भुइँमा बसेर खाने चलन बिस्तारै हराउँदै गएको छ । जाडो मौसममा भुइँमा बसेर खान कोही पनि रुचाउँदैनन् । कुर्सीमा बसेर खानुभन्दा भुइँमा बसेर खानुका धेरै फाइदा छन् ।

भुइँमा बसेर खाँदा हाम्रो घुँडा मोडिन्छ, जसले गर्दा घुँडाको कसरत हुन्छ र लचकता बढ्छ । यस लचकताबाट जोर्नीमा चिल्लोपन रहन्छ । यदि जोर्नीको दुखाइबाट पीडित हुनुहुन्छ भने भुइँमा बसेर खानुपर्छ ।

वजन नियन्त्रणः भुइँमा बसेर खाएपछि वजन नियन्त्रण गर्न सकिन्छ । यसले पाचन प्रक्रिया प्राकृतिक अवस्थामा पुग्छ र पाचन क्रिया सही ढङ्गले काम गर्छ । भुइँमा बस्नु र उठ्नु एउटा कसरत पनि हो, जसले वजन नियन्त्रण गर्छ ।

मुटुको लागि फाइदाः यदि तपाईं मुटुरोगी हुनुहुन्छ भने भुइँमा बसेर खाना खाने गर्नुपर्छ । जमीनमा बसेर खाँदा यसबाट रक्तसञ्चार मुटुसम्म सजिलै हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा तपाईंको खुट्टाको मांसपेशीमा तनाव हुन सक्छ । तसर्थ भुइँमा बसेर खानाले खुट्टाको लचकता बढ्छ ।

रक्तसञ्चारः पलेटी कसेर खाँदा रक्तसञ्चार राम्रो हुन्छ । यसले नसाको खिचाव पनि हटाउँछ र मुटुको वरपरको दबाब पनि कम हुन्छ । जमीनमा बसेर खाँदा थालतर्पm झुक्नुपर्छ, जुन एउटा प्राकृतिक अवस्था हो । लगातार अगाडि झुक्दा पेटको मांसपेशीले लगातार काम गर्छ । जसले गर्दा पाचन प्रक्रिया पनि राम्रो हुन्छ र खाना चाँडै पच्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here