समय बलवान हे हरि

डा शिवशङ्कर यादव

झुनझुुनपुरमा चित्रगुप्तका पुजारी तीन कायस्थ परिवारको बसोवास थियो । भनिन्छ कि शिवनगरबाट बसाइँ सरेर आप्mनो कलमको जादूले जागीर पाएका थिए । जागीरदार थिए लीलामणि । अर्थात् लीलामणि झुनझुनपुरका जमीनदार थिए । उनी राजधानीमैं बस्थे । तीनै कायस्थ परिवार उनका पटवारी थिए । उनीहरूको नाम हरनारायण, शिवनारायण र नरनारायण थियो । हरनारायणकी पहिलो स्वास्नीबाट पाँच छोरी र दोस्रीबाट चार भाइ छोरा थिए । शिवनारायणका छ भाइ छोरा थिए । नरनारायणका सन्तानबारे गाउँलेहरूलाई केही थाहा थिएन । यो कथा यिनै नारायणहरूको हो ।

पहाडी–मधेसीको कस्तो सुन्दर मेल छ हरनारायण बाबाको घरमा ? यदि आज उनी जीवित हुन्थे र उनको धनसम्पत्ति अन्तध्र्यान नभएको भए उनका छोराहरूको बिल्लबाठ लाग्ने थिएन । उनका जेठा छोरा भन्छ ः नोट उड्छ, समात्ने कला चाहिन्छ । ऊ कडकड नोट चटाइमा बिछायेर सुत्ने गथ्र्यो । पछि नोट उडेर गयो । नोट त समात्ने गर्थे हरनारायण बाबा । जब उनी शिवनगरबाट झुनझुनपुर आए, तब लीलामणिको पटवारीगिरीमा यति नोट समाते कि जमीनको पुलिन्दा बनाए । नोट समात्दासमात्दै एउटी गोंड केटीलाई पनि समाते । जब गाउँलेहरूले उनलाई काट्न भनेर भाला–गडाँस लिएर निस्के, तब उनले एक छोराकी आमा ती गोंड महिलालाई पत्नी स्वीकार गरे । अब यी मैथिली कायस्थको घरमा ठेट भोजपुरी छोराहरू पैदा हुन थाले । प्रथम स्वास्नीबाट छोरी मात्र थिए । उनको लागि राम्रै भयो । बुढ्यौलीको सहारा मिल्यो । तर सबैभन्दा बढी सहारा त त्यस गोंड केटीलाई मिल्यो । घोन्सार छोडेर राजकाज चलाउन थालिन् । माइतीमैं जमीनदारिन बनिन् । उनको नाम दुखनी थियो ।

२००७ सालपछि हरनारायण बाबाको घरमा ग्रह प्रवेश ग¥यो । । दस्तुरी पाउन बन्द भइसकेको थियो । २०१७ सालपछि त राहुकै प्रकोप आइलाग्यो । भूमिसुधार लागू भएपछि चारैतिर भागमभाग मच्यो । सबैले खेत मोही लेखाए । बचेकोमा लीलामणिको अधिकार थियो । जे थोरै बच्यो, त्यसैमा हरनारायण बाबाले गुजारा चलाउन थाले । गोलभेंडा र दूध त धनरूपसँग मागेर खान्थे र चिया पनि । तर रक्सी ? रक्सी कसले देओस् ? अतः शहरमा जे जति जग्गा थियो, रक्सीको एक/एक बोतलको मूल्यमा अरूको नाममा लेख्दै गए । अब त्यहाँ एक कट्ठा मात्र छ, जसमा उनका र शिवनारायणका छोराहरू मैनियाझोंझ गर्छन् । यस मैनियाझोंझमा फाइदा भने उनकी बहिनीको छोरा सञ्जयले उठाइरहेको छ ।

एक दिन तीनैजना हरनारायण, शिवनारायण र नरनारायण रक्सी खाएर गाउँ फर्किरहेका थिए । रक्सीको झोंकमा नरनारायणको धक्का लागेर हरनारायण बाबा धनरूपको गोबरको मानमा पछारिए । गोबरको मान गहिरो थियो । चश्मा कतै उछिटियो । उनको आँखाले देख्न छाड्यो । यसरी शहरबाट गाउँ फर्कंदा नित्य यस्तो महाभारत दोहोरिन थाल्यो ।

एक दिन हरनारायण बाबा चुपचाप संसारबाट बिदा भए । आप्mना सन्तानलाई केही नबताइकनै । शिवनारायणको एउटा छोरा बहादुरजी गाउँमैं बस्थ्यो । उसले पनि केही सोध्न सकेन । एक दिन शिवनारायण सात वर्षको नातिका लागि लड्डु लिएर आए । नातिले रक्सीबाजको नकल गरेर जिस्काइदियो । उनले लड्डुले हाने । लड्डु त इनारमा खस्यो र आपूm भने लडे । फेरि बोल्न सकेनन् ।

अब बहादुरको बिल्लबाठ लाग्यो । उनका पाँच दाइभाइ हिन्दुस्तानका अलगअलग शहरमा बस्छन् । १४ वर्षका थिए, त्यसपछि उनीहरूलाई गाउँका कसैले देखेका छैनन् । देखिने बहादुर मात्र थिए, एक दिन उनले पनि बोरियाबिस्तर गोल गरे । भनिन्छ, अब आप्mनो पुस्तैनी गाउँमा बस्छन् । कहिलेकाहीं जमीन नेताजीको नाममा उतार्न गाउँ आउँछन् । शहरमा सहीछाप लगाउनुपर्छ । अब त्यो आवतजावत पनि समाप्त भएको छ । बोरियाबिस्तर त हरनारायण बाबाको छोरा लम्बोदरले पनि गोल गरिसकेको छ ।

लम्बोदरले एकजना सन्न्यासीलाई समातेर ल्याए । सन्न्यासी भन्थे– माछाबाट सुन बनाइदिन्छु । माछा सडेर कीरा पर्न थालेपछि मेरो तन्त्रमन्त्रको बलले कीरा सबै सुनमा परिवर्तित हुन्छन् । खूब हलुवापुडी खाए । तीन महीनासम्म हलुवापुडी खाएर एक दिन चुपचाप बोरियाबिस्तर गोल गरे । लम्बोदर अब केही बढी बोल्न थालेका थिए । मान्छेलाई समातेर नोट देखाउँथे र त्यसलाई समात भन्थे । उ हेर, नोट गइरहेको छ । म त्यसमा चाक राखेर सुत्ने गर्थे, त्यसैले मकहाँ आउँदैन । उ हेर त, नेताजीको घरमा गइरहेको छ । उसलाई राँची मानसिक अस्पताल लान खोजियो तर उनी राँची नगएर काठमाडौं गए । इलाजको लागि होइन, काम खोज्न । त्यही एकजना पहाडे महिलासँग बिहे गरे । स्वास्नी झगडालू, कहिलेकाहीं गोर्खाली रगत उम्लेर आउने । पछि बालबच्चा भए । यसरी मैथिली, भोजपुरी र पहाडी नश्लबाट नेपालमा एउटा नयाँ कौम बनेको छ, जसमा मधेसिया र पहाडियाको कुनै भेदभाव छैन ।

भेदभाव त देवेशकहाँ पनि छैन । यो लम्बोदरको सबैभन्दा कान्छो भाइ हो । सबैभन्दा खुशहाल यही छ । बुबा मरेपछि सबैभन्दा दुःख यसैले उठायो । पछि काठमाडौं गयो र सबैभन्दा सुशील पहाडिनी पायो । देवेश रेडियो मिस्त्री हो, टिभी पनि बनाउँछ । स्वास्नी स्वेटर बुन्छे । दुवैको आम्दानीले परिवार खुशहाल छ । देवेशले नोट समात्ने कुरा गर्दैनथ्यो । तर बिचरो बिल्कुल बुबाजस्तो भयो । खाली छोरी नै छोरी । ऊ कुन गोडिन खोज्न जाओस् ? त्यो जमाना नै अर्को थियो ।

माहिलो पर्वतेशका लागि हरनारायण बाबाले जमीनदार घरानाबाट बुहारी ल्याए । पर्वतेश–बहु निकै कडकिला थिई । पर्वतेशसँग झगडा प¥यो कि पर्वतेशलाई देखाएर सिउँदोको सिन्दूर पखालेर चुल्होबाट कोइला झिकेर लगाउँथी । एक दिन कुनै जन्तीबाट फर्केपछि पर्वतेश छाद्न थाल्यो र उसको प्राणान्त भयो ।

त्यसपछि जमीनदारकी छोरीले जीविकाको लागि नर्स बन्नुप¥यो । तर हरनारायणको छोरा राजाराम धेरै सोझो मान्छे । डाक्टरी उपचारले जब उसको टिबी रोग ठीक भयो, तब मात्र उसमा केही जाँगर फर्केर आयो । दुईटा फैक्ट्रीमा काम गरेर पेट पाल्छ र बच्चाहरूलाई पढाउँछ पनि । उसका मात्र वंशज गाउँमा छ । बFँकीलाई नियतिले अन्यत्र लग्यो ।