छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छः मुख्यमन्त्री सिंह

जनकपुर, ३० माघ/रासस मधेस प्रदशका मुख्यमन्त्री सतीशकुमार सिंहले गरीबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । बुधवार जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’, बेस नेपालका प्रतिनिधि र बालबालिकासँग मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र शिक्षा प्राप्तिबाट बालविवाह […]
मन्त्रालयले फागुनभरि नसर्ने रोगसम्बन्धी निश्शुल्क परीक्षण दिंदै

काठमाडौं, ३० माघ/रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निश्शुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महीने निश्शुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय […]
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुन सक्छ’

कमलकुमार बस्नेत प्रयागराज (भारत), ३० माघ/रासस यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुशी भक्तजनको मुहारमा प्रस्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भएपनि यहाँ आइपुग्दाको खुशी उनीहरूको मुहारमा झल्किन्थ्यो । १४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौं भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान्को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् […]
घरआँगनमै घुम्ती सेवा

महोत्तरी, २७ माघ/रासस “कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब (कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरुँ भन्ने सोच्दै थिएँ” मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भने–“आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल (आज त चिकित्सक आफैं घर–आँगनमैं आएर जाँच गरी औषधि दिनुभयो, अब […]
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेश, विधेयकमा के–के छन् ?

काठमाडौं, २७ माघ/रासस राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पेश गरे । त्यस अघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको बेहोरा जानकारी गराए । सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानून […]
परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने

महेन्द्रनगर (धनुषा), २६ माघ/रासस परराष्ट्र मामिलाका जानकारहरूले देशको परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने कुरामा जोड दिएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका क्रममा वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आआप्mनो धारणा व्यक्त गरेका थिए । छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने–“नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र […]
मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न आग्रह

रौतहट, २३ माघ/रासस रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौं ‘मधानी महोत्सव’ हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुराताŒिवक महŒवको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको […]
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

काठमाडौं, २२ माघ/रासस क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमितरूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य […]
नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

काठमाडौं, २२ माघ/रासस नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि मङ्गलवार औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । “विसं २०२९ सालमा कम्पनी स्थापना भएपनि २०६४/६५ सम्म जिएमपीको […]
हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान

रौतहट, १५ माघ/रासस जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महीनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाको जङ्गलनजीकैको गाउँँमा बसिरहेका छन् । हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छ भने लाखौं मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएका छन् । हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान […]