राजेश केशरीवाल, रक्सौल, २७ वैशाख/

रक्सौलमा कोरोनाविरुद्धको खोप लिन मानिसहरूको भीड यति विघ्न बढ्यो कि त्यसले सामाजिक दूरी कायम गर्ने सरकारी नीतिको धज्जी उडायो।

कोरोना सङ्क्रमणकालमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्नका लागि सरकारले नागरिक तहमा सचेतना गराउँदै आएको भएपनि आइतवार रक्सौलमा कोरोनाविरुद्धको खोप लिनका लागि मानिसहरूले तँछाडमछाड नै गरे। खोप लगाउने स्थान पिएचसी रक्सौलमा देखिएको भीडलाई स्थानीय प्रहरीले पनि नियन्त्रण गर्न सकेन।

पिएचसीले अनलाइन रजिस्ट्रेशन गरेर प्राप्त पुर्जीको आधारमा आधारकार्डसहित खोप लगाउन आउन आग्रह गरे पनि मानिसले त्यसको वास्ता गरेनन्। कोरोनाविरुद्धको खोप दिन थालेको सूचना मात्र थाहा पाएपछि अहिलेको अवस्थामा खोपलाई जीवन बचाउने अमृत ठानेर मानिसहरू सो ठाउँमा एकीकृत भएका थिए। मानिसको भीडको कारण खोपले सुरक्षित पार्नेभन्दा पनि कोरोना फैलने भय बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here