शिक्षकको अर्थ नै सिकाउने व्यक्ति हुन्छ । सिक्नु र सिकाउनु एउटै क्रियाका दुई पाटा हुन् । सिकाउने व्यक्ति त्यो हो, जो आपूm सिकेर दक्ष भइसकेको हुन्छ । यस कारण सिक्नेभन्दा ठूलो अर्थात् ‘गुरु’ हुन्छ । ‘गुरु’ पद पाएर पनि यदि कोही शिक्ष्Fार्थीप्रति इमानदार हुन सकेन भने अरू कसप्रति इमानदार हुन सक्छ । तर वर्तमानमा शिक्षकहरूको सरसर्ती मूल्याङ्कन गर्दा लगभग नब्बे प्रतिशत शिक्षक यस्ता भेटिन्छन् जो आप्mनो व्यवसायप्रति सन्तुष्ट छैनन् । इमानदारिताको प्रश्न त परै जाओस्, उनीहरू हीन भावनाले बढी ग्रसित भएको देखिन्छन् । जीवनभर यस्ता शिक्षक आप्mनो भाग्यलाई दोष दिइरहेका हुन्छन् । त्यस पस्थितिलाई दोष दिइरहेका हुन्छन् जसले शिक्षक बन्न बाध्य हुनुप-यो ।
यसलाई सामाजिक व्यवस्थाको दुर्भाग्य नै भन्न सकिन्छ जहाँ शिक्षण व्यवसायप्रति त्याग र समर्पणको त्यो भावना छैन, जुन पहिले थियो । यद्यपि यसरी विश्लेषण गर्दा पनि शिक्षण पेशा लाजमर्दो छैन । गुरुको कार्य कसरी लाजमर्दो हुन सक्छ । कुनै पनि संस्कृतिमा गुरुको पद सदासर्वदा सर्वोच्च नै रहेको भेटिन्छ । सन्त कबीर पहिले गुरुकै स्मरण गर्दथे । गुरुलाई ‘अमृत’को खानी भनिएको छ, अज्ञानरूपी अँध्यारो नष्ट गर्ने व्यक्ति भनिएको छ । संस्कृतमा गुरुलाई ब्रह्मा, विष्णु र महेशको समकक्ष मानिएको छ । यसरी हेर्दा के लाग्दछ भने वर्तमानमा गुरुहरूले नै आप्mनो गुरुत्व छाडेका छन् । हाम्रो सामाजिक परिवेश नै यस्तो भइरहेको छ जसले गर्दा गुरुको महŒवमा अन्तर देखा पर्न थालेको छ, साथै के पनि देखिएको छ भने शिक्षकहरूको आप्mनो आचरण पनि यस परिस्थतिका लागि जिम्मेवार छ ।
जहाँसम्म व्यवसायप्रति इमानदारिताको सवाल छ, कुनै पनि व्यवसाय सानो वा ठूलो हुँदैन । परिश्रमले नै कुनै काममा सफलता हासिल हुन्छ । श्रम कहिले पनि तुच्छ हुँदैन । यस कारण जुनसुकै व्यवसाय भए पनि त्यसप्रति पूर्ण इमानदारिता साथ परिश्रम गरियो भने त्यसमा उत्कृष्ट स्थान ग्रहण गर्न सकिन्छ । शिक्षकबारे हिन्दीका एकजना प्रख्यात कविले के लेखेको छ भने “कर्म में है शर्म क्या ? श्रम कभी न हीन है । जो कमा के खा रहा, वह कभी न दीन है ।”
व्यापारीले आप्mनो व्यापारप्रति इमानदारिता देखाउन आप्mनो बस्ने ठाउँलाई प्रणाम गर्दछ । ड्राइभरले गाडी चलाउनुपूर्व गाडीलाई प्रणाम गर्दछ । तर यहाँ के प्रश्न उठ्छ भने शिक्षकहरूले आप्mनो व्यवसायप्रति इमानदारिता किन देखाउँदैनन् जबकि उनको पद नै पूजनीय हुन्छ ? जुनसुकै व्यापारी, कर्मचारी वा हाकिम पछि गएर जति पनि धन, सम्मान वा सम्पत्ति किन नकमाओस्, पहिले शिक्षकबाट शिक्षा हासिल गर्नुपर्दछ । के धनलाई सम्मान गर्ने हाम्रो बानीले गर्दा यसो भएको हो ? शिक्षकसँग धनको अभाव हुन्छ । सरकारले पनि अपेक्षाभन्दा केही कम नै दिइराखेको होला तर धनाभावले आपूmलाई हीन ठान्नु शिक्षकका लाागि कदापि उचित होइन ।
यदि शिक्षकले गर्न चाहे, आप्mनो क्रियाकलापबाट मात्र धन सम्मानको कारण होइन भनी सिकाउन सक्छ । धनलाई सम्मान दिने बानी हामीले स्वयं विकसित गरेका हौं । यस कारण शिक्षकहरूले विद्यार्थीहरूलाई यसरी मार्गदर्शन दिनुपर्दछ कि उनीहरू धनलाई होइन, योग्यता र सदाचारलाई आदर गर्न सकून् । यसका लागि शिक्षकहरूले आपूmभित्र सकारात्मक आत्मविश्वास जगाउनुपर्छ । आप्mनो व्यवसायप्रति सम्मान र इमानदारिता देखाउनुपर्छ ।
सरकारले गरेका केही प्रयासले शिक्षण व्यवसायलाई सहयोग गरिरहेको मलाई प्रतीत हुन्छ । अब यस व्यवसायमा जोसुकै आउन सक्दैन, किनभने शिक्षक हुनका लागि प्रशिक्षण र शिक्षण लाइसेन्स हुनु अनिवार्य छ । शिक्षक बन्नुपूर्व परीक्षा दिनु अनिवार्य छ । कहीं–कहीं इन्टरव्यू पनि लिइन्छ । यस प्रक्रियामा सफल भए मात्र शिक्षक बन्न सकिन्छ । यस प्रक्रियाबाट बनेका शिक्षक निश्चय नै सम्मानका अधिकारी हुन् तर केही भ्रष्ट नेता र व्यवस्थापन समितिले यसलाई अर्थोपार्जनको माध्यम बनाएको हुनाले यो प्रक्रिया पनि बदनाम भइरहेको छ । धन दिई प्राप्त गरेको पदले पनि शिक्षकको गरिमा घटाइरहेको छ ।
अपवादबाहेक प्रायः के देखिएको छ भने निजी विद्यालयमा कार्यरत शिक्षक फुर्सदको समय सदुपयोग गर्न वा कहींकतै काम नपाएसम्म शिक्षण पेशा अँगाल्छन् । यसरी रुचिविपरीत शिक्षक बनेका कारण उनीहरू यस पेशाप्रति पूर्ण इमानदार भए पनि तदनुरूप शतप्रतिशत आचरण गरेको देखा पर्दैन । यस्ता शिक्षकको यिनै कमजोरीको फाइदा निजी विद्यालयहरूले उठाइरहेका छन् । यस्ता शिक्षकले ध्यान दिनुपर्ने कुरो के हो भने जति दिनका लागि भए तापनिे पेशा अनुरूप आचरण हुनुपर्छ, किनभने यसबाट उनीहरूलाई नै बढी लाभ हुन्छ र यो पेशा बदनाम पनि हुँदैन ।
कहिलेकाहीं गाउँ र शहरका बुजुर्गहरू शिक्षकहरूसँग “कहीं नोकरी लाग्यो कि मास्टरी नै गरिरहेका छौं” भनी सोध्छन् । अर्थात् शिक्षण कार्यलाई नोकरी ठानिंदैन । यसले सोध्ने मानिसको अज्ञानता त दर्शाउँछ नै, साथै त्यस्ता शिक्षकहरूप्रति व्यङ्ग पनि हो जो प्रतिदिन विद्यालय जाँदैनन्, आप्mनो खेतबारीमा व्यस्त रहन्छन् वा राजनीतिमा संलग्न हुन्छन् । यस्ता शिक्षकहरू शिक्षणभन्दा बढी गफ मात्र गर्छन जसले गर्दा मानिसहरू यसलाई ‘नोकरी’ ठान्दैनन् ।
आप्mनो व्यवसायप्रति यस कारण पनि इमानदारिता देखाउनुपर्छ कि यसले सम्मान दिलाउँछ । यदि हामी पूर्ण इमानदारिता, परिश्रम र लगनका साथ काम गर्छौ भने यसमा अलिकति पनि सन्देह छैन कि सबैले हाम्रो सम्मान नगरून् । यस कारण विद्यालयलाई आप्mनो घरजस्तै सम्झनुपर्छ, विद्यार्थीहरूलाई सन्तान सरह माया गर्नुपर्छ । विद्यार्थीहरूको हितका लागि हरहमेशा चिन्तन गर्नुपर्छ र उनीहरूमा लुकेको क्षमता विकसित गर्न प्रयत्नरत रहनुपर्छ । परिणामस्वरूप विद्यार्थीले पनि तपाईंलाई माया र सम्मान गर्नेछन् । तपाईंले कहिले पनि उनीहरूको हित विपरीत सोच्नुहुन्न भन्ने विश्वास गर्नेछन् ।
कहिलेकाहीं अभिभावकहरूद्वारा ‘फलाना शिक्षकले त लूट मचाएको छ । यदि बच्चा गणित वा विज्ञानमा ट्यूशन पढदैन भने पास नै हुँदैन । बिहान पाँच बजेदेखि राति दश बजेसम्म पढाउनुहुन्छ । यसको अर्थ वेतनको अतिरिक्त तीस हजारको कमाइ छ । कमाइ त बेग्लै कुरो हो, के यस्ता शिक्षक विद्यालयमा पढाउन लायक रहन्छन् । थाकेको व्यक्तिले कसरी पढाउन सक्छ । फलानोले पढाउनु नै कहाँ हुन्छ, विद्यालयमा त आराम गर्न मात्र जानुहुन्छ । छिः १ कस्तो शिक्षक । आप्mनै विद्यार्थीलाई लिएर भाग्यो । लाज पनि छैन” जस्ता अनेकौंं टिप्पणी प्रायः सुनिन्छ ।
विद्यार्थी माझ हुने चर्चाले पनि शिक्षकहरूको पोल खोलिरहेको हुन्छ । यस्ता शिक्षकहरू थोरै छन् तर शिक्षण पेशालाई बदनाम गराउन काफी छन् । यद्यपि यति परिश्रम गरेर धन कमाउनु धोखाधडी होइन, शिक्षकको पद अनुकूल पनि त होइन । यदि कसैले यतिकै परिश्रम आप्mना विद्यार्थीहरूका लागि गर्छन् भने ती विद्यार्थीहरू देशविदेशमा गएर पनि त्यस्ता गुरुलाई सम्मान दिलाउँछन् ।
वर्तमानको खाँचो इमानदारिता र मिहनेत साथ शिक्षण दायित्व पूरा गर्नु हो । पैसा कमाउनु नराम्रो कुरा होइन, तर धन वा मात्र आप्mनो फाइदाका लागि अपमानको तहसम्म पुग्नु उचित होइन । एउटा असल शिक्षकका लागि येनकेन प्रकारेण धन प्राप्त गर्नु राम्रो होइन भने अर्कोतर्पm धनहीनताका लागि रुँदै रहनु पनि ठीक होइन । हीनभावले ग्रसित भई शिक्षण व्यवसायप्रति घृणा गर्नु पनि उचित होइन । यसर्थ सदैव स्मरण गर्नुपर्दछ, “म शिक्षक हुँ । म समाजप्रति समर्पित वर्गको सदस्य हुँ । चारित्रिक बुराई मेरो नजीक आउँदैन । म राष्ट्र निर्माता हुँ । प्रतिष्ठा प्रतिकूल कार्य नगर्न सजग रहन्छु । म आप्mनो विद्यार्थीहरूको चौतर्फी विकासका लागि सानोतिनो स्वार्थ त्याग्न तयार छु । शिक्षक बनेर मैले एउटा आदर्श पथ स्वीकार गरेको हुँ तसर्थ इमानदारीपूर्वक आप्mनो कर्तव्य निर्वाह गर्छु ।”