प्रस, बिरुवागुठी, १५ माघ/
पर्सागढी नगरपालिका–३ झाब्राहास्थित दुग्ध उत्पादक सहकारी संस्था सोमवारदेखि सञ्चालनमा आएको छ । दुग्ध किसानलाई लक्षित गरी सञ्चालनमा आएको झाब्राहा दुग्ध उत्पादन सहकारीको उद्घाटन नगरप्रमुख गोकर्ण पाठकले गरेका थिए । शुभकामना मन्तव्य दिंदै नगरप्रमुख पाठकले सहकारीहरूले बचतकर्ताको रकम हिनामिना गरी भाग्ने प्रवृत्ति बढिरहेको अवस्थामा पशुपालन गर्ने किसानलाई लक्षित गरी सञ्चालनमा आएको दुग्ध सहकारीले किसानहरूको हितमा कार्य गर्ने बताए । उनले दुग्ध सहकारीसँग आबद्ध किसानहरूलाई पालिकाले सहयोग गर्ने बताए ।

जसपाका जिल्ला सदस्य सुरज मानन्धरले मकैलगायतका बाली किसानहरूले बाध्य भएर सस्तोमा बेच्नुपरेको बताए । उनले सोही बालीबाट बनेको पशु आहारा महँगो दरमा किन्नुपरेको कारण पालिकाले दाना बनाउने मेशीन किसानहरूलाई वितरण गर्नुपर्ने सुझाव दिए ।

दुग्ध सहकारीका अध्यक्ष विक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पूजा चौधरी, वडाध्यक्ष शेख खुर्सेद, कार्यपालिका सदस्य सीता लामा, पर्सागढी सहकारी शाखा प्रमुख खड्कबहादुर खत्री, जिल्ला बचत तथा ऋण सहकारी सञ्चालन समिति सदस्य गिरिराज कँडेल, अन्नपूर्ण दुग्ध सहकारी संस्थाका अध्यक्ष मीनबहादुर भण्डारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत राजु विश्वकर्मा र सहजीकरण बलिरामकुमार शुक्लले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here