लोहडी : कृषि सभ्यता एवं ऋतु परिवर्तनको पर्व

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

• जसपाल सिंह

लोहडी, उत्तरी भारतमा विशेष गरी पञ्जाब र हरियाणामा मनाइने प्रमुख पर्व हो, जुन जनवरी महीनाको १३ तारिखमा मनाइन्छ । यो पर्व रबीबालीको कटानी र नयाँ वर्षको सुरुआतसँग जोडिएको छ ।

लोहडी केवल धार्मिक पर्व मात्र नभई सामाजिक र सांस्कृतिकरूपमा पनि महŒवपूर्ण मानिन्छ । यो माघी, मकरसङ्क्रान्ति, घ्यू चाकु खाने दिनभन्दा एक दिनअगाडि मनाइन्छ ।

लोहडी पर्वको इतिहास, लोहडी पर्वको उत्पत्ति कृषि सभ्यतासँग सम्बन्धित छ । प्राचीन समयमा जब मानिसहरू कृषि कर्ममा निर्भर थिए, उनीहरूले शीतकालको अन्त्य र नयाँ बालीको स्वागतका लागि उत्सवको आयोजना गर्थे । लोहडी यसै परम्पराको निरन्तरता हो ।

यस पर्वको इतिहास लोकनायक दुल्ला भट्टीसँग पनि जोडिएको छ । दुल्ला भट्टीले मुगलकालमा गरीब किसानहरूको पक्षमा लड्दै उनीहरूलाई अत्याचारबाट जोगाएका थिए । विशेषगरी उनले अपह्त युवतीहरूको उद्धार गरी उनीहरूको सम्मानपूर्वक विवाह गराएका थिए । लोहडीको बेला गाइने “सुन्दर मुंदरिए हो १” भन्ने लोकगीतले दुल्ला भट्टीको साहस र दयाको सम्झना दिलाउँछ ।
लोहडी पर्वसँग जोडिएका विभिन्न कथाहरूमध्ये दुल्ला भट्टीको कथा सबैभन्दा चर्चित छ । उनी किसान र गरीबहरूका नायक मानिन्छन् । उनीबारे भनिन्छ कि उनले गरीब केटीहरूको उद्धार गरी उनीहरूको विवाह गराएका थिए ।

लोहडी कृषि पर्व हो, जसले किसानहरूलाई आफ्नो मेहनत र परिश्रमको सम्मान गर्न प्रेरणा दिन्छ । यो पर्व सौर्यचक्रको परिवर्तनसँग सम्बन्धित छ, जब सूर्य दक्षिणायनबाट उत्तरायनतर्फ गमन गर्छ । धार्मिक दृष्टिले पनि यस दिनलाई शुभ मानिन्छ, किनकि यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ ।

सामाजिकरूपमा लोहडीले परिवार र समुदायलाई एकताबद्ध बनाउँछ । आगोको वरिपरि जम्मा भएर नाचगान गर्नु र भोजको आयोजना गर्नु यस पर्वको विशेषता हो ।

लोहडी पर्वको प्रमुख विशेषता आगो प्रज्वलन हो । यसलाई पवित्र मानिन्छ र सूर्य तथा अग्निदेवको प्रतीकका रूपमा पूजा गरिन्छ । मानिसहरूले मकै, तिल, गुड, बदाम जस्ता वस्तुहरू अर्पण गरेर आभार प्रकट गर्छन् । लोहडीको राति खिचडी पकाएर भोलिपल्ट बिहान नतताएर चीसो खिचडी, घ्यू, चाकु, तिलको परिकार, मूला तथा दही खाने चलन छ ।

लोहडीको अर्को महŒवपूर्ण पक्ष लोकगीत र नृत्य हो । “सुन्दर मुंदरिए…” जस्ता गीत गाइन्छन्, र पुरुषहरू भाङ्गडा एवं महिलाहरू गिद्दा नृत्य गरेर उत्सव मनाउँछन् ।

यस पर्वमा विशेष परिकारहरू बनाइन्छन् । तिलका लड्डु, गुड, मकैको रोटी, तोरी (सस्र्यू)को साग आदिले पर्वको स्वाद र महŒवलाई बढाउँछ ।

लोहडी भारतको पञ्जाब, हरियाणा, दिल्ली, हिमाचल प्रदेशजस्ता ठाउँमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यी क्षेत्रका किसानहरूले लोहडीलाई नयाँ बालीको उत्सवका रूपमा मनाउँछन् ।

नेपालमा बसोबास गर्ने सिख, पञ्जाबी समुदायले लोहडी पर्वलाई आफ्नो परम्परागत शैलीमा मनाउँछन् । उनीहरूले धार्मिक क्रियाकलाप र सांस्कृतिक कार्यक्रम आयोजन गरेर पर्वको महŒवलाई उजागर गर्छन् । आजकल अन्य समुदायले पनि सिख तथा पञ्जाबी समुदायसँग मिलेर यो पर्व धूमधामका साथ उल्लासपूर्ण तरीकाले मनाउने गर्छन् ।

विश्वका विभिन्न भागमा बसोबास गर्ने सिख, पञ्जाबी समुदायले पनि लोहडी मनाउँछन् । यो पर्वले उनीहरूको सांस्कृतिक पहिचानलाई कायम राख्न सहयोग पु¥याउँछ ।

लोहडी पर्व आगोको पूजा गरेर साँझपख आगो बालेर वरिपरि परिवार र साथीभाइ भेला हुन्छन् ।
लोहडीले एकता, भाइचारा र परोपकारको सन्देश दिन्छ ।

गिद्दा, भाङ्गडा र लोकगीतले उत्सवलाई थप आकर्षक बनाउँछन् । लोहडी केवल एउटा पर्व होइन, यो संस्कार, संस्कृति र प्राकृतिक चक्रको उत्सव हो । यसले परिश्रम, प्रेम र एकताको महŒवलाई उजागर गर्छ । लोहडीले मानवता, प्रकृति र धर्मका मूल्य–मान्यताहरूलाई संरक्षण गर्दै समाजमा उमङ्ग र खुशी ल्याउने कार्य गर्छ । लोहडी पर्वको हार्दिक मङ्गलमय शुभकामना ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस