नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर यही क्षेत्र सबैभन्दा उपेि क्षत बनेको छ। नेपालको आन्तरिक आयमा कृषिको प्रमुख स्थान छ, तर त्यो परम्परागत ढाँचाको कृषिकर्म हो। चारैतिरबाट उदासीनता सहेर अब कृषिकर्मबाट मानिस पलायन हुन थालेका छन्। त्यसैले पहिले अन्न निर्यात गर्ने मुलुक अहिले आयात गर्न विवश छ। उद्योगजस्तै कृषिका लागि विभिन्न तत्व चाहिन्छ। पहिलो हो जग्गा, त्यसपछि लगानीकर्ता अर्थात् कृषकस कृषक स्वयंको जग्गा छ भने अत्युत्तम। अनि गुणस्तरयुक्त बीउ, सिंचाइ र बेलामा मलको उपलब्धता। र अन्तमा कृषिका लागि अधुनातन प्रविधि। किनकि प्रविधिले कृषिकर्ममा अभाव देखिएको कृषि मजदूरको धेरै हदसम्म भरपाई गरिदिन्छ। उद्योगमा एउटा सहजता के छ भने लगानीकर्ताले सबै मेलोमेसो जोड्न सक्छ। जग्गा, मजदूर, कच्चा पदार्थ, प्रविधि सबैमा उसको पहुँच हुन्छ। तर कृषिमा सबै संसाधनको इन्तजाम एक्लो किसानले गर्न सक्दैन। किनकि नेपालमा कृषि उद्योग बन्नै सकेन, न बन्ने कुनै आधार छ। नयाँ कृषि प्रविधि उपयोग गर्न चाहिने आवश्यक जग्गा नै कुनै एकजना कृषकसँग छैन। कुनै एक किसानले विदेशबाट गुणस्तरको बीउ खरीद गर्न सक्दैन, न मल नै पाउन सक्छ। सिंचाइ किसान एक्लै होइन, समुदायस्तरमा लागे पनि प्रबन्ध गर्न सक्दैन।

कृषि सबैको सरोकारको विषय बन्न सकेन भने निर्वाहमुखी मात्र हुन्छ। त्यो पनि काम नभएकाले गर्ने बेगारजस्तै। साना किसानहरूले आज पनि लगानी अनुसार प्रतिफल पाउन सकेका छैनन्। यसपालि नै धानको उत्पादन घट्यो, किनकि बेमौसमी वर्षा भयो। किसानको चित्त बुझाउन मात्र सरकारले राहत दिन्छ कि दिंदैन, भन्न सकिन्नस क्षतिपूर्ति दिने कुरा त सपनामा पनि सम्भव छैन। बीमा कम्पनीहरूको पनि त्यही अवस्था छ। सकभर कृषिको बीमा नै गर्दैनन् गरे पनि क्षतिपूर्ति दिन नानाथरी अवरोध तेस्र्याउँछन्। कृषि ऋण दिने एउटा निर्धारित बैंक छ–कृषि विकास बैंक, उसले पनि सहज र सरलरूपमा ऋण प्रवाह गरिदिंदैन। ऋण दिए पनि उद्योगहरूलाई वाणिज्य बैंकहरूले ऋण दिंदा अनिवार्य बीमा र त्यस्ता बीमा कम्पनीहरूको व्यवस्था गर्दैन। त्यसमाथि कमिशन त नेपालमा अघोषित शुल्क नै बनिसकेको छ। त्यसैले कृषिमा मजदूर सस्तो दरको चाहिन्छ। अनि कृषि मजदूरहरू भारतको पञ्जाब, हरियाणातिर लाग्छन्, जहाँ ठूला–ठूला कृषि फार्म छन्, सरकारले कृषकलाई विभिन्न किसिमको सुविधा दिएको छ। बाँकी कामदार नेपाली विदेश जानुमा सामाजिक गौरव ठान्दछन् र रापिलो मरुभूमि होस्, कठ्याङ्ग्रिदो जाडो हुने वा दिनरात गोली चलिरहने मुलुक होस्, आफ्नो देशमा बस्नुभन्दा विदेशमा कमाउन जानुलाई प्राथमिकता दिन्छन्।

नेपालमा पहिलेपहिले कृषि विकास कार्यालय हुन्थ्यो। उनीहरूले कृषिको विकासको लागि केही काम गर्दथे। अब त्यो ज्ञान केन्द्र भएको छ। ज्ञान केन्द्रले दिने ज्ञान त हो ! ज्ञान केन्द्र पनि कस्तो भने कृषिसम्बन्धी कुनै नयाँ कुरा सोध्यो भने उपलब्ध गराइदिनु वा उपलब्ध हुने ठाउँ बताउनुको साटो टाउको कन्याउन थाल्छन्। बाह्यरूपमा नेपाल पुगिसरी आएको नागरिकको मुलुक देखिन्छ। जग्गाधनी खेत हुन्डामा दिएर शहर पसेका छन् वा आफैं प्लटिङ गरेर बिक्री गरिरहेका छन् वा भूमाफियालाई बेच्ने गरेका छन्। व्यक्तिलाई गर्जो टार्नुसँग मतलब हुन्छ, दूरगामी सोच त सरकारले राख्नुपर्छ। यसरी कृषिको विनाश हुँदा के देश उँभो लाग्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here