लसुन भान्साको प्रमुख भाग हो । जीवाणुरोधी, एन्टिसेप्टिक, एलिसिन नामक यौगिकको कारण लसुनलाई रोगको रामबाण पनि भन्न सकिन्छ । लसुनमा फास्फोरस, पोटासियम, मैग्निशियम, भिटामिन सी, फोलेट, नियासिन र थायमिन जस्ता तŒव हुन्छन्, जसले शरीरलाई स्वस्थ राख्छ ।

विशेषगरी जाडोमा यसको सेवन गर्नाले जोर्नीको दुखाइ, कमर र पिठ्यूँ दुख्ने समस्याबाट आराम हुन्छ । काँचो लसुनले रुघाखोकी र कन्जेशनको सङ्क्रमणलाई हटाउँछ । लसुनका दुई टुक्रा खाली पेटमा खाएपछि निकै फाइदा पुग्छ । काँचो लसुन सेवनबाट शरीरमा एस्ट्रोजोन हार्मोन नियन्त्रण हुन्छ । यसले हाड र मांसपेशीमा हुने समस्याबाट जोगाउँछ । त्यस्तो काँचो लसुन सेवनबाट ग्लुकोजको स्तर नियन्त्रण गर्न सकिन्छ । मधुमेहका रोगीले प्रतिदिन काँचो लसुन सेवन गर्नुपर्छ । लसुनले शरीरको प्रतिरक्ष्Fा प्रणालीलाई सबल बनाउँछ र जाडोमा रुघाखोकीजस्ता समस्या हुँदैन । शरीरले भित्रबाट गर्मी पाउँछ र चीसोको असर कम हुन्छ । मह र लसुन एकैसाथ सेवन गर्दा रक्तचाप नियन्त्रण हुन्छ । लसुनको नियमित सेवनबाट रगतमा थक्का बन्ने सम्भावना कम गर्छ । लसुनमा पाइने यौगिक एलिसिनले एलडिएल (खराब कोलेस्ट्रोल)को अक्सिकरणलाई रोक्छ । यसले कोलेस्ट्रोलको स्तरलाई कम गर्छ र मुटु स्वस्थ राख्छ । बिहान खाली पेट २–३ वटा काँचो लसुन सेवन गर्दा वजन कम हुन्छ । यसलाई भुटेर पनि खान सकिन्छ । यसले शरीरमा थर्मोजेनेसिसलाई बढाउँछ र बढी बोसो जल्ने र खराब कोलेस्ट्रोललाई कम गर्न मदत पुग्छ । लसुनमा एन्टिअक्सिडेन्ट र एन्टी इन्प्mलेमेटरी गुणले मस्तिष्कको स्वास्थ्यलाई बढाउँछ । अल्जाइमर र डिमेन्शिया जस्ता न्युरोडिजेनेटिभ रोगको सम्भावना कम हुन्छ ।

एन्टिअक्सिडेन्टले भरिपूर्ण लसुनले फोक्सो, प्रोस्टेट, मूत्राशय, पेट, यकृत र पेटको क्यान्सरबाट बचाउँछ । लसुनको जीवाणुरोधी क्रियाले पेप्टिक अल्सरलाई रोक्छ र आन्द्राको सङ्क्रमणलाई नष्ट गर्छ । काँचो लसुनले पाचन समस्या र आन्द्रालाई डिटक्स गर्छ । यसले पेटको कीरा र खराब ब्याक्टेरियालाई नष्ट गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here