दक्षिण कोरिया, २४ असार/एएफपी

 दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुड्ढा कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमवारदेखि तीन दिने आम हडताल शुरू गरेका छन्।

सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउन्ड्री र सेमिकन्डक्टर फ्याक्ट्रीबाहिर वर्षाती र रिबन लगाएर भेला भएका १०औं हजार कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताए।

सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको छ।

सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँग वार्ता रोकेको छ। दुवै पक्ष मतभेद कम गर्न असफल भएका छन्। फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले एएफपीसँग भने–“आजदेखि हडताल शुरू भएको छ। आजको आम हडताल त शुरूआत मात्र हो।”

“हामी यहाँ किन छौं भनेर सम्झँदै, जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्”–उनले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भने।

युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करीब ५,२०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ। युनियनका उपाध्यक्ष ली ह्युन कुकले भने–“के उनीहरूले यसले सामसुड्ढो उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् ?”

करीब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हडतालको घोषणा गरेको थियो।

श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेका थिए।

यस सम्बन्धमा सामसुङले टिप्पणीको लागि गरिएको अनुरोध मानेको छैन।

सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले एएफपीसँग भने–“जारी हडताल तीन दिनका लागि मात्र तय छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन्।”

समस्या जारी रहेमा युनियनले हडताल लम्ब्याउन सक्ने भएकोले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्न सक्छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here