नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, २३ पुस/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मङ्गलवार नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार ६४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

मङ्गलवार ३०५ कम्पनीका एक करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेका छन् ।

लगानी समूहको उपसूचक स्थिर देखिंदा अरू समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस