काठमाडौं, ७ भदौ/रासस
मनसुनी वर्षा अझै तीन दिन जारी रहनेछ । शनिवारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार शुक्रवारसम्म झरी जारी रहनेछ । विशेषगरी कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिवारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ,” मौसमविद् पौडेलले भने । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङहित भारी वर्षा भएको छ ।

साथै रातिको समयमा कोशी, मधेस बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । शुक्रवार दिउँसो देशभर बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा शनिवार पनि कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here