एनआई कप क्रिकेटः ग्लोबल बिजनेश कलेज फाइनलमा

प्रस, वीरगंज, ११ माघ/
नेशनल इन्फोटेक (एनआई) कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेशनल इन्फोटकसँग ग्लोबल बिजनेश क्लब भिड्ने भएको छ । नारायणी क्रिकेट मैदानमा बिहीवार भएको दोस्रFे तथा अन्तिम सेमिफाइनलमा ग्लोबल बिजनेश क्लबले वीरगंज पब्लिक कलेजलाई २८ रनअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । अब ग्लोबल बिजनेश कलेजले फाइनलमा आयोजक नेशनल इन्फोटेक कलेजसँग भिड्नेछ ।

आजको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै ग्लोबल बिजनेश कलेजले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । ग्लोबलका ऋतिक पटेलले ३६, सिकन्दर साहले २२ र साहिल सर्राफले १७ रन बनाएका थिए । बिपिसीका यदुवंशी बैठाले तीन विकेट र सन्दीप सिंहले दुई विकेट लिए ।

११७ रनको विजयी लक्ष्य पाएको बिपिसी १८ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटियो । बिपिसीका अशरफ हुसेनले २१, यदुवंशी बैठाले १४ र अरशाद हुसेनले ११ रन बनाए । ग्लोबलका विवेक यादवले चार विकेट, सुजल सर्राफले तीन र अनुज पटेलले दुई विकेट लिए । यस सेमिफाइनल खेलका ‘म्यान अफ दी म्याच’ ग्लोबलका विवेक यादव घोषित भए । उनलाई वडा प्रहरी कार्यालय, श्रीपुरका प्रनि धर्मजङ्गले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल शनिवार नारायणी क्रिकेट मैदानमा बिहान ११ बजे खेलिने एनआई कलेजका प्रबन्ध निर्देशक मनीष सिंहले बताए ।