धनुक्षा, १६ भदौ/रासस
प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृक्षि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विजय यादवले बुधवार पदभार ग्रहण गरेका छन् । यादवले आज जनकपुरधामको मुर्ली चोकस्थित भूमि व्यवस्था, कृक्षि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।
सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरूले स्वागत गरेका थिए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले १३ भदौमा दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।
मुख्यमन्त्री गद्दीले भूमि व्यवस्था, कृक्षि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृक्षि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरेका थिए ।