नयाँ दिल्ली, २८ पुस/एएनआई
भारतको नयाँ दिल्लीमा आइतवार बाक्लो हुस्सु लागेको छ ।
भारतीय मौसम विज्ञान विभाग (आइएमडी)का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतवार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।
‘इन्डिया गेट’को श्रव्यदृश्यमा राष्ट्रिय राजधानी नयाँ दिल्लीमा दृश्यता प्रतिशत करीब शून्य रहेको बताइएको छ ।
“शनिवार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो ।
त्यसैगरी, कानपुर र ग्वालियरजस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ । आइएमडीका अनुसार शनिवार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो ।
प्रतिकूल मौसमका बावजूद इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन । यद्यपि कुहिरोका कारण धेरै रेलको सेवामा ढिलाइको सामना गर्नुपरेको छ । रासस