प्रस, वीरगंज, १५ माघ/
महिला तथा बालबालिका विकास संस्था वीरगंजको आयोजनामा वीरगंज–३ छपकैयामा सोमवारदेखि १५ दिने सर्पm, साबुन बनाउने तालीम शुरू भएको छ ।
वडा कार्यालयको आर्थिक सहयोगमा शुरू भएको तालीमको उद्घाटन गर्दै वडाध्यक्ष बैजुलाल स्वर्णकारले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको बताए । उनले सीप सिक्ने तर सीप अनुसार काम नगर्ने प्रवृत्तिले महिला उत्थान हुन नसकेको भन्दै तालीममा सीप सिकेका महिलाहरूलाई सोही अनुसारको रोजगार गर्न सुझाए ।
संस्थाका अध्यक्ष विपिन उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडासदस्यहरू बरकतुल नेशा, सङ्गीता दास, राजीव श्रेष्ठ, अब्दुल कलामलगायतको सहभागिता थियो । तालीममा वडाका २५ जना महिलाको सहभागिता छ ।