जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, ३१ वैशाख/रासस

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवार सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

लिई सरकारबाट समेत बाहिरिएको बताए । उनले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसद्मा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्