- विनोद गुप्ता
किसको ये फिक्र है कि कबिलेका क्या हुआ
सब इसवार लड रहे है कि सरदार कोन है
ए फैसले तो शायद वक्त भी न कर सके,
सच कौन बोलता है, अदाकार कौन है ..
मेराज फैजावादीको यो शेर मेरो कान्छो सालोकी छोरीले एक दुई दिन पहिले फेसबूकमा पोस्ट गरेकी हुन्। यो पढेर कता हो कता हाम्रो नेपाल र नेपाली दुवैको स्थिति त्यस्तै हो लाग्न थालेको छ। पञ्चायतकालमा कबिलाको सरदार थिए, लडाइँ थिएन। प्रजातन्त्र बहाल भएपछि २०४६ सालदेखि आजसम्मको नेपालको इतिहास हेर्ने हो भने वास्तवमा लडाइँ यस कबिलाको सरदार हुन ३० वर्षमा ५–६ पटक संविधान संशोधन र करीब–करीब वर्षैपिच्छे सरकार परिवर्तन भइरहेको छ। ३० वर्षको यो अवधिमा जनता यति भ्रमित भयो कि ‘सच कौन बोलता है, अदाकार कौन है’ छुट्याउन नसक्ने भइसकेको छ। अब प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने समाचार आएको छ। यो हुने भए सरदार बन्न इच्छुक सबैले आआफ्नो बलबुताले भ्याएसम्म लडाइँ लड्ने छन्। कोही एकजना यसपालि पुग नपुग एक वर्षको लागि कबिलाको सरदार छानिने छ र उसले एक वर्ष आफ्ना सहयोगी, इष्टमित्र, नातागोताको व्यवस्थापनमा खर्च गर्दै आगामी चुनावको खर्चको जोहो गर्न भ्याउँदा नभ्याउँदै निर्वाचनको बेला आइपुग्नेछ र यो चक्र निरन्तर चलिरहने छ।
भोको पेट र नाङ्गो शरीर बसेर भए पनि हामीले तिरेको करकै भरबाट चल्ने यो देशको राजनैतिक सत्तालाई देश र जनताको कति माया छ भन्ने कुरा अहिले नेपाली जनताले कोरोना सङ्क्रमणको दोस्रFे लहर भोगिराख्दा बुझेको हुनुपर्दछ। हाम्रो सरकारले वर्तमान कोभिड नियन्त्रण गर्न आफू असमर्थ भएको सार्वजनिक घोषणा गरिसक्दासमेत कुनै प्रतिपक्षी दलले नैतिकताको आधारमा राजीनामा माग्नुभन्दा आफ्नै अविश्वास प्रस्तावको हिसाबमा व्यस्त देखिएका छन्। उता भारतमा समेत कोभिडको उपद्रव सहि नसक्नुभएको छ। कानपुर आइआइटीका वैज्ञानिकहरूले गणितज्ञ सिद्धान्तको आधारमा सूत्रको विकास गरी त्यसको आधारमा तीनवटा पूर्वानुमान प्रस्तुत गरेका छन्। पहिले ४ देखि १८ मेसम्म दैनिक ४ लाखभन्दा बढी सङ्क्रमित हुने, मेको अन्त्यसम्म ३८ लाखदेखि ४८ लाख नयाँ सङ्क्रमित थपिने र मेको अन्त्यदेखि नै रोग प्रसारको दर घट्न शुरू हुने। यसपालिको कोरोनाले विगतभन्दा दोब्बर दरले सङ्क्रमण गराएकोले यो स्थिति उत्पन्न भएको भनाइ विज्ञहरूको छ। पहिलो लहरको कोरोनाको सङ्क्रमण दर १ः१ मात्र रहेकोमा नयाँ भेरिएन्टको लक्ष्Fण बेग्लै छ। छालामा बिमिरा आउनेदेखि आँखा रातो हुने रोग र तीव्र निमोनियाको सङ्क्रमण नयाँ लक्ष्Fणको रूपमा थपिएको छ।
स्थानीय चिकित्सक डा वीरेन्द्रबहादुर प्रधानसँग यसबारे कुरा गर्दा वीरगंजमैं समेत सिआरपी (clinicaly reactive protien) नेगेटिभ भएको बेला पिसिआर नेगेटिभ हुनुपर्ने भए पनि सिआरपी नेगेटिभ र पिसिआर पोजिटिभका साथै एन्टिजेन नेगेटिभ र पिसिआर पोजिटिभ भइरहेको समेत पाइएको छ। स्मरणीय छ पिसिआर कोरोना भाइरसमा पाइने आरएनएको परीक्षण हो भने एन्टिजेन कोरोनाको बाहिरी आवरणको प्रोटिनको परीक्ष्Fण हो। सिद्धान्ततः यी दुवै शत प्रतिशत मिल्नुपर्ने हो तर मिलिरहेको छैन। किन यस्तो भइरहेको छ भनेर अनुसन्धान गर्ने हाम्रो क्षमता पनि छैन। अब भारतकै भेरिएन्टले नेपलमा समेत उपद्रव मचाइरहेको आधारमा मे महीनालाई उच्च सङ्क्रमणको अवधि मानेर स्थानीय सङ्क्रमणको दर ओरालो लागे–नलागेको स्थिति हेरेर वर्तमानमा लकडाउन हटाउने वा बढाउने निर्णय गर्नु उपयुक्त होला। हुन त लकडाउनको अवधि बढ्नासाथ गरीब परिवारको रोजीरोटीको समस्या अगाडि आउने छ। यसलाई विगतमा झैं स्थानीय सरकार र मनकारी व्यक्ति एवं संस्थाको प्रयासबाट सकेसम्म न्यूनीकरण गर्न सकिने अपेक्षा राख्न सकिन्छ। यहाँनेर सम्झिनुपर्ने कुरा के छ भने कोरोनाको जीवनचक्र जम्मा १४ दिनको हुन्छ, त्यसैले लक्षण वा परीक्ष्Fणमा कोरोना देख्नासाथ १४ दिनको एकान्तवास बस्नैपर्छ। तर तपाईं स्वस्थ पनि हुनुहुन्छ र यो लकडाउनको अवधिभरि बाहिर अत्यावश्यकबाहेक ननिस्किदिनुभएमा पनि सङ्क्रमणको दर घटाउन तपाईंको ठूलो सहयोग पुग्ने देखिन्छ।
हाम्रा नेता, जनप्रतिनिधिहरू नेपाली कबिलाको सरदार बन्न लागिपरेको कोरोनाकालको यो बेला टिट फर ट्याट भन्ने उखान नै चरितार्थ गर्नु सबैभन्दा बेस। अर्थात् हामी सबैले आफ्नो परिवारलाई कबिला ठानौं र आफू त्यसको सरदार बन्न अगाडि सरौं। मास्क, सामाजिक दूरी र साबुन–पानीको प्रयोग आआफ्नो परिवारमा अनिवार्य रूपमा गराउँदै आफ्नो परिवारमा कोही सङ्क्रमित भए पनि १४ दिनको स्वघोषित क्वारेन्टाइनमा राखौं। यसले चमत्कारी काम गर्नेछ। सरकारले गरेको लकडाउनलाई पनि सहयोग पुग्नेछ। तपाईं आफ्नो परिवारको लागि कति महत्वपूर्ण हुनुहुन्छ आफ्नो परिवारलाई सोध्नुस् र आफ्नो महत्व बुझ्नुस्। तपाईविना तपाईंको परिवार सधैं अधूरो हुनेछ। आफ्नो लागि आफै गरेनौं भने गणतन्त्र आए पनि, वास्तविकता के हो भने मेराज फैजाबादीको शेरजस्तै नेपाल पनि एउटा कबिला हो र हामी नागरिक होइन, रैति हौं। रैतिबाट नागरिक बन्नुछ भने पहिले हामी स्वयं अनुशासित भई आफूलाई परिवर्तन गर्नु अपरिहार्य छ। यहाँ एउटा भोजपुरी टुक्का सम्झना भइरहेको छ–लङ्गट परले उघार के पाले। अर्थात् नाङ्गोले भेट्टायो वस्त्रहीन। हामी नाङ्गै छौं र हाम्रो सरकार वस्त्रहीन। यस्तोमा हाम्रो … के होला ?