा वडाध्यक्ष विवेक मेहताको पहलमा चाइना फाउन्डेशनले साइकल सहयोग गरेको हो ।