काठमाडौं, ११ माघ/रासस
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीवार बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बाग्मतीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हारेपछि पहिला ब्याटिड्ढो निम्तो पाएको बाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४७ रनको योगफल बनायो । जीतका लागि २४८ रनको लक्ष्य पाएको सुदूरपश्चिम प्रदेशको पारी ३० दशमलव तीन ओभरमा १५० रनमा समेटियो । बाग्मतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ६२ बलमा छ चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी, कप्तान रीत गौतमले ६१ बलमा नौ चौकासहित ४४ रन जोडे । अशोक पौडेलले ३१, सोनु देवकोटाले २८, रविन जोशीले २४, प्रतीश जिसीले १७, विपिन आचार्यले १२, सूर्य तामाङले नौ तथा इशान पाण्डेले दुर्ई रन बनाए ।
बलिङतर्पm सुदूरपश्चिमका शेर मल्ल र नारायण जोशीले तीन, विकाश आग्रीले दुर्ई तथा मिलन बोहराले एक विकेट लिए । सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा नरेन भट्टले ४१, किरण ठगुन्नाले ४१ तथा खड्ग बोहोराले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्पm बाग्मतीका सूर्य तामाङ र विपिन आचार्यले तीन/तीन तथा रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले एक/एक विकेट लिए । जीतसँगै आठ खेल खेलेको बाग्मतीले १० अङ्क जोडेको छ । बाग्मती अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । छ खेल खेलेको सुदूरपश्चिमको भने आठ अङ्क छ । सुदूरपश्चिम अङ्कतालिकाको पाँचौं स्थानमा झरेको छ ।
यसैगरी, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो ।
रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।
उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । यस्तै, मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाए । बलिङतर्पm एपिएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौसम ढकालले एक/एक विकेट लिए । १३४ रनको विजयी लक्ष्य एपिएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त ग¥यो । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । यस्तै, पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाए ।
बलिङतर्पm लुम्बिनीका महमद हुसेन, कृष्ण कार्की र एकलाख अहमद खाँले एक/एक विकेट लिए । रमेश कुर्मी खेलको ‘म्यान अफ दी प्लेयर’ घोषित भए । समापन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाडौंबाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताए । भविष्यमा देशका अन्य शहरमा पनि प्रतियोगिता आयोजना गर्दै जाने उनले बताए ।