मस्को, ३ मङ्सिर/सिन्ह्वा
रूस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार बताएका छन् । दुर्ई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रूसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने–“हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।” उनले २१औं शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तर्राज्यीय सहयोगको नमूनाका रूपमा काम गरेको बताए ।
राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले खुलारूपमा मस्को र बेइजिङबीच फाटो ल्याउने प्रयास गरिरहेकोसमेत टिप्पणी गरेका छन् । हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं, उनले भने ।