“गूड मर्निङ सर” उनले आप्mनो घडीतिर हेर्दै मलाई अदपका साथ अभिवादन गरे ।
म विदेश जाने तयारीमा थिएँ । अङ्ग्रेजी बोल्न वा दिलको कुरा खोल्न म अङ्ग्रेजीमा अभ्यस्त बन्न चाहन्थें । उनको अभिवादन फर्काउन उनैको नक्कल गरेजस्तो गरेर मैले पनि घडीतिर हेरें । मेरो घडीले दिउँसो बिताइसकेको रहेछ । मैले सम्झेंसम्म मेरो घडीले ठीक टाइम दिइरहेको थियो । आज बिहानैको कुरो त हो नि, मेरो मोबाइलले चिच्याएर मलाई उठाउनु र इफेममा समाचार आउनु एकैचोटि भएथ्यो । मेरी पत्नीलाई पनि थाहा छ, जब समाचारसँगै मेरो मोबाइलले प्रिय निद्राको अपहरण गर्ने गरी चिच्याउँछ तब दिनको शुरूआत नहुँदै उक्त दिनको एक चौथाई मृत्यु भइसकेको हुन्छ । अनि म समयको मामिलामा निकै कडा छु । म मेरो बुद्धिभन्दा घडीमा भर पर्छु । हरेक दिन रेडियोको समयसित एकचोटि अवश्य मिलाएको हुन्छु । निर्धारित समयभन्दा केही सेकेन्ड पनि ढिलो नगरी ट्वाइलेट छिर्ने मान्छे म । समयको महŒव मलाई थाहा छ । यसैले हतारमा ओकल्छु–“गूड आप्mटर मर्निङ, सर ।”
मरेको मुसोले हाँसेको हो कि दाँत देखाएको हो भन्ने भाव छुट्याउन नसकेजस्तै गरी ङिच्च दाँत देखाउँदै उनले व्यङ्ग्य गरे–“अङ्ग्रेजी शब्दलाई नेपालीकरण गर्ने तपैंले त आज अङ्ग्रेजीको दाँत भाँचिनेगरी खोक्नु भयो त ?”
“हात, खुट्टा, टाउको जे भाँच्चिए पनि मैले भनेको कुरा केरा त भएन नि ? मैले तपाईंलाई जवाफ फर्काउने बेला घडीको तीनओटै सुई एक अर्कामाथि खप्टिएका थिए । मैले गूड नूनभन्दा हुन्थ्यो त ?”
“मलाई लाग्यो कि तपाईं मलाई गिज्याउँदै हुनुहुन्छ”–पोलेको हरियो खुर्सानीमा अलिकति बढी तेल हालेजस्तो चिल्लो बोलीमा उनले भने–“अङ्ग्रेजीको फोक्सो र मुटुको अप्रेशन गर्दै हुनुहुँदोरहेछ ।”
भकभके नभए पनि बकबके चाहिं अवश्य हुँ । मलाई नबोली हुँदैन । बोल्नकै लागि जन्मेको हुँ । उनी गाईमाथि प्रकाश पारेर लेखेको निबन्धले हास्यव्यङ्ग्य पुरस्कार जितिसकेका मान्छे । उनलाई अङ्ग्रेजी आउँछ नै । हामी एउटै अफिसका समान तहका कर्मचारी हौं । अग्ला होचा भए पनि घोचपेच गरिरहन्छौं एकले अर्कोलाई । कसैले कसैको बाउको केही नखाइदिएकोले ठाकठुक पर्दैन । उनको अङ्ग्रेजी दम्भमाथि आप्mनो मूर्खताको घन बजार्दै सोधें–“अF साँच्ची, ठीक बार बजे चाहिं कुन अभिवादन गर्ने ?”
फलाम काट्ने तरबारले पाकेको केरा काटेझैं गरी सजिलोसित जवाफ दिए उनले –“गूड आप्mटर नून ।”
हाजिरी धस्काएर कुन्नि केको एउटा पुडिया च्यातेर मुखमा कोचे उनले । मलाई जताततै थुक्न घिन लाग्छ, होइन भने म पनि आकाशतिर हेर्दै मुख आँ गरेर बोराको मुख खोलेर आप्mनो मुखमा खन्याई आनन्द लिन्थें । प्याच्च थुक्नेको मुख नै थचारिदिउँ जस्तो लाग्छ । मैले उनलाई न खा भनेर कहिल्यै भनेको छैन । मेरो बाउको खाँदैनन् र मलाई खा खा भनेर कर पनि गर्दैनन् । म बसेतिर बिर्सेर पनि थुक्दैनन् । उनको मुखबाट धूलो उडेर नाकतिर जाँदै गर्दा मैले अविश्वास प्रस्ताव पेश गरें–“आप्mटर नूनले त नूनभन्दा पछिको समय पो बुझाउँछ । अङ्ग्रेजीमा नून भनेको पानीमा घुल्ने पदार्थ त होइन । ठीक बा¥ह बजेलाई बुझाउँछ । ठीक बार बजेभन्दा आधा मिनेट बाँकी छ भने पनि मर्निङ नै हो र आधा मिनेट पनि बढी भयो भने आप्mटर नून हुन्छ । तर, मजस्तो एक सेकेन्ड तलमाथि हुन नहुने मानिसले यदि कसैलाई अभिवादन गर्नुप-यो भने गूड नून भन्ने कि नभन्ने ? मैले कतै नसुनेरै अघि भनेको हुँ–गूड आप्mटर मर्निङ, सर ।”
टेबुलमा काम पर्खिरहन्छ । कामभन्दा कुरो प्यारो हुन्छ हामीलाई । जसले कुरोमा जित्यो उसले काममा जित्नै पर्दैन । कसैले गरेको कुनै राम्रो काम हेर्नको लागि कतै विज्ञापन गरिन्न तर भाषण सुन्नको लागि सित्तैमा माहुरीको गोलोभन्दा अझ बाक्लो उपस्थिति हुन्छ । कहिलेकाहीं हामी कुरो गर्नको लागि मात्र हाजिरी गर्न कार्यालय आउँछौं । म नअलमलिकन पुनप्र्रश्न गर्छु–“गूड मिड डे भन्न सकिन्छ सर ?”
उत्तर दिन अलमलको चलमल अनुहारमा देखें । हाजिरी किताबमा नाम अगाडि भएकाले उनी सिनियर हुन् । उमेरले मात्र नभई बालबच्चा, पत्नी र जायजेथाले चाहिं म धेरै सिनियर हुँ । यसैले उनले मलाई अभिवादन गर्दा अदपको भाउ मिसाउँछन् । सिनियर उनले मलाई मानेका छन्, मैले पनि उनलाई सिनियर मानेको छु । दुवैजना सिनियर भएपछि जुनियर कोही रहेन । सिनियरलाई सिरियस बनाउनु अपराध हो । यो बुद्धि मेरो दिमागले उत्पन्न गरेपछि हँस्यौली पारामा केही भन्न खोज्दै थिएँ । उनले भने–“चुरो कुरो हो–अभिवादन गर्नु । जसरी बुझे पनि भइहाल्छ । तर तपाईंको तर्कतिर किन ध्यान नगएको होला विद्वान्हरूको ?”
हाम्रो समाजमा परम्परागत जिब्रोले प्रणाम तथा आधुनिक र परम्पराको ठिमाहा जिब्रोले नमस्कार भनिरहँदा आधुनिक जिब्रो भने पश्चिमतिर लर्बरिएकै हो । अहिले अभिवादन प्mयुजनको युगमा छ, सङ्क्रमित छ । अङ्ग्रेजी आचारमा अभिवादन गरेको चार कक्षामा नै पढेको थिएँ–गूड मर्निङ, गूड आप्mटर नून, गूड इभ्निङ र गूड नाइट । अनि अङ्ग्रेजी सरले हरेक दिन हातमा लठ्ठीको सुम्लो डाम्दै कम्तीमा एउटा अर्थ रटाउनुहुन्थ्यो–मर्निङ माने बिहान, नून माने दिउँसो, इभ्निङ माने साँझ र नाइट माने राति । गूड माने राम्रो त स्कूल नजाँदै जानिसकेको थिएँ । त्यत्ति बेला सरहरूले नै नबुझेको अहिले चाहिं बुझ्दैछु, गूड माने शुभ । “त्यै त, मलाई अझै पनि असजिलो लाग्छ, एघार बजेतिर गूड मर्निङ बोल्न, साढे तीन बजेतिर गूड आप्mटर नून भन्न र राति खाना खाने बेलामा गूड इभ्निङ वा गूड नाइट भन्न । अझ कुनै दिन कुनै कारणले जाग्राम बसेको छु भने रातिको दुई तीन बजेतिर न गूड नाइट भन्नु, न गूड मर्निङ भन्नु कसैलाई ।” उनले सबै कुरो बुझेको बिरामी बाँदरले ‘होमा हो’ जस्तै मुन्टो हल्याए मात्र ।
अलिकति सास र अलिकति साहस बटुलेर प्रस्ताव गरें–“बिहान ९ बजेदेखि बा¥ह बज्नु पहिलेसम्म ‘गूड मर्निङ’को साटो ‘गूड आप्mटर मर्निङ’ वा ‘गूड बिफोर नून’ भन्न सकिन्न र ? यसैगरी समय मिलाएर ‘गूड बिफोर इभ्निङ’, ‘गूड बिफोर नाइट’, ‘गूड आप्mटर नाइट, ‘गूड बिफोर मर्निङ’ भन्दा पनि होला कि ?”
मेरो अनुहार नुन दलेर सफा भएको दाँत जस्तो चम्किलो भयो तर उनको अनुहार भने नुन खाएको कुखुराजस्तो झोक्रियो । मलाई लाग्यो, उनलाई रिङटा लागिरहेको छ । मैले हत्त न पत्त एक गिलास पानी दिएँ । हतपतको काम लतपत भनेझैं भयो । पानी तातो न तातो थियो । चीसो भन्ठानेर उनले एकै सप्कोमा गिलास निलूँझैं गरी मुख खोलेर पानी हुले । अङ्ग्रेजी बोल्ने मुख हो भनेर तातो पानीले सम्मान गरेन । पोल्यो । अनि सोझै कुन भाषा निस्क्यो कुन्नि थाहा भएन, टेबुलको टंक्युपर, कागज, रजिस्टर सब पवित्र भयो । चिच्याहटले घरै उचालियो । कार्यालय बन्द भयो । सरको मुखमा केही भयङ्कर विस्फोट भएजस्तो सनसनीपूर्ण हावा फैलियो । कार्यालय प्रमुखले सबै कुरा बुझेर परम पूज्य परमात्माको वाणीझैंं ओकले–“वाफ नभएको तातो पानी र पाप नभएको बानी धेरै खतरनाक हुन्छ । निष्बाफ र निष्पापदेखि सतर्क रहनुपर्छ ।”
प्रमुख सर त सबैभन्दा ज्ञाता हुन्छन् –सर्वज्ञानी । हामी त उनका अगाडि केवल टाउको हल्लाउने र ताली पड्काउने हुन्छौं । सबैले सर्वअज्ञानी ठाने पनि उनी आपूmलाई सर्वज्ञानी ठानिरहेका हुन्छन् । मौकामा चौका हान्न खोज्दै मैले आप्mनो अङ्ग्रेजी ज्ञानलाई आप्mनो कार्यालय प्रमुखको मुखबाट पनि केही बढाउन चढाउन निवेदन गरें–“गूड मर्निङभन्दा पहिले ‘गूड आप्mटर नाइट’ हुन्छ कि नाइँ, सर?”
अजिङगरले घोर्ले सर्पलाई हेरेझैं जब मलाई हेरे तब मेरो हालत बाघको मुखमा परेको बाख्राजस्तै भयो । केही बोलिनँ । कतै कहिल्यै पनि बोल्ने आँट गरिनँ तर आज पनि म आप्mनो प्रश्नको उत्तर खोज्दैछु । कुनै दिन तपाईंलाई पनि सोध्न पुगें भने कृपया नरिसाइदिनुहोला ।
२३ मड्सिर २०८१