• सञ्जय साह मित्र

अयोध्यामा राममन्दिर बनाउनको लागि आन्दोलनहरू भएका हुन् । अनेक किसिमको आन्दोलन र योगदानको विषयमा अहिले निकै चर्चा भइरहेका छन् । यी सबैको आप्mनै महŒव होला तर हाम्रो समाजसम्म भने ती आन्दोलनको खासै प्रभाव परेको प्रत्यक्ष देखिएको वा सुनिएको विषयमा खासै विश्लेषण हुने गरेको छैन । यद्यपि रामको नामसित हाम्रो समाजको व्यापक सम्बन्ध रहेको छ । मुख्यगरी सामाजिक सञ्जाल सशक्त बनेदेखि र सर्वसाधारण ग्रामीण समुदायले नै उपयोग गर्न थालेदेखि धार्मिक फेसन वा वास्तविक प्रचार दुवै क्षेत्रमा यसले महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । कतिपयलाई पोस्ट गर्ने सोख हुन्छ भने कतिपयमा चाहिं हेर्ने प्रवृत्ति हुन्छ ।

ग्रामीण क्षेत्रका युवाहरूमा जे जस्तो प्रवृत्ति भए पनि घरमा बुबाआमा तथा आपूmभन्दा ठूलाका अगाडि धार्मिक रिल तथा सर्ट भिडियोहरू हेर्ने र देखाउने रहर राख्छन् । युवा बुहारीहरूले आप्mनी सासू तथा ससुरालाई पनि यसै प्रकृतिका भिडियो देखाउने प्रवृत्ति गाउँघरमा आम देखिन्छ । जब कुनै चाडपर्व आउँछ, त्यससित सम्बन्धित गीत, कथा तथा भिडियोहरू सासूआमाले बुहारीलाई खोज्न लगाएर हेर्ने तथा सुन्ने गर्दछन् । यसरी धार्मिक प्रवृत्ति तथा धार्मिक काज र अन्य सन्दर्भहरूमा त्यससित सम्बन्धित तीर्थ, पूजा, कथाहरू सुन्ने सुनाउने प्रवृत्तिले विस्तार पाएकै हो । सामाजिक सञ्जालबाट गाउँघरमा केही नकारात्मक प्रभाव परेको होला, तर यसरी धार्मिक काम वा कतिपय अवस्थामा धार्मिक फेसनको दृष्टिकोणले सामाजिक सञ्जालको उपयोग व्यापक भएको कुरामा दुई मत छैन ।

कुनै समय थियो जब पतञ्जलि र रामदेव स्वामीका प्रवचन र प्रचार आउँदा सामाजिक क्रान्ति आएको विश्वास गरिएको थियो । अहिले पनि आयुर्वेद र विभिन्न योगप्रति जुन आकर्षण छ, त्यसमा रामदेव–क्रान्तिको निकै ठूलो भूमिका छ । गत दुई दशकमा स्वामी रामदेवले गरेका अनेक प्रवचन र अनेक प्रचारले एकातिर स्वास्थ्य र दैनिकीमा जागरण ल्याएको छ भने अर्कोतिर हिन्दू मिथकप्रति लोक आस्थामा वृद्धि भएको छ । हरेक दिन लाखFैं परिवारमा रामदेवका प्रवचन सुन्ने र विभिन्न योग तथा व्यायाम गर्ने चलनको विकास भएको छ । रामदेवपछि अन्य विभिन्न योग गुरुहरूले पनि विभिन्न सञ्चारमाध्यममा यस्तै विधा र गुणका कसरतहरूको प्रचार गर्ने चलन नै बसेको छ । अहिले धेरै गाउँ यस्ता छन् जहाँ हरेक बिहान कसरत गराउने गरिन्छ । कतिपय ठाउँमा पालिकाले आधिकारिकरूपमैं यस्ता प्रशिक्षक र प्रशिक्षालयको व्यवस्था गरेका छन् । यस्ता योग, कसरत र आयुर्वेदको प्रचारसँगै हिन्दू धर्म र विज्ञानका साथै चेतनामा पनि विस्तार भएको छ । रामदेवलाई पनि कट्टर हिन्दूको रूपमा प्रचार गरिएकै हो र रामदेवले पनि आयुर्वेदको, वेदको तथा हिन्दू धर्म र दर्शनको प्रचारमा निकै ठूलो योगदान दिएको कुरा सबैले स्वीकार गरेका छन् ।

जब पहिलो कोरोनाको साँघुरो समय आयो तब धेरैले घरमा कोच्चिएर रामायण सिरियल हेर्न थाले । युट्युबबाट खोजीखोजी धार्मिक सिरियल हेर्न थाले । यसलाई विचार गर्दै टेलिभिजनहरूले पनि पुनः प्रसारण गर्न थाले । रामायणको पुनः प्रसारण, अनि महाभारतको पुनः प्रसारण तथा अन्य हिन्दू धार्मिक सिरियलहरूको पुनः प्रसारण शुरू भयो । एकातिर कोरोनाको भय थियो, घरबाट बाहिर निस्कन सकिने अवस्था थिएन । घरका सारा सदस्य एक ठाउँमा बस्नुपर्ने थियो । यस समयमा घरमा नै बसेर समय बिताउनुथियो । अनि सिरियलहरूले समयमा व्यवस्थापन मात्र गरेनन्, धार्मिक जागरण तथा विश्वासमा पनि निकै मदत गरेको अवश्य नै भन्न सकिन्छ । धार्मिक सिरियलहरूमा चासोले धेरैलाई धर्मप्रति पुनर्जागरण ल्याएको महसूस गराएको छ । यसले पनि समाजलाई धार्मिक बनाउन ठूलो योगदान दिएको छ । परिवारको महŒव बुझाउन पनि सिरियलहरूले महŒवपूर्ण योगदान दिएका छन् ।

कोरोनाकालमा रामदेव स्वामीको भूमिका कम देखिएन । सिरियलहरूले निकै चर्चा कमाए । अनि यसै अवधिका निकै चर्चामा आए प्रवचनकर्ता कुमार विश्वास । कुमार विश्वास त कवि हुन् । उनी रामबारे एकसे एक प्रवचन दिन माहिर मानिन्छन् । उनको प्रवचनको मुख्य आधार तुलसीदासको रामचरित मानस र वाल्मीकिकृत रामायण हुने गरेका छन् । रामदेव स्वामी, कोरोनाकालको सिरियलले बानी बसालेको धार्मिक कथा सुन्ने प्रवत्तिलाई निकै बौद्धिकताका साथ कुमार विश्वासले पुष्टि गर्दै गए । हिन्दू बौद्धिक समुदाय र धार्मिक प्रवृत्तिका बुद्धिजीवीहरूमा कुमार विश्वासको प्रवचनको बलियो प्रभाव जमिसकेको छ । कुमार विश्वासले दिने तर्कको आधारमा पनि धेरैले आप्mनो धारणा बनाउन थालेका छन् । मुख्यगरी राम र रामसित सम्बन्धित घटना तथा परिवेशबारे विश्वसनीय आधार दिने गरेका कुमार विश्वासले कवितात्मक तथा गीतिरूपमा आप्mना भावना प्रस्तुत गर्दा दर्शक तथा स्रोताहरूलाई प्रभावित पार्ने गरेका छन् । दर्शक तथा स्रोताहरूलाई विश्वसनीय स्रोत तथा कलात्मक वाणीले द्रविभूत पार्ने गरेका कुमार विश्वासले हिन्दू धर्म र दर्शनप्रति पुनर्जागरण ल्याउन महŒवपूर्ण योगदान दिएको मानिएको छ ।

सामाजिक सञ्जालमा यी र यस्ता प्रभावशाली व्यक्तिका प्रवचन तथा क्रियाकलापले भित्रभित्रै हिन्दू धर्मावलम्बीमा जागरण ल्याइरहेको थियो । यसै समयमा राममन्दिर निर्माणको थालनी भयो । राममन्दिर निर्माणको थालनीले एक किसिमले उत्साह ल्यायो । अनि जब राममन्दिरमा प्राण प्रतिष्ठाको सन्दर्भ आयो तब सबैतिर अन्तर्हृदयमा रहेको जागरण प्रस्फुट भयो र मुखरित हुने अवसर पायो । सर्वसाधारणको मनोविज्ञानमा राम कति गहिरो गाडिएका छन् भन्ने कुरा यसले पनि प्रमाणित गर्दछ कि जब अयोध्यामा प्राण प्रतिष्ठाको समय नजीकिंदै गयो तब स्वतः सम्पूर्ण समाज राममय हुन गयो ।

गाउ–गाउँमा सार्वजनिक तथा सामूहिक भजन, कीर्तन, सफाइ तथा यज्ञहरू एकै साथ हुनु चानचुने कुरा होइन । धेरै ठाउँमा त अष्ठजाम पनि भए, गरिए । गाउँहरू वा मानिसहरू स्वतः र स्वाभाविकरूपमा परिचालित भए । कसैले कसैलाई अह्राउनुपरेन, खटाउनुपरेन । धार्मिक प्रवृत्तिका मानिसहरू काम खोज्दै गए धार्मिक ठाउँमा । हरेकमा अनौठो उत्साह देखियो । मठ–मन्दिरमा सफाइको यस्तो आन्दोलन चल्यो कि सम्पूर्ण मठ मन्दिरमा सामूहिक सफाइ भयो । यस्तो प्रवृत्ति व्यक्तिको घरसम्म पुग्यो । हरेक घरले एउटा विशाल उत्सव मानेर घरको सफाइ गरे । दीपावली मनाए । वास्तवमा कतिपयले टिप्पणी गरे कि यस्तो सफाइ र उत्साह देखिने एउटै पर्व हो–छठ । छठको उत्साहले जसरी छठ हुने परिवारका सदस्य माछामासु खान छोड्छन् । त्यसैगरी सधैं मांसाहार गर्नेले पनि एघार दिनसम्म माछामासु बारे । घरमा प्रवेश नै गर्न दिएनन् । गाउँ र टोलमा पनि यस किसिमको चेतना फैलाए । माछामासुको बिक्री तथा सेवनमा निकै कमी देखा प¥यो । धेरै होटल मालिकहरूले आफैं होटल बन्द गरे, दुई दिन ।

यो स्वाभाविक र स्वतःस्फूर्त देखिएको प्रभावलाई पालिकाहरूले पनि सम्मान गरे । अधिकांश पालिकाले एक दिन वा कतिपयले दुई दिन माछामासु सेवनमा रोक लगाए । पशुपन्छी वधमा रोक लगाए । मदिरा खरीद–बिक्री तथा सेवनमा प्रतिबन्ध लगाए । अझ एक कदम अगाडि बढेर केही सङ्घसंस्थाहरूले दीपावली गर्ने निर्णय सार्वजनिक गरे । सबैलाई अनुरोध गरे । कतैबाट केही भन्नै परेन, स्वतःस्फूर्त मानिसहरूले आप्mनो घरमा एउटा झन्डा लगाए । झन्डाको बिक्रीले सम्पूर्ण रेकर्ड तोड्यो । गाउँ तथा बजारमा पनि झन्डाले घर वा चोक सजाउने अभियान चल्यो । यत्ति मात्र होइन, रामसहित हनुमानको फोटो कहिल्यै नभएको बिक्री भयो । यति धेरै फोटो कहिल्यै बिक्री भएको थिएन । झन्डा र फोटोको लागि जति पनि मूल्य तिर्न जो पनि तयार देखिएको । मानिस स्वाभाविकरूपमा परिचालित भएको यसभन्दा ठूलो अवसर अरू कसलाई मान्ने ? समाजमा धार्मिक मनोविज्ञानको जरो कहाँसम्म गहिरिएको छ भन्ने पहिल्याउन साँच्ची नै सम्भव छैन ।

मानिसले धर्मलाई आस्था भन्दछन् । आस्था मान्दछन् । धर्मसँगै समाज जोडिएको छ । समाजमा संस्कृति हुन्छ । संस्कृति र धर्मको गहिरो सम्बन्ध छ भन्ने कुरो अहिलेको परिस्थितिले स्पष्ट पार्न निकै भूमिका खेलेको छ । मानिसको मनमा धर्म र धर्मप्रतिको आस्था सदैव विद्यमान रहन्छ । जब मौका आउँछ, स्वतः प्रकट वा प्रस्फुटित हुन्छ । अहिले भएको पनि यही हो । जब जनकपुरबाट अयोध्याको लागि भार जाँदै थियो, त्यस भारलाई रामनजीक पुग्ने प्रतीक मानिएको थियो । भारसित आप्mना पनि केही सामग्री पुगून् भनेर मानिसले सकेको योगदान दिन खोजेका थिए । यसमा अर्को पनि आस्था जोडिएको थियो –पुस्ताले नदेखेको कुरा दर्शन भइरहेको छ ।

साँच्चीकै आस्थाले समाजको बोली बोल्दछ भने व्यक्तिको पनि प्रतिनिधित्व गर्दछ । वैयक्तिक वा विशिष्ट भूमिका खेल्नसम्म चाहेको यो समय साँच्चीकै विशिष्टमा पनि विशिष्टतम बनेको । तर वर्तमानमा देखिएको राममय समाज एक्कासि भएको भने होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here