पाठकवृन्द गताङ्कमा विषबारे सामान्य जानकारी प्राप्त ग-यौं । विषहरूको सूची अनगिन्ती छ । सबैबारे बताउनु अन्तहीन वर्णन हुनेछ । त्यसैले केही मुख्य विषबारे बताउँछु जसबाट धेरै पीडितहरू अस्पताल ल्याइन्छन् । यथा अर्गेनोफेस्फोरस, मशरूम, धतुरो, सर्प र कीरा प्वायजनिंग आदि । पहिले आउनुस् अर्गेनोफस्फोरस प्वायजनिंगमा । अर्गेनोफस्फोरस ती अर्गेनिक कम्पाउन्ड हुन् जो फस्फोरसको साथ प्रतिक्रिया गरी बन्छन् । सर्वप्रथम यसलाई विश्वयुद्धमा न्युरोटाFक्सिनको रूपमा १९३० मा विकास गरिएको थियो । यस विषलाई किन पहिलो चुनियो भने यो कृषिमा विभिन्न कीरा मार्ने, घरमा लामखुट्टे, साङ्लो र मुसा मार्न खोजिएको विषालु कीटानाशक, मलेरिया उन्मुलनमा प्रयोग हुने डिडिटी, घरमा उपियाँ–उडुस मार्ने डाल्फ,करेसामा छर्ने मेलाथियोन आदि यही अर्गेनोफस्फोरस हुन् र सजिलै आत्महत्या वा हत्याको लागि उपलब्ध हुन्छ ।

सल्सफास यसै ग्रुपको एउटा अति शक्तिशाली रसायन गहुँ आदिमा राखिन्छ । जसरी फिनाइलको एउटा गोली पनि दराजमा राख्दा कपडा र किताब खाने एउटा पनि कीडा लाग्दैन । त्यस्तै एउटा सल्फासको गोली गहुँ वा अन्य अन्नमा राखेपछि घुन आदि लाग्दैन । यही सल्फास खाएर धेरैजना मरेको मैले अस्पतालमा देखेको छु । हाम्रो देशमा यो अर्गेनोफस्फोरस १९५१ मा प्रवेश गरेको हो । १९५८ मा मान्छेलाई यसको विषालु प्रभाव तब थाहा भयो जब कर्नाटकमा एउटा पूmड प्वाजनिंग घटनामा १०० भन्दा बढी मानिस प्रभावित हुन पुगे जुन एउटा गोदाममा पीठो र चिनीको साथै फोलिडालको पैकेट पनि राखिएको थियो । फोलिडाल चुहिएर पीठो र चिनीमा मिसिन पुग्यो ।

अर्गेनोफस्फोरस सास, छाला, मुख वा नसाबाट शरीरमा प्रवेश गर्न गराउन सकिन्छ । यसको मतलब छालाबाट पनि यो अवशोषित हुन्छ । त्यसैले डिडिटी छर्ने मानिसले गमबुट र ग्लोब्सहरू लगाउँछन् । नसाबाट पनि यसलाई लिन सकिन्छ । यसले मांसपेशी र नर्भको जहाँ जोड हुन्छ, त्यस गैंगलियोनमा काम गरेर कोलिन इस्टरेजलाई नष्ट पारिदिन्छ । कोलिनइस्टरेजले एसिटाइलकोलिनलाई नष्ट गर्छ जुन अब हुन सक्दैन । परिणामस्वरूप एसिटाइलकोलिन थुप्रिंदै जान्छ र विषाक्त बन्छ । अर्गेनोफस्फोरसको सारा विषाक्तता यही कारणले हुन्छ जसलाई निम्न एक्सनको रूपमा जानिन्छ ः मसकेरिनजस्तो एक्शन ः मस्केरिन ढुसी वा मशरूममा पाइने एउटा रसायन हो जसको एक्शनलाई अरू रसायनको लागि स्टेन्डर बनाइएको छ जसको एक्सन सेन्ट्रल र पेरिफेरल नर्भ दुवैद्वारा प्रगट हुन्छ । त्यस्तो एक्शनलाई मस्केरिनिक एक्शन भनिन्छ । अटोनाोमिक नर्भस सिस्टमको दुई भाग हुन्छ, एक पारासिम्पेथेटिक जसले आरामको अवस्थालाई कन्ट्रोल गर्छ र दुई, सिम्पेथेटिक जसले कामको अवस्थालाई कन्ट्रोल गर्छ । अर्गेनोफस्फोरसको मस्केरिनिक एक्शनमा पारासिम्पेथेटिक पोस्टगैंगलियोनिक कोलिनर्जिक तन्तुद्वारा : भोकमा कमी, वाकवाकी, बान्ता, पेट बटारिने र दुःखाइ, पसीना आउने, ¥याल बढाउने, श्वFसनलीमा सङ्कुचन गराउने र स्राव बढाउने, आँखाको नानी सङ्कुचित पार्ने, दृष्टिमा गडबडी र सायनोसिस आदि हुन्छ ।

सायनोसिस त्यसलाई भनिन्छ, जब रगतमा धेरै कम आक्सिजन हुन्छ रगत नीलो बन्छ जसले ओंठ, छाला र अनुहार नीलो देखिन्छ । निकोटिनजस्तो एक्शन ः सुर्तीमा निकोटिन पाइन्छ । यसले जुन काम स्नायु माथि गर्छ त्यसलाई निकोटिनिक एक्शन भनिन्छ जसको प्रभाव केवल पेरिफेरल नर्भ सम्म सीमित हुन्छ । यस एक्शनले अर्गेनोफस्फोरले सिम्पेथेटिक पारागैंगलियोनिक तन्तुको उत्तेजनाद्वारा ः लकवा, अर्बिकुलरीस ओकुलाई, लिभेटर पल्पेब्री र रेक्टाई नामक आँखाका मांसपेशीको फैसिकुलेशन र फिब्रिलेशन गर्छ । फेसिकुलेशनको मतलब धेरै सानो रूपमा मांसपेशी फड्कनु हो जसलाई आँखा फड्केको रूपमा सबैले महसूस गरेको हुनुपर्छ । फिब्रिलेशनको मतलब के ? मांसपेशीका तन्तुहरू आपसी सहयोगमा एक साथ सङ्कुचित हुन्छ वा फैलिन्छ । जब यही एक साथ हुँदैन र बेग्लाबेग्लै सङ्कुचित वा फैलिन्छ तब मांशपेशीको काम अनियमित भएर जान्छ । हृदयको मांसपेशीमा यो परिलक्षित हुन्छ । यसले हृदयको धडकन अनियमित, कमजोर र सामान्यभन्दा बढी हुन्छ । यसको अतिरिक्त अर्गेनोफस्फोरसले सासको तेज गति र मल वा मुत्रद्वारलाई रिलेक्स गरिदिन्छ । यसको प्रभावले केन्द्रीय स्नायुमा ः चक्कर आउने, बेचैनी, ट्रेमर, एटेक्सिया (लरबराउनु), डिसओरियेन्टेशन (शरीर स्थिर राख्न नसक्नु) , कोमा र मृत्युसमेत हुने गर्छ । ब्लड प्रोफाइरिन्युरिया ः आँसु ग्रन्थिमा प्रोफाइरिन पिगमेन्ट जम्मा हुँदा रातो आँसु आउँछ । यी आधारमा अर्गेनोफस्फोरसको लक्षण ठम्याउन गा¥हो हुँदैन ।

मृत्यु नै हुन सक्ने खुराक : विषको प्रकार अनुसार नसाबाट ५ मिलिग्राम र मुखबाट २५ देखि ५० मिलिग्राम मृत्यु गराउने कारक बन्छ । त्यस्तै मृत्यु हुने अवधि साढे एकदेखि ३ घण्टा हुन्छ । जसको मृत्यु हुँदैन उसमा अर्गेनो फस्फोरसको असर ३० घण्टासम्म रहन्छ र ४८ देखि ७२ घण्टामा असर समाप्त हुन्छ तर कहिलेकाहीं ३ सप्ताह सम्म चल्छ ।

अर्गेनोफस्फोरस विषाक्ततामा मृत्यु एसफिक्सियाले मतलब रगतमा आक्सिजनको मात्रा धेरै कम हुन गएर हुन्छ र मृत्यु पछि अनुहारको कन्जेशन हुन्छ । कन्जेशन टिस्सुमा अत्यधिक रगत जमा भएको स्थितिलाई भनिन्छ । मुख, नाकमा रगत मिसिएको फिंज, फोक्सो सुन्निने, एकदम नरम हृदय, अमाशय रातो र म्युकोसा रगत लिएको हुनुको साथै आन्द्रामा पनि रगत जम्मा हुने हुनाले कन्जेस्टेड देखिन्छ । ब्रेनमा पनि रगतको थोपा देखिन्छ जसलाई पेटेचियल हेमोरेज भनिन्छ ।

उपचारमा रोगी अस्पतालमा आउने बित्तिकै सेलाइन लगाइदिने त नियम नै हो, जसबाट पोषणको साथै एन्टिडोट र अन्य ओषधि दिन सकियोस् । जसै पत्ता लाग्छ कि रोगीले अर्गेनोफस्फोरस खाएको छ, जसको सूचना रोगीको मानिसबाट सोधेर वा सँगै ल्याएको शिशी वा पैकेटबाट पत्ता लाग्छ, तुरून्त उपचार र जाँच शुरू गरिदिनुपर्छ । पहिले सक्सन मेशीन चालू गरेर मुखको फिज हटाउनु पर्छ जसले एस्पिरेशन निमोनिया नहोस् । त्यसपछि गेस्ट्रिक लभाजले २ प्रतिशत पोटासियम परमैग्नेट वा ३० ग्राम सोडियम सल्फेट दिएर पेट सफा गरिन्छ । अर्गेनोफस्फोरसको कम्तिमा दुईटा एन्टिडोट छ : एट्रोपिन र प्राल्डोक्सिम जसले सीधै विषको असर उल्टाइदिन्छ । त्यो प्रयोग गर्दा आक्सिजन अवश्य दिनुपर्छ अन्यथा दिनुहुँदैन । यसको खुराक विषको असर कडा, मध्यम वा हलुका के छ त्यसको आधारमा तय गरिन्छ । पहिले १ एम्फल एट्रोपिनको सुई दिइन्छ । कडा खाले छ भने आँखाको नानी पिनप्वाईंट हुन्छ । एट्रोपिन दिएपछि त्यो फैलिन थाल्छ र हृदयको धडकन बढ्न थाल्छ । जसै आँखाको नानी पूरा फैलिन्छ अथवा हृदयको धडकन १६० पुग्छ, एट्रोपिन बन्द गरिदिनुपर्छ अन्यथा एट्रोपिन स्वयं पनि विष भएकोले त्यसको विषाक्तता शुरू हुन्छ ।

एट्रोपिन केही अन्तरालमा दिइन्छ तर कुनै पनि हालतमा यो ५० मिलिग्राम भन्दा बढी हुनुहुँदैन । कडा रूपमा २ देखि ६ मिलिग्राम पहिेले मासुमा वा नसाबाट र त्यसपछि २ मिलि मासुमा १० मिनटको अन्तरालमा दिइन्छ । मध्यमरूपमा २ देखि ४ मिलिग्रम मासु वा नसाबाट र २ देखि ८ मिलिग्राम १० मिनटपछि मासुमा दिइन्छ । हलुकारूपमा २ मिलिग्राम र त्यति नै २० मिनटपछि मांसपेशीमा दिए पुग्छ । दोस्रो एटिडोट प्राल्डोक्सिम हो जसलाई ३० देखि ४० मिलिग्राम प्रतिकिलो वजनको अनुसार ३० मिनटसम्म ड्रिपमा दिइन्छ र आवश्यक भए ६ देखि ८ घण्टा पछि फेरि दोहो¥याइन्छ । साथै रेनलफंक्शन टेस्ट गरिराख्नुपर्छ किनभने यो पिसाबबाट नै बाहिर निस्कन्छ । आक्सिजन जारी राख्नुपर्छ । आवश्यकता अनुसार कृत्रिम श्वास पनि जरूरी हुन्छ । सक्सन त सबैभन्दा बढी जरूरी हुन्छ । यदि सिक्रिशन यति बढी छ कि श्वास नली नै बन्द हुन पुगेको छ भने ट्रेकियोस्टोमी गर्नुपर्छ । डिहाइड्रेशन र इलेक्ट्रोलाइट असन्तुलनलाई र साकको उचित बन्दोबस्त गरिराख्नुपर्छ । छटपटी छ भने डाइजेपाम दिने गरिन्छ ।

मार्फिन वा एमाइनोफाइलिन यहाँ वर्जित छ । पूरै रिकभरीको लागि २ देखि ३ महीना लाग्छ । यस कारण के देखिन्छ भने बिरामी डिस्चार्ज भएर घर गएको १० दिनपछि उसको अचानक मृत्युसमेत भयेको देखियेको छ । बिमारी ठीक भयो भन्ने भ्रमयुक्त लापरवाहीको परिणाम हो यो । यस्तो खतरनाक हुन्छ अर्गेनोफस्फोरसको विषाक्तता । रोकथामको लागि औषधि छर्नेले ग्लोभ्स र बुट त लगाउनुपर्छ नै, त्यस अवधि भरि खाना पनि खानुहुँदैन । त्यस्तै धेरै घण्टासम्म एउटै मान्छेले स्प्रे पनि गर्नुहुँदैन । पूरै रिकभरी हुन ३ महीना लाग्ने हुनाले हरेक १०/१५ दिनमा कोलिनइस्टरेजको जाँच गरी त्यस अनुसार पाइला चाल्नुपर्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here