यात्रा त भइहाल्छ । कहिलेकाहीं यात्राको पूर्वतयारी हुँदैन तर यात्रा भइहाल्छ । यात्रा अपर्झट पनि हुने रहेछ । टाढा वा नजीक भूगोलले होइन, कहिलेकाहीं समयले निर्धारण गर्ने रहेछ । गत शनिवार यस्तै भयो ।
शनिवार फुर्सद हुन्छ । शनिवार कहिल्यै फुर्सद हुँदैन । हरेक शनिवार कुनै न कुनै कार्यक्रमले पर्खिरहेको हुन्छ । कहिलेकाहीं एकभन्दा बढी कार्यक्रम जुधिरहेको हुन्छ । आपूmलाई मूलतः भाषा र साहित्यको कार्यक्रमसित बढी सरोकार हुने गर्छ तर मानिस हुँ । परिवार छ, समाज छ । यिनीहरूबाट पूर्णतः विमुख हुन सकिंदैन ।
गत शनिवार पारिवारिक कामले सीतामढी पुग्नैपर्ने भयो । केही उज्यालो होला र निस्कौंला भनेको त उज्यालो हुने नामै लिंदैन । अब घामको बाटो हेर्ने हो भने दिन जान्छ । किशुन सर बाइक लिएर आइपुग्दा साढे १० नाघिसकेको छ बिहानको । ४ जनवरी २०२५ (२० पुस २०८१) को दिन कुहिरोले अलिकति पनि छोडेको छैन । भुइँदेखि आकाशसम्म कुहिरोको साम्राज्य छ र हामी घरबाट निस्कन्छौं १०ः४० मा । जाडोसित सङ्घर्ष गर्दै, न धेरै छिटो र न धेरै ढिलो मध्यम रप्mतारमा मोटरसाइकल गुडिरहँदा खासै चहलपहल छैन । मानिसलाई काम नभएको र सडकलाई आराम भएजस्तो अवस्था । मुश्किलले कतै कोही देखिन्छन् । कोही कसैलाई हामीभन्दा पनि हतार देखिन्छ, बढी रप्mतारले अनुमान हुन्छ ।
गौर नाघ्दै अन्तर्राष्ट्रिय सीमापार गरेर भारतीय बजार बैरगनिया पुग्छौं । अलिकति भारतीय पैसा किन्नै परेको छ । बैरगनिया बजारमा नेपाली रुपियाँ मज्जैले चल्छ तर सीतामढीमा चल्दैन । हुनत बैरगनिया पनि सीतामढी जिल्लामैं पर्छ । सीतामढी जिल्लाको सदरमुकाम सीतामढी शहर हो । सीतामढी शहरको नामकरण सीताको जन्मसित जोडिएको मानिन्छ । भनिन्छ, राजा जनक
(शिरध्वज)ले अनिकाल परेको बेला राज्यमा पानी पार्न यहीं हलो जोतेका थिए । त्यो बेला यो क्षेत्र जङ्गल थियो क्यारे १ पुण्यारण्य नामको वनमा वा छेउमा राजाले हलो जोत्दा हलोको फाली अड्किंदा जमीनबाट कन्या प्रकट भएकी थिइन् । जसलाई सबैले सीता भने । सीताको प्राकट्यस्थली यहीं छ । सीतामढी रेलवे स्टेशनमा सीता प्रकट हुँदाको अवस्थाको प्रतिकृति निर्माण गरिएको छ । रेलवे स्टेशनबाट प्राकट्यस्थली करीब सात किलोमिटर दक्षिण–पश्चिममा अवस्थित छ । उक्त ठाउँलाई पुनौराधाम भन्ने गरिएको छ । प्राकट्यस्थलबाट ल्याएर राजा जनकको कुटी रहेको स्थानमा राखिएको ठाउँमा अहिले जानकी मन्दिर छ । सीतामढीको प्रसिद्ध मन्दिरको रूपमा जानकी मन्दिरलाई लिइन्छ । यहाँबाट केही किलोमिटर टाढा पुनौराधाम छ । सीतालाई ल्याएर राखिएको कुटी जनककुटी थियो । जनककुटीमा सीतालाई राखेपछि सीताकुटी कहलियो । यो स्तरीय कुटी फुसको थियो । फुसको कुटीलाई छाप्रो पनि भन्न सकिन्छ तर स्थानीय बज्जिका भाषामा कुटीलाई मडई भनिन्छ । मडई र मढई दुवै उच्चारण हुन्छ । यही मडई वा मढईबाट सरलतातिर उच्चारण बग्दै जाँदा मढी हुन गएको हो । सीताकुटी स्तरीय शब्द थियो भने लोककथ्यमा सीतामढई वा सीतामढी थियो ।
सामान्यतया बैरगनियाबाट सीतामढी पुग्न एक घण्टा लाग्छ । अहिले पनि लाग्यो । घर (गरुडा, रौतहट)बाट हिंडेको दुई घण्टाभन्दा अलिकति बढी समय भएको छ । बैरगनियामा भारतीय रुपियाँ किन्ने बेलामा खर्चेको समयभन्दा यताउति कतै समय बर्बाद पारेका छैनौं । मूल काम छ, ल्यापटपको ब्याट्री बदल्ने ।
छोरीको ल्यापटपको ब्याट्री खराब भएकोले नयाँ किन्न ल्यापटप नै लिएर गएका छौं । ब्याट्रीको मूल्य पोहोरभन्दा अलिकति बढाएको छ, पसलेले । मेरो त पहिलो खेप हो तर किशुन सरको भने दोस्रो । एक वर्षको वारेन्टी दिने गरेको पसल हो ब्याट्रीको लागि, तर किशुन सरको अनुभव छ, डेढ वर्ष मज्जाले चल्छ । अनि खासै महँगो पनि होइन । १६ सय भारतीय रुपियाँमा ब्याट्री लगाउने काम पूरा हुन्छ । अनि एक हिसाबले भन्ने हो भने सीतामढीको काम सकिन्छ ।
हुनत पछि एउटा मलमा पुग्छौं । त्यहाँ अकल्पनीय सस्तो सामान देख्छौं । त्यहाँबाट अर्को पसल पुग्छौं । त्यहाँको मूल्यसित आप्mनो ठाउको मूल्य दाँजेर हेर्दा लाग्छ, कति धेरै सस्तो छ । केही किनमेल गर्छौं । अनि किशुन सरलाई फ्रीजको सामान लिनुछ । त्यहाँ पनि पुग्छौं । पहिलेदेखि नै मानसिक तयारी गरेर आएको भए धेरै सामान किन्नुपर्ने थियो । एउटा मोटरसाइकलमा दुईजना छौं । सामान पनि धेरै भयो भने बोक्न गा¥हो हुन्छ । बोक्नका लागि झोला पनि किनेका वा ल्याएका छैनौं । सबैभन्दा महŒवपूर्ण कुरो त भारतीय पैसा किन्ने हैसियत नै लिएर आएका छैनौं ।
अF, मुख्य काम सकिएपछि ब्याट्री चेक गर्न ल्यापटप अन हुन्छ । अनि चाहिन्छ पासवर्ड । पासवर्ड कहाँबाट हुनु ? छोरीको ल्यापटप कहिल्यै चलाएको भए पो थाहा हुनु १ अनि नेपालमा यहाँबाट फोन लाग्ने कुरै छैन । फेरि चार्जर बोकेका छैनौं । बोक्ने बेला मलाई निर्देशन थियो, माउस बोक्न । त्यो त छ, तर त्यसको कुनै काम छैन । जे छ त्यो बेकामिल र जे ल्याएको छैन, त्यो काम लाग्ने, के गर्ने ? कुनै उपाय छैन । अनि मिस्त्रीले आप्mनै चार्जर लगाउँछन् । पसलमा त सबै किसिमका चार्जर हुन्छन् । चार्ज भएको देखिन्छ अर्थात् ल्यापटपले चार्ज उठाउँछ । ब्याट्रीले काम गरिरहेको छ भन्ने बुझियो । बाँकी कुरो थाहा छैन ।
त्यहाँबाट बाहिर निस्कन्छौं । बाइक रोकिएको छ, त्यहाँ अलिक फराकिलो छ । आकाशतिर हेर्छु, सूर्यले दर्शन दिएको छ । भगवान् सूर्यको दर्शन गर्नू किशुन सर । ए हो र ? कतापट्टि छ सूर्य । भन्दै उनी मैले इशारा गरेतिर हेर्छन् । फेरि लुक्न लागेको सूर्यलाई देख्छन् । मनमा अलिकति तातोपनको अनुभूति हुन्छ । अब कतै उज्यालो भइहाल्छ कि ? तर फेरि पनि उज्यालोको सङ्केत कहीं कतै देखिंदैन ।
यहाँ पश्चिमति, पूर्वाभिमुख एउटा मन्दिर देखिन्छ । मन्दिरमा लेखिएको शब्दले तानिन्छु । मनकामना बाबा । हामीकहाँ त मनकामना माताको नामले चिनिने मन्दिरको चर्चा हुन्छ । नेपालमा मनकामना मन्दिर प्रसिद्ध छ । अनि अलिकति नजीक पुग्छु । मन्दिरमा लेखिएको स्पष्ट हुन आउँछ (बाबा मनकामनानाथ मन्दिर, सीतामढी । बल्ल स्पष्ट हुन्छ, शिवमन्दिर हो भनेर । मन्दिर धेरै ठूलो छैन, तर सीतामढीमा रहेको शिवमन्दिर आफैंमा अद्भुत लाग्छ नामले गर्दा । मानिसले जुन प्रकृतिले कुनै देवीदेवताको पूजा गर्छ, सोही प्रकृतिको आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास छ लोकमा ।
सीतामढी आफैं प्राचीन नगर हो । यहाँ विभिन्न मन्दिरहरू छन् । विभिन्न धर्मावलम्बीको यो शहरको पहिचान सीताको नामसितै गाँसिएको छ । यहाँ अन्य प्राचीनस्थल वा अवशेषहरू पनि हुनुपर्छ, जसबारे हामीलाई जानकारी छैन । यस मन्दिरको विषयमा पनि मलाई पहिलेदेखि जानकारी थिएन । सम्भवतः नाम पढ्न नपाएको भए हामीलाई अद्भुत लाग्ने नाम जानकारीमा आउने थिएन ।
अपेक्षाभन्दा अलिक बढी नै खाजा खाएर सीतामढीलाई बाई–बाई भन्दा पनि धरतीले उज्यालो देखेको छैन । बिहानको भन्दा अहिले हावा अलिक बढी चलेको छ । यद्यपि घाँटी र टाउको छोपेका छौं दुवैजनाले । धेरै हदसम्म जाडोलाई छेकेको छ तर सम्पूर्ण वातावरणीय साम्राज्यमाथि एकछत्र हैकम छ जाडोको । अनि मनमा डर त हुन्छ नै । गएराति र अघिल्लो राति चीसोकै कारण ज्वरो आएकै हो मलाई । जाडो, ज्वरो र बाध्यात्मक यात्राले घर पुग्दासम्म गलाउने हो कि भन्ने मनको कुनामा परिरहेको छ । मलाई डर भएपनि व्यक्त गर्न सकेको छैन । आप्mनै कामले हो । कामको अगाडि स्वास्थ्यमा अलिकति जोखिम लिएको हुँ ।
सीतामढी बजारबाट बाहिर निस्कँदा यताबाट जाँदाभन्दा बढी सुनसान देख्छौं बाटो, बस्ती र सरेह । न धेरै छिटो र न धेरै ढिलो, मध्यम गतिमा घरतिर बाटो तताइरहेका छौं ।