मोरक्कोमा भूकम्पबाट करीब अढाई हजार व्यक्तिको मृत्यु भइसकेको छ भने मृतकको सङ्ख्या लगातार बढ्दै छ । भीषण प्राकृतिक विपत्तिपछि त्यहाँका अधिकारीहरूले सिसिटिभी फुटेजको समीक्षा गर्ने क्रममा अनौठो प्रकाश देखेका छन् । शक्तिशाली भूकम्पको लगभग तीन मिनेट पहिले शहरका केही घरबाट लिइएको सिसिटिभीमा आकाशमा नीलो प्रकाशको विस्फोट कैद गरिएको छ । यस घटनाको कारण रहस्यमय छ ।

टर्कीमा गएको भूकम्पभन्दा पहिले पनि प्रकाशको यस्तो चमक देखिएको थियो । यस वर्षको सुरुआतमा टर्कीमा आएको विनाशकारी भूकम्पमा ४५ हजार व्यक्तिको मृत्यु भएका थियो ।

मोरक्कोमा भूकम्पभन्दा पहिले देखिएको नीलो प्रकाशबारे भनिन्छ यो चमक टेक्टोनिक दबाब, वरपरको क्षेत्रमा भूकम्पीय गतिविधि वा ज्वालामुखी विस्फोटसँग सम्बन्धित हुन सक्छ । यद्यपि यस अनौठो घटनाको सटीक कारण अहिलेसम्म वैज्ञानिकरूपले स्थापित गर्न सकेका छैनन् ।

जापान, चीन र इटलीमा पनि भूकम्पको दौरान यस प्रकारको चमक देखिएको छ । यस्तो चमक प्रायः भूकम्पीय गतिविधि वा खगोलीय घटनासँग सम्बन्धित हुन्छ । यो हरेक समय प्रकट हुँदैन तर भूकम्पको समय र माथिल्लो केन्द्रको निकटतामा देखिन्छ, जहाँ टेक्टोनिक दबाब सबैभन्दा स्पष्ट हुन्छ । क्यामरामा कैद भूकम्पको प्रकाशको पहिलो रेकर्ड गरिएको उदाहरण सन् १९६५ मा जापानमा भूकम्पको दौरान देखिएको थियो । त्यसपछि सन् २००८ मा चीन, सन् २००९ मा इटली र सन् २०१७ मा मेक्सिकोमा यस प्रकारको घटना देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here