कार्यालय वा घरमा कुर्सीमा बसेको समयमा खुट्टा हल्लाउनु, कुर्सी घुमाउनु वा पेनसँग खेल्नु अशिष्टता भएपनि यस्तो गर्नु स्वास्थ्यको लागि फाइदा पुग्ने विशेषज्ञले बताएका छन् । यस गतिविधिलाई फिजटिङ भनिन्छ, जुन एक प्रकारको व्यायाम हो । व्यक्तिको यो चञ्चलताले उसको शरीरलाई सक्रिय राख्नुका साथै विभिन्न रोगबाट बचाउने गर्छ ।

लिड्स युनिभर्सिटीका पोषण विशेषज्ञ जेनेट कैडको भनाइ छ, यस्तो व्यवहारलाई सामान्यरूपमा अशिष्टता, घबराहट र ध्यान नदिएको भन्न सकिन्छ तर यो सजिलो गतिविधिले हामीलाई वजनमा काबु गर्न, तनावबाट बच्न र लामो समयसम्म जीवित रहन मदत गर्छ । यहाँसम्म कि खुट्टा थपथपाउनेजस्तो हलुका गतिविधिले पनि हाम्रो अतिरिक्त क्यालोरी जलाउन मदत गर्छ ।

यस सम्बन्धमा २४ जनामाथि अध्ययन गरिएको थियो । बसेर यस्तो गतिविधि गर्दा २९ प्रतिशत र उभिएर हिंड्डुल गर्दा ३८ प्रतिशतभन्दा बढी क्यालोरी बर्न गर्न सकिन्छ । एउटा अध्ययनमा ४२ जना व्यक्तिलाई तनावपूर्ण स्थितिमा साक्ष्Fात्कार गरिएको थियो । तिनीहरूलाई गणितको प्रश्न हल गर्न भनिएको थियो । जो व्यक्तिले प्रश्न हल गर्ने समयमा कपाल मिलाउने, पेनसँग खेल्नेजस्ता गतिविधि गरिरहेका थिए, उनीहरूमा कम तनाव अनुभव भएको थियो ।

फिजिटिड्ढो फाइदा यस कारण हुन्छ कि कामको समय एकै ठाउँमा बसिरहँदा हुने खतरालाई घटाउँछ । टेनिसमा सर्भ गर्नुभन्दा पहिले बललाई जमीनमा उफार्नु आवश्यक हुँदैन तर धेरैजसो खेलाडीले यसो गर्दा उनीहरूको खेलप्रति ध्यान केन्द्रित हुन मदत पुग्ने बताएका छन् ।

एउटा अन्य अध्ययनमा आठ साताको अवधिमा १६ जना दुब्ला व्यक्तिलाई प्रतिदिन एक हजार अतिरिक्त क्यालोरी खुवाइएको थियो । यसमा फिजटिड्ढो प्रभाव जाँच गरियो । केही प्रतिभागीले बोसो बढ्नबाट रोक्न सके किनभने उनीहरूले कामको समयमा यस्तै गतिविधि गरिरहेका थिए । फोन कल लिने समयमा उभिनुदेखि लिएर घुमफिर गरेर कुरा गर्दा पनि यस प्रकारको अन्तर देखिएको थियो ।

क्यालिफोर्निया युनिभर्सिटीका न्युरोसाइन्टिस्ट मैकस मेलिन भन्छन्–गतिहीन रहनु स्वास्थ्यको लागि राम्रFे होइन । केही गरिरहनु मस्तिष्कको प्रदर्शनको साथ गहिरो सम्बन्ध हुन्छ । यसले आवश्यक परेको बेला सही स्तरको ऊर्जा दिन्छ, एकाग्रता बढाउन मदत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here