काठमाडौं, ३१ वैशाख/रासस

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

“आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमैं रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”–उनले भने । उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिए ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन् । जसपा राजनीतिक समिति सदस्यसमेत रहेका उनले आजै राजीनामा बुझाएका  हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here