इजाजतविना सवारी साधन चलाउनेलाई जरिवाना

0

नितेश कर्ण, वीरगंज, २३ वैशाख/

                निषेधाज्ञामा इजाजतविना सवारी साधन चलाउनेलाई कारबाई गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले वैशाख २२ गतेसम्म रु १ लाख जरिवाना असुल गरेको छ।

                जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले इजाजतविना निषेधाज्ञामा सवारी साधन चलाएकोमध्ये मोटरसाइकल ४०१, चार चक्के सवारी साधन २५ वटा, अटो २२, ट्याक्टर ३ र ठेला ४ वटा नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिइएकामध्ये १२५ वटा मोटरसाइकल र अन्य सवारीसाधन १८ वटा वैशाख २२ गतेसम्म छाडिएको र तीबाट रु १ लाख जरिवाना असुल भएको छ। वैशाख २३ गतेदेखि सवारी साधनलाई रु १ हजार जरिवाना गरिने उनले जानकारी गराए।

                 इजाजतविना सवारीसाधन चलाउनेहरूलाई वीरगंज महानगरबाहेक ग्रामीण क्षेत्रमा पनि कारबाई गरिएको ट्राफिकले बताएको छ। केही दिनदेखि वीरगंज प्रवेश हुने तिलावे पुलमा सवारी साधन चेकजाँच र कारबाई गर्ने क्रम जारी रहेको उनले बताए।

                यसैगरी पोखरिया, पर्सागढीलगायत क्षेत्रमा पनि सवारी साधन चेकजाँच गर्ने र इजाजत नभएकालाई कारबाई भइरहेको उनले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here