तस्वीरको यो दृश्य बहुदरमाई नगरपालिका–६ गम्हरियाको हो। नगरदाहादेखि गम्हरियासम्म सडक कालोपत्र र दुवैतर्फ पक्की नाला निर्माणको लागि अङ्कित कन्स्ट्रक्शनले दुई वर्ष अगाडि ठेक्का लिएको हो। रु ३ करोड ४८ लाखमा ठेक्का लिएको यो सडकखण्डमा अहिले ५ सय मिटरभन्दा बढी सडक कालोपत्र हुन सकेको छैन। अहिले सडक निर्माणको काम स्थगित छ र पानी परेपछि मानिसहरूको आवतजावत बन्द हुने गरी सडक हिलाम्य हुने गरेको छ। तस्वीरः सौजन्य