प्रस, पर्सागढी, २ मङ्सिर/
प्रत्येक वर्षझैं यस वर्ष पनि कात्तिक पूर्णिमाको मेला पर्सा जिल्लाका विभिन्न ठाउँमा लागेको छ। पर्सा जिल्लाका पाँच स्थान र बारा जिल्लाका दुई स्थानमा मेला लागेको छ । सातजना देवी दिदीबहिनीहरूको पूजा अर्चना दुई जिल्लामा कात्तिक पूर्णिमाको दिन गरिन्छ । पर्सा जिल्लाको कोइलाभार, चइलाभार, आमोदेवी, गादी, सुगीभार, बाघमोर्चा मन्दिर र बाराको करैयामाई र सुगीभार मन्दिरमा मेलासहितको कात्तिक पूर्णिमा मनाइन्छ ।
बिहीवार रातिदेखि सातोमाई मन्दिरहरूमा मेला आयोजना गरिएको छ । शुक्रवार बिहान विभिन्न स्थानबाट मानिसहरू सो ठाउँमा पुगेर भाकल अनुसार पूजा अर्चना गर्ने आमोदेवी मन्दिरका पुजारी सुरेशदास थारूले बताए ।