• कुमारबन्धु रुपाखेती
लाजको पसारो
डाक्टरलाई भगवान् र अस्पताललाई स्वास्थ्यको मन्दिर भनिन्छ । तर नक्कली डाक्टर, नक्कली औषधि, म्याद गुज्रेका औषधिले थुप्रै अस्पताल बदनामीको शिखरमा छन् । अस्पताल, स्कूल, कलेज, राजनीति, प्रशासन आदि सबै क्षेत्रमा लाजको पसारो लागेको देखिन्छ । नेपालका अस्पतालहरू महँगा छन्, दाम अनुसारको काम छैन भन्ने आरोप लाग्दै आएको छ । नेशनल मेडिकल कलेज वीरगंज तराईकै ठूलो र सुविधासम्पन्न अस्पताल ठानिन्छ । यहाँ बिमारीको चेकजाँचको अलावा नर्स, डाक्टरको समेत पढाइ हुन्छ । तर यही अस्पतालमा अस्ति छापामारी गर्दा म्याद गुज्रेका औषधि र रसायन पाइएपछि वीरगंजमा खैलाबैला मच्यो ।
जैनुद्दीन अन्सारी कुनै बेला वीरगंजमा एउटा सानो गुमनाम क्लिनिकको मालिक हुने गर्दथे । के, कसरी डा जैनुद्दीन, भाइ बसरूद्दीनलाई यस्तो खजाना हात प-यो कि उनीहरूको तकदिर नै बदलियो, त्यो कथा दोहो¥याउनेतर्पm नजाऔं । आजकाल यी दुवै भाइबीच अनबन छ, दुवैले जान हथेली पे राखेका छन् पनि भन्छन् । नेशनल मेडिकल कलेजमा ‘काम किसी का, नाम किसी का’ भन्ने एउटा समुदाय नै छ । ‘हर बहे से खर खाए, बकरी अचार खाए’ यो कलेजको इतिहास नै रहेछ ।
अचेल वीरगंजमा च्याउसरि स्वास्थ्य उपचार केन्द्रको नाममा अस्पताल सञ्चालनमा छन् तर अधिकांश सरकारी मापदण्डविपरीत सञ्चालनमा छन् । पुरानो नाम भएको सरकारी महेन्द्र आरोग्य भवनको कुरै छाडौं । यहाँ त स्वास्थ्य उपचारभन्दा तल्लोस्तरमा राजनीति र भ्रष्टाचार हावी छ ।
वीरगंजका कतिपय निजी अस्पतालहरू दुर्गन्धित र नाकै छोपेर बस्नुपर्ने, झिङ्गा, लामखुट्टे र फोहरको डङ्गुर, मुसा र भुस्याहा कुकुरको रजाइँ, स्टाफहरूको रूखो बोलीका लागि प्रसिद्ध छ । थुप्रैमा त बिरामी कुरुवालाई रात बस्ने उचित व्यवस्था नै छैन, सुरक्ष्Fा व्यवस्था कमजोर छ, कुरुवा र बिरामीको पैसा रुपियाँ नै गायब हुन्छ, औषधि बजारभन्दा महँगो छ, अस्पतालका क्यान्टिन (होटल)मा फोहर, बासी, स्वादहीन तर महँगो खाना, नाश्ताको उचित व्यवस्था हुन्छ । यति सबै बेथिति सहेर पनि कर्जा पैंचा गरेर यस्ता निजी अस्पतालको शरण पर्नु महानगरवासीको मजबुरी हो । निजी अस्पतालहरूको असावधानीले बिरामीले अकाल मृत्यु वरण गर्दा हल्ला, मारपिट र तोडफोड प्रायः भइरहन्छ ।
वीरगंजमा त अहिले राजनैतिक लेबल लागेकाहरूमा अस्पताल खोल्ने होडबाजी चलेको देखिन्छ, यिनका अस्पतालको अवस्था नर्कभन्दा पनि बदतर र घिनलाग्दो छ । केहीलाई अस्पतालभन्दा कबाडखाना भन्न मन लाग्छ । वीरगंजको मुटु मेनरोडमा रहेको एउटा अस्पतालको नाम नै दुर्गन्धखाना राखिएको छ । व्यापारिक दृष्टिकोणले पैसा कमाउन दुई चारवटा कोठाको घर भाडामा लिने, ठेक्कापट्टासरह डाक्टर राख्ने यस्ता उपर अविलम्ब कारबाई नगरे वीरगंजमा अकालमा जीउ, ज्यान र धनजनको नोक्सान भइरहन्छ । जायजेथा क्षय भइरहन्छ । यिनीहरूलाई जोड का झट्का धिरे से लगाउनु जरूरी छ ।
जुद्ध वारुणयन्त्र
जुद्ध शम्शेरले नेपालमा पहिलोपटक दमकल भिœयाएकोले नेपालमा अझैसम्म पनि दमकललाई जुद्ध वारुणयन्त्र भनिन्छ । चैत, वैशाखलाई नेपालमा आगलागीको मौसम भनिन्छ । वीरगंज छेउछाउका जङ्गलमा डढेलो लाग्नाले वीरगंजसम्म तुवाँलो लागेको देखिन्छ । वीरगंज महानगरपालिका अहिले विशाल भइसकेको छ । वीरगंज नगरपालिका (नगरपञ्चायत) स्थापना भएलगत्तै यहाँको आगलागीको विकरालतालाई हेर्दै त्यतिखेर एउटा जुद्ध वारुणयन्त्रको व्यवस्था गरिएको हो । त्यतिखेर वीरगंज सानो नगर क्ष्Fेत्र थियो, जहाँ पूmस र काठका घरको बाहुल्य थियो । आगलागी भइरहन्थ्यो, घण्टी बजाउँदै दमकल दगुरिरहन्थ्यो । चैत वैशाखमा त दैनिक दमकल घण्टी (आजकल साइरन भन्छन्) बजाउँदै कुदिरहन्थ्यो । त्यतिखेर दमकललाई अन्य सवारी सधनले हत्तपत्त साइड दिन्थे, भनिन्थ्यो दमकललाई सात खुन माफ छ रे !
अहिले वीरगंज महानगर बनेको छ, ग्रामीण क्षेत्रसमेत ओगटेको छ तर दमकलको अवस्था र रखरखाव चित्तबुझ्दो छैन । भिआइपी वीरगंज आउँदा महानगरको दमकलले सेवामा सडक पखालेको देखिन्छ र कहिले त काम नपाएकी बुहारी झैं सडक धोइ पखालिरहेको हुन्छ । आगलागीबाट महानगरलाई जोगाउन कतै पनि पोखरी आदिमा पानीको व्यवस्था गरेको देखिंदैन । पानीको स्रोत छपकैया पोखरी, नगवा पोखरी, माइधिया पोखरी, महानगरको स्वामित्वमा रहेको स्वीमिङ पुलको सुखाड हविगत कसैसँग छिपेको छैन तर पनि महानगरले दमकलकर्मी भर्ती गरेकै छ । आगो, पानी र वायुसँग जोगिएर बस्नुपर्छ, खेलवाड गर्नुहुँदैन भन्ने हेक्कासमेत यो महानगरलाई छैन ।
छेउछाउका साना पालिकाहरू बरु दमकल र आगलागीप्रति सचेत देखिन्छन् । कतिपय थोरै बजेटवाला पालिकाहरू त बगलमा महानगरको दमकल छ भनेर ढुक्क देखिन्छन् तर महानगरको दमकलको अवस्था आपैmं त महादेव, उत्ताने टाङ, कसले देला वरदान जस्तै छ । प्रयोगमा नआए पनि हाम्रो वारुणयन्त्र दमकलको रखरखाव र मरम्मत खर्च उच्च श्रेणीको छ रे । तर जेसुकै होस् महानगरले नाम बडे और दर्शन छोटे साबित हुन नपरोस् ।
दमकलका लागि पानीको कुरा छाडौं, खानेपानीको हाहाकार मच्चिएको छ, जनता काकाकुल हुन थाले, प्यासाहरू कुँवेके पास जान थाले । तर प्यासा नागरिक, प्यासो दमकलबारे महानगर सुगबुगाएको देखिंदैन । हुन सक्छ जब भयो राति, तब बूढी ताती भनेझैं मेयर साबले अन्तिम क्षणमा धाराको पाइप बोक्दै घरघर पुग्ने आशा गरौं । पक्का पनि उनले महानगरवासीलाई जल बिन मछलीझैं तडपाउने छैनन् । प्रदेश र सङ्घसँग रकम याचना गर्दैछन् भएको त खलास नै भयो रे ।
सिनेमा र राजनीति
केही दशक अघिसम्म भारतीय लोकसभा निर्वाचनमा उम्मेदवारहरू पैदल, साइकल, बयलगाडा, घोडा, उँट र टायरगाडामा चुनाव प्रचार गरिरहेको देखिन्थ्यो । तर अचेल भारतका धनाढ्य उम्मेदवारहरू निजी हवाइजहाज, हेलिकप्टर रिजर्भ गरेर चुनाव प्रचार गर्दैछन् । भारतका सबै राजनैतिक दलहरूले प्रायः धनाढ्य, नवधनाढ्यहरूलाई उम्मेदवार बनाएका छन् । बाहुबली हुन् अथवा सिने कलाकार सबै धनधान्यले भरिपूर्ण छन् । राहुल गाँधीले केरलको बायनाडबाट चुनाव लड्दैछन् । यो काङ्ग्रेसको अति सुरक्षित क्षेत्र हो । उनकी बहिनी प्रियङ्का वाड्रा छायासरह उनको अघिपछि देखिन्छिन् । स्मरणीय छ आप्mनो उम्दा राजनैतिककालमा आप्mनै अङ्गरक्षकहरूले इन्दिराको हत्या गरे ।
सञ्जय गाँधी इन्दिरा गाँधीका कान्छा छोरा त्यतिखेर छायाझैं आमा इन्दिराको अघिपछि रहन्थे । रहस्यमय हवाइ दुर्घटनामा सञ्जय गाँधीको देहावसान भएपछि इटलीमा प्लेन पाइलट रहेका जेठा छोरा राजीव गाँधी भारत आए र सक्रिय राजनीतिको हिस्सा बने तर उनकोसमेत हत्या भयो । मुलुकमा शक्तिशाली पद र पावरमा हुँदाहुँदै इन्दिरा र उनका दुई भाइ छोराहरूले अकाल मृत्यु वरण गर्नुप¥यो । भनिन्छ यसपटक भाजपा र काङ्ग्रेसबीच थुप्रै क्ष्Fेत्रमा काँटे की टक्कर छ रे । तर चाचा नेहरू, प्रियदर्शिनी इन्दिरा, नाति राजीव, पनाति राहुल लगातार राजनीतिमा सक्रिय र प्रभावशाली रहेकाले भाजपा परिवारवादको नारा घन्काएर यिनलाई एउटा किनारा लगाउन निरन्तर प्रयत्नशील छ ।
त्यस्तै राम नामपछि भाजपाले अभिनेत्रीहरूको पनि सहारा लिन थालेको छ । अब अभिनेत्रीहरूलाई नचनिया, ठुम्केवाली भन्नु त्यो पनि निर्वाचनमा साधारण कुरो हो । तर तिलको पहाड बनाउन माहिर भाजपाले यसलाई महिला अपमान भन्दै जोरशोरले हल्ला बोल मचाएको छ । तर भित्री गाँठी कुरो अर्कै छ । कङ्गना रनौत र हेमा मालिनीसँग भाजपा कार्यकर्ताहरू आजित र हायल कायल छन् । निर्धारित समयमा नउठ्ने, उठेपछि नाजनखरा गर्दै फ्रेश हुन धेरै समय लगाउने, हिरोइनझैं घण्टौं सजधज र मेकअपमा ध्यान दिने, समयमा कार्यक्रम स्थलमा नपुग्ने, फिल्मी पाराले बोल्ने, मस्कागिरी गर्ने आदि क्रियाकलापले कतिपय कार्यकर्ताहरूमा हीनताबोध पलाएको छ रे ।
गाडीको रङ्ग, साडीको रङ्ग, मेकअप, नेलपोलिसको रङ्ग मिल्नुपर्ने, घाममा हिंड्न आनाकानी गर्ने, अ¥हाएको काम तुरून्तै हुनुपर्ने र थरीथरीका परिकारका खाना हाजीर हुनुपर्ने आदि इत्यादि कारणहरूले गर्दा यी हिरोइनहरू चुनाव प्रचारमा भन्दा सुटिङमा हिंडेको झझल्को पाइन्छ । त्यस्तै रामायण धार्मिक सिरियल खेलेर रामको भूमिका पाएका अरुण गोविललाई फिल्मी दुनियाँले कुनै काम नदिएर टाटा बाइबाई ग-यो । भाजपाको टिकट पाएपछि फिल्मी दुनियाँका यी रिटायर्ड एक्टरमा समेत अहिले जानमा जान आएको छ रे ।
फिल्मी दुनियाको वनवासपछि राजनीतिमा आउन खोजेका यिनको नखरा पनि फिल्मी स्तरकै छ रे । पूर्व भारतीय बक्सर बिजेन्द्रसमेत काङ्ग्रेस त्यागी भाजपामा प्रवेश गरेपछि भाजपामा अचेल खेलाडी, अभिनेता, अभिनेत्री र धनाढ्यहरूको बोलबाला बढ्नाले भाजपाका रैथाने नेताहरूको सिकडी गुम भएको छ, बोली बन्द छ । राम नामपछि परिवारवादको हुँकार लगाउने भाजपायीहरू अचेल हाम्रF ओली बाझैं फोस्रो राष्ट्रवादी बन्दै मेरा भारत महान भन्दैछन् ।