• कुमारबन्धु रुपाखेती
पर्सा जिल्लामा कुनै ठूलो गाईभैंसी फार्म छैन । सयौंको बथानमा गाईभैंसी पालेर दूध बेचेर जीवन निर्वाह गर्ने एउटा पनि कृषक यहाँ भेटिंदैन । बरु माछापालन गर्नेहरू देखिएका छन् । यस्तै कारणहरूले गर्दा करीब चार दशक अघिसम्म भारत, बिहारको ढेङबाट कन्टेनरमा दूध ल्याएर वीरगंजमा बेच्नेहरूको बोलबाला थियो । कालान्तरमा हेटौंडा दूग्ध डेरी संस्थानको प्याकेटवाला दूधले ढेड्ढो दूधलाई विस्थापित ग¥यो । अहिले वीरगंज महानगरमा थरीथरीका रङ्गबिरङ्गी प्याकेटमा दूध पाइन्छ । क्रमशः दूधको खपत बढ्न थालेपछि अचेल गाईभैंसीको शुद्ध दूध बेच्ने थुप्रै पसल र स्टल वीरगंजमा धडल्लेले खुलेको पाइन्छ । जब वीरगंज र पर्सा जिल्लामैं ठूलो गाईपालन र भैंसीपालन सञ्चालनमा छैन भने दूधस्टल र पसलहरूले यति ठूलो सङ्ख्यामा कहाँबाट गाईभैंसीको शुद्ध दूध ल्याएर उपभोक्तालाई बेचिरहेका छन् भन्ने गहन प्रश्न उठ्न थालेको छ ।
प्रतिलिटर रु १०० मा पाइने यस्तो दूध गाईभैंसीकै हो कि होइन भनी सरोकारवालाहरूले सोधखोज गर्ने बेला भएको देखिन्छ । गाईभैंसीको शुद्ध दूध भनी पसलेले बेच्ने यी दूध तताउँदा दूध उम्लिनु अघि भट्भट् आवाज आउने, खरीद गर्दा दूध पूरै चीसो भएको हुने, सेवन गर्दा कहिले चिनी हालेझै गुलियो हुने, कहिले खल्लो र बेस्वादको हुने, उमाल्दा फाट्ने र स्वाद पनि गाईभैंसीको दूधजस्तो नलाग्ने उपभोक्ताहरूको अनुभव सुनिन्छ । वीरगंजमा गाईभैंसीको दूध भनेर बेच्ने करीब १०० वटा पसल छन् । यत्रो ठूलो सङ्ख्याका पसलहरूलाई गाईभैंसीको दूध उपलब्ध गराउने कुुनै फर्म अथवा गाईभैंसीपालक जिल्लामा छैन । अनि कसरी र कहाँबाट यी पसलहरूले मनग्गे दूध पाइरहेका छन् ?
अस्ति एकजना उपभोक्ताले दूध अलि बढी तताउँदा भाँडामा रहेको दूधको तल्लो भाग पूरै कालो भै डढेको र माथिको भाग पातलो सेतो पानी मात्र थियो रे १ भन्न खोजिएको के हो भने तताएपछि गाईभैसीको नभई पूर्णतः पाउडरबाट बनेको देखियो । अधिंकाश गाईभैंसीको भनेर बेचिने यस्ता दूधहरूमा अत्यधिक पाउडर मिलाइएको (त्यो पाउडर पनि खान हुने वा नहुने) अन्य बेसरोकारका, दूषित पानी मिलाएर बनाएको हो कि भन्ने शङ्का, उपशङ्का लाग्नु स्वभाविकै हो । प्रतिलिटर रु १०० मा पाइने यस्ता दूधको चमक र तेज पनि शुद्ध गाईभैंसीको दूधभन्दा कम, सेतोपनाको सट्टा तताउँदा अलि अलि कालोपना आउने गर्दछ । कतिपयले यस्ता दूधहरू दैनिक जम्मा गरिएको छाली (तर) बाट बनाएको घ्यूमा समेत घ्यूको सुगन्ध नहुने बताउँछन् । कहिले एकदम मोटो छाली लाग्ने, कहिले छाली नै नलाग्ने यी दूधको अनौठो विशेषता दिनहुँ अनुभव गरिन्छ । वीरगंजका सयौ पसलमा यस्ता दूधहरू लिएर एकाबिहानै पुग्ने विशाल ढुवानी साधन कहिल्यै कसैले देखेको जानकारी छैन । एकाबिहानै वीरगंजको सडकमा हेटौंडा दूग्ध संस्थान आदि प्याकेटका दूध बेच्ने गाडीहरू मात्र देखिन्छन् ।
खुला गाईभैंसीको शुद्ध दूध बेच्ने यस्ता पसलहरूले यस्ता गाडीबाट खुला दूध झारेको पनि देखिदैन । एकताका भारतका ठूला शहर र महानगरहरूमा विभिन्न रसायन मिलाएर घोल बनाएर दूधको रङ्गरूपमा ल्याएर बिक्री गर्ने र समातिएको समाचारहरू प्रकाशनमा आएका थिए । त्यताबाट विस्थापितहरू कतै यता आएर त्यस्तै धन्धामा सरिक त छैनन् भन्ने शङ्का लाग्नु स्वाभाविक हो । शुद्ध गाईभैंसीको दूधको नाममा कतै हामी र हाम्रा सन्तानले नक्कली र कृत्रिम दूध र मन्दविष त पिइरहेका छैनौं भन्ने प्रश्न उठ्न थालेको छ ।
नेपाल सरकारबाट कृषि र पशुपालनको अनुदानको नाममा वर्षेनि अर्बौं रुपियाँ कृषकलाई वितरण गर्ने नाममा नक्कली कृषक अर्थात् आसेपासे र कार्यकर्ताहरूले ठगिरहेको, दुरुपयोग भएको सुन्दै आइएको हो । सरकारका यस्ता प्रचारमुखी कार्यले गर्दा पनि उपभोक्ताले गुणहीन दूध र दूधबाट बनेका पदार्थ सेवन गर्नुपरेको र सेतो दूधको नाममा कालो दूधका कारोबारीहरू हौसिएका हुन सक्छन् । यस्ता दूधको दैनिक सेवनले हामी स्वस्थ र तन्दुरूस्त हुनुको सट्टा विभिन्न रोगको शिकार हुने हो कि भन्ने भय सिर्जना भएको छ ।
प्याजः भारत सरकारले, प्याजमा आत्मनिर्भर नभएसम्म मुलुकबाहिर प्याज नपठाउने भएपछि एकाएक नेपालमा प्याजको मूल्यमा बेतहासा वृद्धि भएको छ । आलु र प्याज गरीबको भान्छाको सदाबहार तरकारी हो भने यी दुई चीज धनाढ्यहरूको भान्साको पनि शोभा हुन् । भारत सरकारले सन् २०२८ सम्म प्याजमा निर्भर हुने आशा गरेको छ ।
२०२४ को निर्वाचन अघि उपभोग्य वस्तुको अभाव नहोस् र मूल्य स्थिर रहोस् भनेर भारतीय शासकवर्गले यो चाल चलेको हो भन्ने अरोप पनि लागेको छ । ‘स्याल कराउनु र कुखुरा हराउनु’ भनेझै नेपाल सरकारले प्याजमा समेत हुम्चाएर राजस्व लगाउनु, भारतले बाहिर पठाउन रोक लगाउनु संयोग मात्र होइन भन्ने पनि थुप्रै छन् ।
धान, चामल, चिनी, आलु, प्याज जस्ता सस्तामस्ता चीजहरूमा समेत हामी भारतमा आश्रित छौं । उताबाट चलखेल हुनासाथ यता मूल्यवृद्धि भइहाल्छ । हाम्रा सुरक्षाकर्मीहरूले समेत बहादुरीका साथ अवैध आलु, प्याज समातेर कारनामा देखाउँछन् । चाल्र्स शोभराजले नेपालको भन्सारबाट हात्ती छिराउन सकिन्छ भन्थे । त्रिभुवन विमानस्थलबाट हात्ती छिरे नछिरेको त थाहा भएन तर वीरगंज नाका भएर थुप्रै घरपालुवा हात्ती भारत छिराएर बेचियो । आर्थिक मन्दी, पर्यटकको कमी आदि कारणले थलिएका नाकाबाट गोप्यरूपमा भारत छिराएर बेचबिखन गरे । भैंसी राँगाको तस्करी देख्ने, पक्रने सुरक्षाकर्मीहरूले भीमकाय घरपालुवा हात्ती अवैधरूपमा सीमा पार गराएको थाहै पाएनन् । नेपाल सरकारले त कृषकहरूको सहुलियतका खातिर थुप्रै काम गरेको फोस्रो प्रचार गर्छ, कृषिप्रधान देश भन्छ । तर कृषि पेशाबाट यहाँ न कृषकले पेट पाल्न सक्छ, न बजारमा उचित मूल्य पाउँछ । बिचौलिया र राजनैतिक कार्यकर्ताहरूले बीचमा आराम फरमाउँछन् । सीमा क्षेत्रबाट तस्करी भइआउने कृषि उपजले यहाँको बजार धानेको प्रस्टै देखिन्छ । जतिसुकै दुःख–दर्द भए पनि हामी आप्mनो धर्म छाड्दैनौं ।
अयोध्यामा राममन्दिर उद्घाटन अघि वीरगंजमा पसल, घरहरूमा रामको ब्यानर लगाइएको छ । मेनरोडमा तुल नझुन्डिएको घर छैन । यो देख्दा मलाई पञ्चायतकालीन राजाको जन्मोत्सव याद आयो । त्यतिखेर जन्मदिनमा घर, पसलमा यस्तै ध्वजापताका देखिन्थे । त्यतिखेर सूर्यचन्द्र अङ्कित झन्डा पनि देखिन्थे । अस्ति ज्ञानेन्द्र शाह बाराको गढीमाई मन्दिर दर्शन गर्न जाँदा, मन्दिर वरपर गाउँलेले राजाको जयजयकारको ब्यानर झुन्ड्याएका थिए । बारा प्रशासनले सबै उखेलेर लगेछ । सन १९८४ मा इन्दिरा गाँधीको हत्या हुँदा आदर्शनगर क्षेत्रका पसलहरू व्यापारीले मनपर्दी बन्द गर्दा स्थानीय अञ्चलाधीशले खोलाएका थिए । समयको खेल, त्यो १९८४ र यो २०२४ अजब नेपाल गजब भनेकै यही हो, कतै अभिनन्दनको तयारी, कतै तुल ब्यानर नोचेर फाल्ने अभियान । दुहाइ हो सरकार !
राम–रामः अहिले भारतमा खासगरी बिहार, युपीतिरको माहौल राममय बनाइएको छ । त्यसो त भारत र नेपालतर्पm दिनदिनै कुनै न कुनै नवनिर्मित मन्दिरमा प्राणप्रतिष्ठाको कार्यक्रम विनाप्रचार, विनातामझाम गुपचुप चलिरहन्छ । तर अयोध्याको राम मन्दिरको बेग्लै कथा बनाइएको छ । अब हेर्नुस् न अस्ति चलनचल्ती कि हिरोइन करीना कपूर र रामायण सिरियलकी सीता अर्थात् दीपिकाबीच धर्मकर्मलाई लिएर निकै तल्लो श्रेणीको घोचपेंच भयो । करीनाले करवाचौथ व्रतले पतिहरूको आयु बढ्ने भन्नु बकम्फुसे कुरा हो भनिन् । जवाफमा सीता (दीपिका)ले रखैलहरूलाई करवा चौथको महŒव के थाहा भनिन् । स्मरणीय छ, वीरगंजमा दुर्ई व्यापारीलाई झै रामायण सिरियलका रामसीतालाई अयोध्या प्राणप्रतिष्ठा कार्यक्रममा निमन्त्रण गरिएकोमा गुमनाम दीपिका (सीता)को फोस्रो तुजुक बढेको छ रे । हिन्दीमा एउटा भनाइ छ ‘मजहब जब दिल से निकल कर दिमाग में चला जाए तो जहर बन जाता है’ रे । रामराम सीताले यस्तो के बोलेको भन्ने पनि छन् । कलियुगी सीता ?
पर्सामा नयाँ एमालेः पहिलेपहिले कम्युनिस्ट पार्टीको सदस्यता पाउन एकदमै गा¥हो थियो । झन् २०४४, २०४५ सालतिर धेरैका लागि एमालेको सदस्यता आकाशको फल आँखा तरि मरझैं थियो । त्यतिखेर पर्सा जिल्लामा समेत एमालेको निकै चमकदमक थियो । चानचुनेले यहाँ एमाले बन्न निकै पापड बेल्नुपथ्र्याे ।
पर्सा जिल्लामा एमाले भन्नेबित्तिकै त्यतिखेर (२०४६ सालतिर) दामोदर शर्मा, रामबाबु कार्की, विजय सिलवाल, चिरञ्जीवी आचार्य, रामचन्द्र साह, नागेन्द्र चौधरी, बालगोपाल थापा, हरि अधिकारी, नजरमान, उदयराज पाण्डे आदिको अनुहार देखिन्थ्यो । केही पत्रकार मित्रहरू त अझै एमालेको मुकुण्डो भिरेर रोजीरोटी चलाएको देखिन्छ तर अहिले पर्सामा एमालेको पुरानो चिनारी पूरै फेरबदल भएको छ र सहुलियत दररेटमा पर्सामा एमाले बन्न सकिन्छ । अहिले पर्सा एमालेमा पुराना चेहरालाई विस्थापित गर्दै नयाँ–नयाँ चेहरा स्थापित भएका छन् । भनिन्छ, यिनले विनासङ्घर्ष एमाले बन्ने, पर्सा एमाले चलाउने सौभाग्य पाएका छन् त्यो पनि धेरै सस्तोमा । खैर एमाले सबैको पहुँचमा पुगेकोमा बधाई छ ।
हाम्रो लागि त बेल पाक्यो हर्ष न बिस्मात हो । अहिले पर्सा एमाले भन्नेबित्तिकै राजकुमार गुप्ता, बसरूद्दीन, विजय सरावगी, जालीम मियाँ, हरिनारायण रौनियार आदिको मुहार देखिन्छ । हिजोका एमाले र यी शिशु एमालेबीच आकाश–पतालको फरक चैं छ । हिजोका सर्वहाराहरू सङ्घर्षबाट खारिएर माक्र्सवाद बुझेर आएका थिए भने शिशु नवप्रवेशीहरू पूँजीवादी तरीकाबाट टिकाटार्थीको रूपमा अध्ययनविना चोरबाटोबाट छिरेका हुन् । नयाँ एमालेलाई पर्सामा यस्तै यस्तैको खाँचो छ रे । समाजमा धमाचौकडी मचाउन सक्ने ल्याकत भएका यस्ता थुप्रै हस्तीहरू समेत पर्सा एमालेमा हालीमुहाली चलाउन तम्तयार भई बसेका छन् रे ।
टिकटार्थ (टिकट पाउने आशार्थी) एमालेमा छिरेका र भविष्यमा छिर्ने योजनामा काम गरिरहेका नव कमरेडहरूमा मेरो घोडाको लगामसरह कै लाल सलाम छ । जनताको बहुदलीय जनवाद जिन्दाबाद !