प्रस, जनकपुरधाम, ९ साउन/

जनकपुर उपमहानगरपालिकाकाको लगानीमा निर्मित जनक भवनको उद्घाटन भएको छ । उपमहानगरका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा जनक भवनको उद्घाटन गरेका हुन्् ।

आठ करोड १३ लाख रुपियाँ लगानीमा निर्माण भएको भवनको छ वटा तला र ७१ वटा कोठा छन् । प्राचीन मिथिलाका राजा जनकको दरबारकै झझल्को दिनेगरी बनाइको जनक भवनको भुइँ तलालाई सदानन्द सदन नामाकरण गरिएको छ । त्यसको पहिलो खण्डलाई जानकी सदन, दोस्रो खण्डलाई सलहेश सदन, तेस्रो खण्डलाई विदुषी गार्गी सदन, चौथो खण्डलाई विदुषी मैत्रेयी सदन, पाँचौं खण्डलाई याज्ञवल्क सदन र छैटौं खण्डको सभागृहलाई अष्टावक्र नामकरण गरिएको छ ।

विसं २०१९ मा जनक चोकमा निर्मित सानो फुसको घरमा रहेको जनक भवन, तत्कालीन नगरपालिकाले बनाइदिएको पक्की भवन हुँदै हाल त्रेतायुगीन जनक भवनको झल्को दिनेगरी निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here