प्रस, वीरगंज,२३ वैशाख/
वीरगंज महानगरको स्वास्थ्य महाशाखाले वैशाख २४ गतेदेखि टोलटोलमा घुम्ती स्वाब सङ्कलन टोली परिचालन गर्ने भएको छ। पछिल्लो समयमा वीरगंज पुनः कोरोनाको हटस्पट बनेपछि कोरोना सङ्क्रमितको सम्पर्कमा आएका वा ज्वरो, रुघाखोकीजस्तो कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका शङ्कास्पद बिरामीहरूको सुविधाको लागि यो घुम्ती टोली परिचालन गरिएको वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले बताए।
उनका अनुसार महानगरले सूचना प्रकाशित गरी हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म स्वाब सङ्कलन गरी परीक्षणको दायरालाई बढाउन लागिएको छ। कोरोना महामारी नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाउन मास स्क्रिनिड्ढो अवधारणामा महानगरले काम थालेको बताइएको छ। पोजेटिभ देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था हेरी होम आइसोलेशन, महानगरको आइसोलेशन वा कोभिड अस्पतालको आइसोलेशनमा पठाउने तयारी रहेको छ।