सवारीसाधनको टायरका कारण नदीमा बस्ने माछालाई केही क्षति हुन सक्ने हालसालै गरिएको अध्ययनमा अनुसन्धानकर्ताले दाबी गरेका छन् । का
रको टायरमा प्रयोग हुने विषाक्त रसायनले नदीको पानीलाई प्रदूषित गरिरहेको छ । यो प्रदूषण नदीको माछाका लागि घातक साबित भइरहेको छ । अन्वेषकहरूले चेतावनी दिएका छन्, यदि स्थिति यस्तै रह्यो भने परिस्थिति खतरनाक हुन सक्छ ।
साइन्स जर्नलमा प्रकाशित यस अध्ययन अनुसार नदीमा विष फैलिएको कारण सालमन माछा मर्दैछन् । टायरमा प्रयोग हुने पदार्थबाट निस्किएको रसायनका कारण माछाहरू मर्दैछन् । यो विशेष पदार्थ टायरको आयु बढाउन प्रयोग गरिन्छ । टायर खिइ“दा सूक्ष्म कण सडकमा छरिन्छ र पानीमा मिलेर नदीमा पुग्छ, जसले गर्दा पानी प्रदूषित हुन्छ ।
अमेरिकामा गरिएको यस अनुसन्धानमा नदीमा जुन खतरनाक रसायनले माछाको ज्यान लिइरहेको छ त्यो ६ पिपिडी हो, जुन टायरलाई ओजोनस“ग प्रतिक्रिया गर्नबाट रोक्छ । समस्या ६ पिपिडीभन्दा बढी अर्को रसायनबाट छ, जुन तीव्र गतिले माछालाई मार्दछ । यसले विश्वभरि सडकबाट पानीको स्रोतमा पुग्छ, विशेषगरी नदीहरूमा जसको कारण माछाको प्रजनन प्रभावित हुन्छ ।
वाशिङ्टन विश्वविद्यालयका वातावरणीय रसायनविज्ञ र यस अनुसन्धानका प्रमुख लेखक एडवर्ड क्लाजिएच भन्छन्, “वास्तवमा जलीय जीवहरूले यी रासायनिक झोललाई झेलिरहेका छन् र हामीलाई थाहा छैन कि यसमा कति रसायनहरू छन् । यहा“ हामीले दुई हजार रसायनको मिश्रणबाट शुरू गरेका थियौं र ती परीक्षण गरेर एउटा धेरै विषाक्त रसायनमा पुग्यौ, जसले ठूला माछाहरूलाई द्रुतरूपमा मार्दछ । हामीलाई लाग्छ यो विश्वको हरेक व्यस्त सडकमा पाइन्छ ।”
सालमन माछाहरू शुद्ध पानीमा जन्मेका हुन्छन्, जहा“ उनीहरूले आफ्नो जीवनको पहिलो वर्ष बिताउ“छन्, पछि तिनीहरू खुला समुद्रमा जान्छन् र बा“की जीवन बिताउ“छन् । तर यसमध्ये ०.१ प्रतिशत माछा शुद्ध पानीमा आप्mनो मूल स्रोतमा फर्कन्छन् र मर्नुभन्दा पहिले त्यस पानीमा अण्डा पार्दछन् । शोधकर्ताका अनुसार फर्किएका सालमान माछा प्रजननभन्दा पहिले नै मरिरहेका छन् ।