प्रस, सर्लाही, ८ साउन/

काङ्ग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई उनको आफ्नै जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरूले कारबाईको माग गरेका छन् । सर्लाहीका १२ जना पार्टी नेताले पार्टी सभापति शेरबहादुर देउवालाई बिहीवार दिउँसो पत्र पठाएका छन् ।

यसरी पत्र पठाउनेहरूमा सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायत छन् । प्रतिनिधिसभाका सदस्य नेता अमरेश सिंहले पार्टीविरोधी गतिविधि गर्दै पार्टी सङ्गठनलाई कमजोर गर्नमा संलग्न भएको भन्दै उनलाई पार्टी विधानबमोजिम कारबाही गर्नुपर्ने माग गरिएको छ । नेता सिंहलाई कारबाई नभए आफूहरूले सामूहिक राजीनामा दिने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

काङ्ग्रेसबाट प्रदेशसभाका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कारबाहीको माग गरेका हुन् । सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नं ४ का नेता, कार्यकर्ता आतङ्कित भइसकेको भन्दै उनीहरूले पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।

यसैबीच नेता सिंहले भने सांसद पदबाट नै राजीनामा दिने बेहोराको पत्र पार्टी सभापति देउवालाई बुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here