- श्रीमन्नारायण
(सन्दर्भ ः गाँधी जयन्ती)
कुनै पनि युग स्थायी हुँदैन । समय सधैं चलायमान हुन्छ । जसरी हामी अगाडि बढ्दै जान्छौं, समय पनि अगाडि बढ्दै जान्छ । सूचना तथा ज्ञानको आयाम पनि बदलिन्छ । यसै आयामको परिणाम हो, इन्टरनेट प्रविधि र वर्तमान युगको सामाजिक सञ्जाल । यो पनि सम्भव हुन सक्छ कि वर्तमान युगको सामाजिक सञ्जाल भोलिका दिनमा रहने छैन र यसको ठाउँ कुनै नयाँ प्रविधिले लिनेछ । समय अनुसार पाइला चाल्नु नै आधुनिकता हो । यदि हामीले अहिलेको युगमा आफूमा परिवर्तन ल्याउन सकेनौं भने पिछडिएको मानिने छौं । तर यो कुरा प्रविधिको क्षेत्रमा मात्रै लागू हुन्छ, विचारमा होइन ।
असल र प्रासङ्गिक विचार हाम्रो निम्ति सधैं उपयोगी र सान्दर्भिक रहिरहन्छ । महात्मा गाँधीको विचार आज पनि त्यति नै सान्दर्भिक छ जति एक शताब्दी पहिले थियो, जतिबेला यसको प्रतिपादन उनले गरेका थिए । गाँधीको विचारको एउटा खास विशेषता भनेको उनको सन्देशले एउटा विशेष सार्वभौमिकता बोकेको हुन्छ, तसर्थ उनको विचार कुनै एक देशको निम्ति मात्र नभई पूरै विश्वको लागि प्रेरणादायक मानिन्छ । हरपल, हर देश र हर अवस्थाको निम्ति उनको विचार आज पनि प्रासङ्गिक छ ।
सत्य एवं अहिंसाको विचार प्रतिपादन गरेका महात्मा गाँधी मानवीय मूल्य एवं मान्यतालाई बलियो बनाउने मामिलामा पनि महान् व्यक्तित्व थिए । गाँधीको विचारलाई प्रचारप्रसार गर्ने उद्देश्यले विश्वभरि खुलेका गाँधीवादी सङ्घसंस्थाहरूले पनि सत्य एवं अहिंसा नै सिकाउने गरेका छन् । विश्वको जुनसुकै भाग तथा देशमा पनि यदि हिंसात्मक गतिविधि बढिरहेको छ भने त्यसमाथि रोक लगाउने एउटा मात्र अस्त्र भनेको गाँधीको सत्य एवं अहिंसाको विचार नै हो । हाम्रो नैतिक एवं धार्मिक जीवनमा पनि गाँधीको विचारको निकै ठूलो महŒव छ । यदि हामीले नैतिक र धार्मिकरूपमा पनि सत्य एवं अहिंसा पालन गर्न थाल्दछौं भने यसको असर हाम्रो जीवनको क्ष्Fेत्रमा पनि पर्छ, चाहे त्यो राजनीति अथवा शासन व्यवस्था नै किन नहोस् ।
लोकतान्त्रिक व्यवस्थामा स्वराजको सपना साकार गर्नु सहज काम होइन । स्वराजमा ‘स्व’ को राज मात्रै स्थापित भएको छ । यथार्थमा अहिले ‘स्व’ को निर्माण मात्रै भइरहेको छ । पैसा, जाति, पद, वर्ग र पूँजी आदिको रूपमा मात्रै ‘स्व’ को अर्थ बुझ्नेहरूको तीव्र गतिमा प्रचार भइरहेको छ तर गाँधीको शब्दमा ‘स्व’ लाई एउटा राष्ट्रको रूपमा स्वीकार गरिएको छैन । गाँधीलाई संसद् तथा राज्यसत्तासित कुनै दुराग्रह थिएन तर उनी विकेन्द्रीकरण नीति अनुसार गाउँलाई बढीभन्दा बढी अधिकार दिन चाहन्थे । उनी राष्ट्रपति, मन्त्री, कमान्डर तथा संसद्लाई अपेक्ष्Fाकृत कम शक्ति दिन चाहन्थे तर त्यस्तो हुन सकेन । राजनेताहरूले लामो समयसम्म सत्तामा बसिरहन जनतालाई भोट लिने बेलामा मात्र स्मरण गर्नयोग्य वस्तु ठान्ने काम गरेका छन् । यस्तो अवस्थामा यो पनि मान्न सकिन्छ कि स्वराज केही क्षणको निम्ति मात्रै आयो ।
राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आफ्नो हित पूरा गर्न गरिरहेका छन् । फलस्वरूप जनताको मोहभङ्ग भइरहेको छ र यसको असर व्यवस्थामाथि पनि परिरहेको छ । आज फेरि पनि गाँधीको ‘स्वराज’को आवश्यकता महसूस गरिंदैछ । एउटा नेताको स्तरमा ‘स्व’ को स्तरमा नेता, समाज, देश र न्यायको स्तरमा पनि स्वराजको नियमको पालना गर्नुपर्दछ ।
गाँधीको स्वराजलाई अन्य व्यवस्थाको तुलनामा अपेक्ष्Fाकृत बढी नै जनसमर्थक मानिन्छ । आम जनताले पनि स्वच्छता, सादगी, अहिंसा तथा अपेक्ष्Fाकृत असल नागरिक बन्नका निम्ति स्वराजको नियम पालन गर्नु आवश्यक छ । गाँधीको स्वराजमा गरीबी तथा निर्धनताबाट मुक्ति, पर्यावरण संरक्षण, नारी सशक्तीकरण तथा कृषि समस्याको समाधानका निम्ति अनेकौं उपाय बताइएको छ । यसका अतिरिक्त भावी पुस्ताको निम्ति शिक्ष्Fा व्यवस्था कस्तो हुनुपर्दछ र यसको निम्ति ढाँचा समेत कोरिएको छ । यसरी स्वराजमा लोकतान्त्रिक शासन अन्तर्गत आउन सक्ने सबैखाले चुनौतीको समाधानको बाटो पनि देखाइएको छ ।
वर्तमान अवस्थामा गाँधीको स्वराजलाई धरातलमा उतार्न गा¥हो छ तर केही कुरामा गम्भीरतापूर्वक ध्यान दिने हो भने उनको स्वराजको नजीक अवश्य पुग्न सकिन्छ । यसको निम्ति लोकतन्त्रको नाममा गठित विभिन्न संस्थाहरूको भूमिकाको जाँच गर्न सकिन्छ तथा जाँचको परिणामलाई कार्यान्वयनमा ल्याएर जनताको विश्वास जित्न सकिन्छ । लोककल्याणकारी समाजको स्थापना गरेर पनि केही हदसम्म स्वराज स्थापनाको दिशामा पाइला चालेको मान्न सकिन्छ ।
लोकतान्त्रिक शासन प्रणालीमा शासक तथा व्यवस्थाप्रति असन्तोष बढ्नुको मूल कारण जनताको निम्ति बनाइएका कानून र संस्थाले जब जनताको हितविपरीत तथा निष्पक्ष भावले काम गर्दैन अनि मात्र जनतामा असन्तोष उत्पन्न हुन्छ । तसर्थ सरकारको काममा समानता एवं निष्पक्षता हुन आवश्यकता छ । महात्मा गाँधीले जुन स्वराजको सपना देखेका थिए, त्यो आजसम्म पूरा हुन सकेको छैन । स्वराज प्राप्तिको निम्ति गरीबीबाट मुक्ति, महिला सशक्तीकरण, पर्यावरण संरक्षण, ग्रामीण क्षेत्र र कृषि क्ष्Fेत्रको विकासलाई अपरिहार्य मानिन्छ ।
गाँधीको विचारमा स्वराज भनेको व्यक्तिको आफ्नो मनको शासन हो । त्यसमा सत्याग्रह तथा आत्मबल निर्णायक साबित हुन्छ तर यसको उपयोग त्यति बेला मात्रै गर्न सकिन्छ, जतिबेला हामी पूर्णरूपेण स्वदेशी वस्तुको उपयोग गरिरहेका हुन्छौं । यस्तो प्रयोग हामी अन्य कसैलाई सजाय दिन अथवा विरोध गर्नका निम्ति नभई यसलाई आफ्नो कर्तव्य ठानेर यस्ता काम गर्नेछौं, गाँधीको विचारमा छात्रहरूलाई जीवनगत मूल्य एवं मान्यतामा आधारित शिक्ष्Fा दिइएन भने त्यो महŒवहीन साबित हुन्छ ।
गाँधीले हिन्द स्वराजमा आधुनिक सभ्यताको तिखो आलोचना गर्दै यस कुरामा बल दिएका छन् कि स्वराजको स्थापना हाम्रो सभ्यताको मूल्यमाथि आधारित हुनुपर्दछ । उनी पश्चिमेली सभ्यतालाई सरुवा रोग जस्तो ठान्दथे । किनभने यो भौतिक सुखमा आधारित हुन्छ तसर्थ उनी यसको अन्धो अनुकरणका विरोधी थिए तर पश्चिमा राम्रो कुरालाई पनि आफ्नो ेअनुकूल हुनेगरी आत्मसात गर्न सकिन्छ भनेका थिए ।
पूरै विश्वमा सभ्यताको भविष्यलाई लिएर जुन बहस चलिरहेको छ, त्यसमा पनि गाँधीको विचार नै सबैभन्दा बढी प्रासङ्गिक देखिएको छ । कुनै पनि राम्रो तथा कल्याणकारी सभ्यताको आधार धर्म, नीति तथा मूल्य नै हुने गर्दछ । मेशिन, प्रविधि तथा यन्त्रको उपयोग साधनको रूपमा मात्रै हुनुपर्दछ । यसलार्ई नै साध्य बन्न दिनुहुँदैन । तर आधुनिक सभ्यताको आधार मूल्य, नीति एवं धर्मको ठाउँ आधुनिक प्रविधिले लिन थालेको छ ।
मनुष्यको जीवन, आकाङ्क्षा, सुख–दुःख, सफलता–असफलता, लाभ–हानि, प्रगति–पतनजस्ता मूल विषयलाई जब मूल्य एवं मान्यताको ठाउँमा प्रविधिले परिभाषित गर्न थाल्दछ अनि सभ्यतामाथि नै सङ्कट आउन थाल्छ । हाम्रFे निहित स्वार्थ एवं सङ्कीर्ण प्रतिगामी विचारलाई गाँधीले पहिलो चुनौती ठान्दथे । सर्वत्र मूल्य एवं मान्यताको क्षरण भइरहेको अवस्थामा व्यक्तिले आफ्नो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गाँधीकै ताकतको प्रतीक हो । यदि ताकत कुनै मूल्य हो तथा नैतिक विवेक प्रासङ्गिक हो भने गाँधीको विचार हाम्रो निम्ति प्रासङ्गिक नै छ । एक्काइसौं शताब्दीमा पनि गाँधीवादको सान्दर्भिकता र महŒव अस्वीकार गर्न सकिंदैन ।