काठमाडौं, २२ कात्तिक/रासस
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ।
पहेंलो धातु गत बिहीवार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ जसको मूल्य बिहीवार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य बिहीवारको तुलनामा रु २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ। चाँदी बिहीवार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबवार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९.७३ डलरमा कारोबार भइरहेको छ।