• डा शिवशङ्कर यादव

फेमिली र मैरिटल साइकोथेरापी अर्थात् पारिवारिक र वैवाहिक मनोचिकित्सा :
यसको मतलब हुन्छ रोगी मात्र होइन, परिवारसमेतलाई मनोपरामर्श दिनु । यदि कसैलाई मानसिक डिजार्डर छ भने उसको परिवारको सदस्यलाई रोगको प्रकृति बताइ तदनुरूप व्यवहार गर्न भनिन्छ । मैरिटल थेरापीलाई कपलथेरापी पनि भनिन्छ । यसमा मानसिक डिजार्डरले हुने पारिवारिक कलह ठीक पार्ने सुझावहरू हुन्छन् । सामान्य दम्पतीमा पनि तनाव कम गर्न यो उपयुक्त हुन्छ । सेक्सुअल डेभिएशन छ र दम्पतीले आवश्यक निर्देशन पालना गर्छ भने निकै फाइदा हुन्छ । यसका विधि हुन् : समस्या समाधानका तरीका सिकाउने, दम्पतीले परस्पर वार्तालाप गर्ने र केही प्रशिक्षण आदि दिने ।

ग्रुप थेरापी अथवा समूह चिकित्सा : यसमा एकनासे समस्या भएका व्यक्तिहरूलाई समूहमा राखी चिकित्सा गरिन्छ, जुन उपयोगी त हुन्छ नै, समय पनि कम लाग्छ । एउटा कक्षामा ३० जना विद्यार्थीलाई पढाइन्छ । एउटा–एउटालाई पढाइयो भने कति समय लाग्छ होला ? तर कक्षामा केवल ४५ मिनटको पढाइले ३० जनालाई पुग्छ । यदि १० जना मानसिक रोगीको छुट्टाछुट्टै उपचार गरियो भने कति समय लाग्छ ? यसैले ग्रुप थेरापीको सिद्धान्त आयो । यसमा एउटै किसिमका आठ–दश जना रोगीलाई बसाएर चिकित्सकले कुरा गर्छ र सबैलाई परस्पर वार्तालाप गर्न लगाइन्छ । यसमा एउटा अर्को फाइदा यो छ कि रोगीलाई लाग्छ कि ऊ एक्लै छैन, अरू पनि छन् र उसको मनमा सन्तोषको भावना पैदा हुन्छ । यसको प्रयोग सेक्सुअल डिजार्डर लगायत थुप्रै डिजार्डरमा गरिन्छ । यसको आविष्कार सर्वप्रथम जोसेफ प्रेटले १९०५ मा टिबीको उपचारमा गरेका थिए ।

सजेशन अथवा सरसल्लाह :
सल्लाह दिनु असलमा सपोर्टिभ साइकोथेरापीको आन्तरिक भाग हो तर यसलाई एक्लै पनि प्रयोग गरिन्छ । प्रायः हरेक चिकित्सकले यही गर्छ । औषधिका साथै उचित सलाह दिइन्छ, जुन निकै महŒवपूर्ण हुन्छ । सहानुभूतिपूर्ण सल्लाहको असर ३३ प्रतिशत आकलन गरिएको छ, जुन प्लेसिवोको प्रभाव बराबर हो । प्लेसिवो चिनी मिसाइएको एउटा चक्की हो । यसमा कुनै पनि औषधि हुँदैन तर पनि रोग निवारणमा त्यसको ३३ प्रतिशत भूमिका हुन्छ ।

हिप्नोसिस वा सम्मोहन :
हाम्रो देशमा सबैलाई थाहा छ कि वशीकरण आदि मन्त्रले कसैलाई आप्mनो वशमा पारी इच्छित काम सम्पन्न गराउन सकिन्छ । गाउँ–देहातको मानिसबाट पनि यस सम्बन्धमा विभिन्न कथा–कहानी सुन्न पाइन्छ । तर पश्चिममा सम्मोहनको सफल प्रयोग सन् १७७५ मा एन्टोन मिसमरले गरे, जसको नामबाट नै मिस्मरिज्मजस्तो शब्द बन्यो । मिस्मरले, तर यसको नाम एनिमल मैग्नेटिज्म राखेका थिए, जसलाई अतिन्द्रिय आकर्षण पनि भन्न सकिन्छ । हिप्नोसिस शब्दको प्रयोग सर्वप्रथम जेम्स ब्रेडले १९औं शताब्दीमा गरे । यसमा मान्छेलाई आप्mनो वशमा पारी इच्छित आदेश मान्न लगाइन्छ र मानसिक रोग निको पार्न पनि यसको प्रयोग गरिन्छ । यसमा मानिस संसारबाट पूर्णतः अनभिज्ञ हुन पुग्छ, जसका कारण चिकित्सकले उसको रोगको कारण पत्ता लगाइ सोही अनुसार उपचार गर्छ । तर सबै मानिसलाई सम्मोहित गर्न सकिंदैन । जसलाई यसमा विश्वास छ, उसलाई मात्र सम्मोहन गर्न सकिन्छ । मान्छे सम्मोहित भयो वा भएन त्यसको जाँच यो हो कि त्यस बेला मान्छेका आँखा घुम्न थाल्छ अर्थात् नाच्न थाल्छ । त्यस बेला मात्र मान्छेले तपाईंको आदेश मान्छ अन्यथा मान्दैन । जनसङ्ख्याको केवल ६० प्रतिशतलाई मात्र सम्मोहित गर्न सकिन्छ । त्यसमा पनि केवल पाँचदेखि १० प्रतिशत मात्र त्यस गहिराइसम्म पुग्छ, जहाँ उपचार गर्न सकिन्छ । सम्मोहन गर्नको लागि विभिन्न विधि प्रयोग गरिन्छ, जसमा उपचारको लागि निम्नलिखित कुरा पाउनु जरुरी हुन्छ ः सम्मोहित भएपछि मान्छे जे पनि आदेश मान्छ । यदि कमान्डरले हत्या गर भन्यो भने उसले हत्या पनि गर्छ । त्यस्तो मान्छे शरीर र भावनाबाट पूरै विच्छेद हुन्छ । पछि उसले गरेको काम उसको स्मरणबाट पूर्णतः मेटिन्छ । सम्मोहनपछि मानिसलाई केही सल्लाह दिइन्छ, जुन उसले मान्छ । जसलाई वशीभूत पारिन्छ पछि त्यो मानिस कुनै पनि मानिसभन्दा भिन्न हुन्न । सम्मोहन मनोविज्ञान निम्न अवस्थामा प्रयोग हुन्छ– मनोचिकित्साको सहायतार्थ, पूर्वदमित इच्छा वा भावनालाई बाहिर ल्याएर वा पत्ता लगाएर त्यसको असर कम गर्नमा । सम्मोहनले सहयोग पु-याउने सूची लामो छ तर मुख्य हो– एनोरेक्सिया नर्भोसा, नर्भोसा बुलेमिया, हैबिट डिजार्डर जस्तै धूमपान आदि, दुःखाइ र एंग्जाइटी डिजार्डर आदि ।

एब्रिएक्शन वा दमित इच्छाबाट उन्मुक्ति :
एब्रिएक्शन एउटा महŒवपूर्ण विधि हो, जसमा पूर्वदमित इच्छालाई बाहिर ल्याइन्छ र त्यही रोगको उपचार पनि हो । यद्यपि यो साइकोथेरापी र हिप्नोसिसको एउटा भाग हो तर यसको छुट्टै पनि प्रयोग गरिन्छ । यो औषधि र औषधिविना पनि गरिन्छ । औषधिको प्रयोग गर्नेगरी यसमा पहिले एम्फेटामिन, इथर, नाइट्रस आक्साइड र एलएसडीको प्रयोग गरिन्थ्यो । त्यसमा पनि एम्फेटामिन बहुत उपयोगी थियो किनभने यसमा मान्छे धेरै कुरा गर्छ र अवचेतन विचारलाई चेतनमा ल्याउन सजिलो हुन्छ । तर आजभोलि यी औषधिको प्रयोग गरिंदैन किनभने मान्छेमा यसको बानी बस्छ र साइड इफेक्ट पनि बढी हुन्छ । आजभोलि एमाइटल र पेन्टोथल सोडियम प्रयोग गरिन्छ । यी औषधिहरूले निद्रा लगाउँछन् र त्यस अवस्थामा एब्रिएक्शन हुन सक्दैन । त्यसैले नसाबाट यसरी दिइन्छ कि एक मिनेटमा एक सीसीभन्दा बढी औषधि रगतमा जान नपाओस् । त्यसपछि रोगीसँग वार्तालाप गरिन्छ । यसलाई निम्नलिखित डिजार्डरमा निर्देश गरिन्छ– हिस्टेरिया, म्युटरोगी, काटाटोनिक सिन्ड्रोम तथा डायग्नोसिसको लागि– डिप्रेशनलाई अन्यबाट छुट्याउनको लागि, हिस्टेरिया, सिजोफ्रेनिया र अन्य अर्गेनिक ब्रेन डिजार्डर । तर एब्रिएक्शन निम्नलिखितमा वर्जित छ : श्वासका रोगी, कडा खाले मिर्गौला र कलेजोको बिमारी, हाइपरटेन्सन, बार्बिचुरेटको निर्भरता तथा साइकोसिस आदि । म्युट रोगीमा खास गरेर अब डाइजिपाम र काटामिन प्रयोग गरिन्छ ।

रिलेक्सेशन थेरापी वा विश्राम चिकित्सा :
तनावले मांसपेशीलाई सङ्कुचित पार्छ र परिणामस्वरूप मान्छे चिन्ताले ग्रसित हुन्छ । यदि मांसपेशीलाई खुकुलो पारियो वा विश्राम दिइयो भने मांसपेशी त ठीक हुन्छ नै, स्वाभाविक छ चिन्ता पनि ठीक पार्छ । वास्तवमा रिलेक्सेशन थेरापी बिहेबियर थेरापीकै एक भाग हो । यसका विधिहरू निम्नलिखित छन् :

१. जैकाब्सन प्रोग्रेसिभ मसल रिलेक्सेशन जसमा पहिले त मांसपेशीलाई अधिकतम तन्काइन्छ । फेरि पूर्वनियोजित विभिन्न मांसपेशीलाई क्रमानुसार एक/एक गरेर खुकुलो पार्दै गइन्छ । यसमा माथिल्लो मांसपेशीलाई खुकुलो पार्दै तलतिर आइन्छ । कुकुर बिरालोले गरेको सबैले हेरेको हुनुपर्छ । हामी जुन स्ट्रेचिङ व्यायाम गर्छौं, ती यसैका रूप हुन् । जेकोब्सन विधिमा क्रमानुसार ढिलो छोड्नुको महŒव छ ।

२.हिप्नोसिसको वर्णन त भइ नै सक्यो ।

३. शवासन : शवजस्तो अवस्था बनाउनु हो । जेकोब्सनभन्दा यसमा फरक यो छ कि जेकोब्सनमा मांसपेशी माथिबाट तल गरी खुकुलो पारिन्छ, जबकि यसमा तलबाट माथि गइन्छ ।

४. ट्रान्सडेन्टल मेडिटेशन वा भावातीत ध्यान र योग : यो एक निश्चल ध्यानको मुद्रा हो, जसले ब्रेनको केमेस्ट्रीलाई स्वस्थतातिर मोड्छ ।

योग पनि शरीरलाई लचकदार बनाउने र स्वस्थता प्रदान गर्ने विधि हो र हालै राष्ट्रसङ्घले पनि २१ जूनलाई योग दिवसको रूप दिएको छ । हरेक योगासनको अन्तमा शवासन अवश्य गरिन्छ तर शवासनको प्रयोग छुट्टै पनि गर्न सकिन्छ ।

५. योगनिद्रा, प्राणायाम र विपश्यनाः विपश्यना भगवान् बुद्ध र प्राणायाम आदि पतञ्जलिले आविष्कार गरेको अद्भुत पूर्वीय विधि हो, जसले मानसिक बिमारी ठीक पार्ने त कुरै छाडौं मानिसलाई सुुपरह्युमन बनाउन पनि सक्षम छ ।

६. बायोफिडबैक : इलेक्ट्रोनिक उपकरणबाट थाहा नहुने अवस्था थाहा पाई तदनुसार प्रक्रियामा जानुलाई बायोफिडबैक भनिन्छ । आक्सिमिटरले अक्सिजनको स्तर बताउँछ । आक्सिजन कम छ भने लामोलामो सास लिन भनिन्छ । यही बायोफिड हो । थर्मामिटरले ज्वरो बताएपछि पानीको पट्टि दिनु बायोफिड हो । त्यस्तै, पल्समिटरले पल्स बताएपछि वा रगतमा सुगरको मात्रा बताएपछि तदनुसार गरिन्छ । यी सबै बायोफिडबैकका उदाहरण हुन् । यस्तै अनेक छन् । यो जमाना नै बायोफिडबैकको हो । एउटै स्मार्टफोनमा सजिलोको लागि यी सबै फिट गरिएका हुन्छन् ।

रिहेबिलिटेसन वा पुनस्र्थापना : यसको मतलब धेरै बढिसकेको मानसिक रोगीलाई पूर्वअवस्थामा ल्याउनु हो । तर कसरी ल्याउने ? यसका लागि रोगीलाई धेरै बढी हेरचाह चाहिन्छ, जुन घरमा हुन सक्दैन । यसका लागि खासखास किसिमका आश्रयस्थल बनेका हुन्छन्, जसमा रोगीलाई राखेर उपचार र प्रशिक्षण दिने गरिन्छ अथवा घरमा राखे पनि केही समयको लागि आश्रयस्थल जानुपर्छ अथवा घरमा राखे पनि पूर्णतः निरीक्षणमा राख्नुपर्छ । यस अतिरिक्त नोकरी पायक पर्ने काम दिनु पनि रिहेबिलिटेशनको भाग हो । घरमा राखेर प्रशिक्षण दिंदा दोहोरो फाइदा हुन्छ । त्यो के भने कामको व्यस्तताले रोग ठीक हुन मदत गर्छ र घरको सहानुभूति पनि प्रFप्त हुनुको साथै घर बसी केही अर्थोपार्जन पनि हुन्छ ।

हाम्रो परिपे्रक्ष्य : जुन बेला पश्चिमा फ्रायड साइकोएनालिसिसको प्रयोग गर्दै थिए, लगभग त्यही समय कलकत्तामा गिरिन्द्रशेखर बोसले आप्mनै किसिमको विकास गरेका थिए । भारतमा त्यसको विस्तारित प्रयोग भएन । भनिन्छ कि हामीकहाँ वैज्ञानिक दिमाग भएका मानिस हुँदैनन् र आत्मविश्लेषणको उनमा कमी हुन्छ । उनीहरू मौखिक विचार मान्दैनन्, शारीरिक लक्षणलाई बढी मान्छन् । हामीले मनोचिकित्सकसँग प्रगाढ सम्बन्ध राख्न चाहँदैनौं किनभने हाम्रा देशवासी चिकित्सकको स्तर आपूmभन्दा माथि भएको ठान्छन् । यहाँ रोगी भाग्यवादी हुन्छ र बिमारीलाई पूर्वजन्मको फल मान्छ । यसको अतिरिक्त हामी कुनै जादुई करिश्माको अपेक्षा राख्छौं । स्वयम् चिकित्सकले नै सबैथोक गरिदेओस् भन्ने चाहना हुन्छ । धेरै मनोचिकित्सक यो मान्छन् कि पश्चिमा विधि यहाँ सोझै प्रयोग गर्न सकिंदैन । यहाँ उपचार सानो सोझो र आपत् टार्ने हिसाबको हुन्छ । चिकित्सकले नै सक्रिय भूमिका खेलोस् भन्ने अपेक्षा हुन्छ । तर पनि आजकाल पढेलेखेका रोगीमा पश्चिमा विधि पनि ज्यूका त्यूँ प्रयोग गर्ने बानी परिरहेको छ । यहाँ मुख्यतः सपोर्टिभ साइकोथेरापी नै प्रयोग गरिन्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here