साढे पाँच लाखको सामान बरामद

प्रस, रौतहट, २४ असार/

प्रहरीले पाँच लाख ५५ हजार पाँच सय मूल्य बराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

लत्ताकपडा, सवारीसाधन र अन्य एक लाख ५५ हजार आठ सय, किरानालगायतका सामान ७९ हजार सात सय, चाँदी एक लाख ९६ हजार र पशु एक लाख २४ हजार गरी पाँच लाख ५५ हजार पाँच सय मूल्य बराबरका सामान विभिन्न मितिमा बरामद गरी भन्सार चलान गरिएको जिप्रका, रौतहटकी सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताएकी छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्