काठमाडौं, ३१ भदौ/रासस

सरकारले चीनबाट खरीद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरीद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए ।

सरकारले ६० लाख खरीद गरेकोमा यस अघि १६ लाख खोप नेपाल आइसकेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here